भाषा संस्कृति र संचार सम्बन्धी कार्यक्रममा उपस्थितिको लागि अनुरोध

इनेप्लिज २०७३ साउन १० गते १६:१८ मा प्रकाशित
नेपाली भाषा संस्कृतिको उत्थानमा र  विशेष गरी सिर्जनात्मक र लोपोन्मुख रचनाहरूको जगेर्ना गर्न स्वयंसेवी अभियानमा सकृय तुंगनाथ उपाध्याय तपाईं हामीबीच परिचित व्यक्तित्व हुनुहुन्छ । केही बर्ष पहिलेसम्म यसै डिसी मेट्रो क्षेत्रमा बसोबास गर्नु हुने उपाध्याय हाल टेक्सासमा हुनुहुन्छ ।
यही जुलाई ३१ तारिख आइतबारका दिन आदिकवि भानुभक्त आचार्य कृत रामायणको सङ्गीतमय बाचन कार्यक्रमका लागि उहाँ यस क्षेत्रमा आउँदै हुनुहुन्छ । उक्त अबसरमा उपस्थित भएर  सङ्गीतमय  रामायण बाचनको आनन्द लिनु हुन हार्दीक निमन्त्रणा गर्दछौं ।
स्थानः 
Central Library
1015 N Quincy St
Arlington, VA 22201
United States
मितिःJuly 31st 2016 Sunday

कार्यक्रम हल खुला/प्रवेश : 5:00 pm
कार्यक्रम शुरु :5.30 PM 
कार्यक्रम समापन : 7.30 pm
नोट : उपाध्याय kavitangan.com का परिकल्पनाकार तथा संचालक पनि हुनुहुन्छ ।
सम्पर्क :
लेखनाथ भण्डारी  : 703 638 9686
प्रेम संग्रौला         :  202 320 6115
सम्झना आत्रेय     : 703 581 5210

प्रतिक्रिया