अष्ट्रेलिया,दुबई र नेपालमा ‘द विनर’

इनेप्लिज २०७३ साउन १० गते ८:४३ मा प्रकाशित

shoots-555x335

काठमाण्डौ । हिक्मत बिष्टको निर्देशनमा निर्माण गरिएको चलचित्र ‘द विनर’को गीत र टिजर पछिल्लो समय चलचित्र बृतमा चर्चामा छ भने चौतर्फी रुपमा हलिउड र बलिउड फिल्म बाट प्रभावित भन्दै फिल्मको रिलिजलाई निकै चासो पुर्बक हेरिएको छ ।

रिलिजको तयारीमा रहेको फिल्मको अहिले डबिङ कार्य धमाधम भईरहेको छ । यसै क्रममा फिल्मका नायक महेशमान श्रेष्ठले अष्ट्रेलिया,दुबई र नेपालमा छाँयाकन गर्दाको तस्विर सार्बजनिक गरेका छन् । उनी यसै चलचित्र मार्फत रजतपटमा डेब्यु गरेका हुन् । सार्बजनिक तस्बिरले नै फिल्म छाँयाकनको ब्याख्या गरेको देखिन्छ ।

केहि समय अघि आयोजित कार्यक्रममा चलचित्र बिकास बोर्ड अध्यक्ष राजकुमार राईले लगायतका चलचित्रकर्मीहरुले फिल्मको टिजर र गीतको प्रसंसा गर्दै उच्च स्तरीय चलचित्रको संकेत देखाएको भन्दै चलचित्रका निर्माण पक्ष र कलाकारलाई सफलताको शुभकामना दिएका थिए ।

चलचित्रलाई नायक श्रेष्ठले ‘द विनर’लाई बलिउड स्तरको र तीन देशमा छाँयाकन गरिएको पहिलो नेपाली फिल्मको दाबी गरेका छन् । यस्तै उनले यस चलचित्र बनाउन बलिउडलाई करिब ८० करोड लाग्न सक्ने समेत बताएका छन् । नायक श्रेष्ठले चलचित्रको बिशेषताका बारे सामाजिक संजाल फेसबुकमै सार्बजनिक गरेका छन् ।

यस चलचित्रमा महेशमान सहित पुर्ब मिस नेपाल तथा अभिनेत्री मलिना जोशी, मन्चिन शाक्य,राजकुमार पन्त,रेशु तामाङ र अमित गिरी मुख्य भुमिकामा छन् । भने,केहि बिदेशी कलाकारले समेत अभिनय गरेका छन् ।

चलचित्रलाई डायमण्ड स्टार फिल्मसको ब्यानरमा सुबोध ठकुरी,बिकास खरेल,रितेश राणाको  लगानीमा निर्माण गरिएको हो ।

प्रतिक्रिया