पत्रकार आचार्यलाईे दुईलाख ४५ हजार सहयोग

इनेप्लिज २०७३ साउन ८ गते ४:५२ मा प्रकाशित
नेपाल अमेरिका पत्रकार संघ (नेजाले) नेपालमा सडक दुर्घटना परि घाईते रौतहट निवासी पत्रकार नरहरि आचार्यलाई २३ सय ३३ डलर अर्थात दुईलाख ४५ हजार ९ सय रुपैयाँ सहयोग गरेको छ । घाईत पत्रकारको उपचार सहयोगार्थ अमेरिका स्थित पत्रकार एवं नेजा सदस्य र समुदायका व्यक्तिहरुबाट सो रकम संकलन गरिएको हो । संकलित रकम नेपाल स्थित पत्रकार महासंघलाई हिजो शुक्रबार नेजाका अध्यक्ष भोला आचार्यले पठाई सक्नु भएको छ  । घाईते पत्रकार नरहरि आचार्य र छोरीको उपचारका लागि नेजा अध्यक्ष आचार्यले नेपाल पत्रकार महासघसँग समन्वय गर्दै सहयोग संकलन प्रक्रिया अमेरिकामा अगाडि वढाउनु भएको थियो ।
सडक दुर्घटनामा परि घाईते भएका पत्रकार आचार्यको सहयोगमा साथ दिने सहयोगी हातहरुको उच्च प्रशंसा गर्दै नेजा धन्यवाद ज्ञापन गर्दछ ।  नेजाले यसप्रकारको सहयोग विगतमा पनि गर्दै आएको र भविश्यमा पनि गर्दैजाने छ ।  घाईते आचार्यसँगै मोटरसाईकलमा सवार उनका एक छोरी र श्रीमतीसमेत गम्भिर घाईते भएका थिए । हेटौडास्थित अस्पतालमा उपचारको क्रममा श्रीमती प्रमिला भण्डारीको मृत्युभैसकेको छ । नेपाल स्थित पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको अनुरोधमा नेजाले अघिल्लो जुन महिनामा घाईत पत्रकार आचार्यको उपचार सहयोगको लागि सहयोग आवहान गरेको थियो । उक्त सहयोगमा न्युयोर्क क्यालिफोर्निया, टेक्सास, डिसीमेटो, मिचिगनमा वस्ने पत्रकार एवं नेजा सदस्य तथा नेपाली समुदायका व्यक्तिहरुले साथ दिएका थिए । सवैभन्दावढि रकम क्यालिफोर्नियामा रहेका नेजासम्वद्ध पत्रकारहरुले संकलन गरेका थिए । यसरी आर्थिक सहयोग गर्नेहरुमा नेजा कार्यसमितिका पदाधिकारीहरु भोला आचार्य, गुणराज लुईटेल, तोया दाहाल, अग्नि चौलागाँई, ध्रुव कुँवर, विष्णुहरि घिमिरे, विष्णु शित्तल, एम घिमिरे, सन्दिप चौधरी, बाल जोशी, अजुज थापा, मच्छेदेखी गुरुड, सहित न्युयोर्कमा क्रियाशिल पत्रकारहरु आडछिरिड शेर्पा, विजय पौडेल र प्रशान्त केलुड राई छन् भने मिचिगनबाट नेजा सदस्य धर्म भट्टराईले पनि सहयोग गर्नुभएको छ ।
त्यसैगरि क्यालिफोर्नियाबाट अनिल पाण्डे, राजेश थापा, पारश सापकोटा, धर्म तिमिल्सिना, विनोद वास्तोला, सरोज पौडेल, अनिल कुँवर, विकास कुँवर, शुयेस अधकारी, राजेन्द्र जोशी, दिनेश फुँयाल, सन्दिप खड्का, रोशन अधिकारी र पुतली अधिकारीले घाईते पत्रकारको उपचारार्थ सहयोग गर्नुभएको छ ।  यसमा क्यालिफोर्नियाबाटै प्रेम परियार, तेज राज, कृष्ण केसी उषा काफ्ले, पार्वती लामा, विष्णु घले, जनक पन्त, बव विनय, ध्रुव थापा, शुरेन्द्र मल्ल, कैलाश थापा, टिका कुमार पुन,  सर्वज्ञ वाग्ले, बावु आचार्य, कृष्ण श्रेष्ठ, नारायण पोखरेल, बासुदेव घिमिरे, शुमेस रिजाल, संजिव राणा, जानुका नाछिरिड राई, हरिहर दाहाल, इश्वर सापकोटा, नारायण खनाल,अमृत कुँवर जाडवु शेर्पा, प्रतिमा बाष्कोटा, कोपिला तामाड र डिल्ली भट्टराईले सहयोग गर्नुभएको थियो । त्यसैगरि टेक्सासबाट अमर क्षेत्रीले घाईते पत्रकारलाई सहयोग गर्नुभएको छ ।
  1. घाईते पत्रकार नरहरि आचार्यको उपचारमा सहयोग गर्नेहरुको नामावलि र उहाँहरुवाट प्राप्त रकम नेजाको फेसवुक पेजमf उपलब्ध छ ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा)

प्रतिक्रिया