मेरो देश मेरो दायीत्व बिषयक भेला

इनेप्लिज २०७३ साउन ९ गते ०:०७ मा प्रकाशित

समृद्ध र भ्रष्टाचाररहित नेपाल निर्माणकालागि विश्वव्यापी अभियान अन्तर्गत भर्जिनियामा बसेका नेपालीहरुले मेरो देश मेरो दायीत्व बिषयक भेलाको आयोजना गर्ने भएका छन् ।

नेपालको विग्रदो राजनीति र शुसासनलाई सुधार्न देश बाहिर र भित्र रहेका नागरिकहरुले उक्त अभियान संचालन गर्ने भएका छन्् । कुनै राजनीतिक दल, धर्म र सम्प्रदाय नभएर विशुद्ध नेपालको समृद्धिको भावना भएकाहरु भेला भएर सो कार्यक्रम आयोजना गदैछन् ।
राजनीति, कर्मचारीतन्त्र र समाजमा व्याप्त भ्रष्टाचारलाई न्युन गर्दै नेपाललाई सभ्य, विकसित र शुसासनयुक्त बनाउनकालागि देश भित्र र बाहिर रहेका लाखौँ नेपालीलाई उक्त अभियानमा सहभागी गराउने सो कार्यक्रमको लक्ष्य रहेको छ ।
उक्त कार्यक्रममा विश्व मानववादी युवा अभियान्ता उत्तम निरौलाले प्रस्तुती राख्नुहुने छ । निरौला नेपालका प्रभावशाली सामाजिक अभियान्ताका साथै मानववादीहरुको अन्तराष्ट्रिय महासंघका निर्वाचित पदाधिकारीपनि हुनुहुन्छ । वहाँले नेपाल लगायत विश्वभर कुरीति र कुसँस्कारका विरुद्ध कार्य गरिरहनु भएको छ ।

उक्त कार्यक्रमका अतिथिहरुले अभियानको आवश्यकता र रणनीतिका बारेमा प्रष्ट पार्ने कार्यक्रम संयोजक तथा प्राईड नेपालका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । प्राईड नेपाल भर्जिनियामा सामाजिक सेवामा कार्यरत सक्रिय संस्था हो ।
उक्त कार्यक्रम नेपाल निर्माणको अभियानमा सहभागी हुने अवसर समेत भएको संयोजक श्रेष्ठको भनाई छ । वहाँले देश भित्र वा बाहिर रहनु आआफ्नो परिस्थिति भएपनि देशलाई सम्मुन्नत बनाउन जहाँबाटपनि लाग्न सकिने बताउनु भयो । नेताले मात्र देश बनाउलान् भनेर आफ् पन्छिनु भन्दापनि देश बनाउन हामी सबै उत्तिकै जिम्मेवार भएकाले आफुपनि यो अभियानमा होमिएको श्रेष्ठको भनाई छ । साथै वहाँले उक्त कार्यक्रममा उपस्थित भईदिनु हुन सबैलाई अनुरोधपनि गर्नु भएको छ ।

कार्यक्रम निम्न मिति र समयमा आयोजना हुनेछः
कार्यक्रमः मेरो देश, मेरो दायीत्व
मितिः ७ जुलाई, २०१६
समयः दिनको २ बजेदेखि ५ बजेसम्म
स्थानः : MBC community Hall, 8925 Leesburg Pike, Vianna
प्रवेश शुल्कः निः शुल्क
सम्पर्कः ७०३ ९६३ ५८८७, ५७१३२०९२१३
ईमेलः [email protected]

 

प्रतिक्रिया