एन आर एन ए स्विस को अन्तरक्रिया कार्यक्रम सम्पन्न

इनेप्लिज २०७३ साउन १० गते २१:५५ मा प्रकाशित

nrn 2

गैह्र आवासीय नेपाली संघ स्विटजरल्याण्डद्वारा आयोजित अन्तरर्क्रिया कार्यक्रम गैह्र आवासीय नेपाली संघ अन्तररास्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घले र उपाध्यक्ष कुमार पन्तका साथमा सम्पन्न भएको छ |

गैह्र आवाशीय नेपाली संघका बर्तमान चुनौती र अवसरहरुका पृष्ठभूमिमा भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा संघको उत्तरदाइत्व नाम दिइएको उक्त कार्यक्रममा स्विसमा बसोबास गर्ने नेपालीका साथै केहि संघ सस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो |

गैह्र आवासीय नेपाली संघ स्वीसका अध्यक्ष हिराबल गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा संघका केन्द्रीय अध्यक्ष शेष घले र उपाध्यक्ष कुमार पन्त हुनुहुन्थ्यो भने कार्यक्रमको संचालन गैह्र आवासीय नेपाली संघ स्विसका महासचिब भुमि राज गुरुङले गर्नु भएको थियो | कार्यक्रममा उपस्थित बिभिन्न संग सस्थाका प्रतिनिधिहरुलाइ पनि आसन ग्रहण गराइएको थियो भने अन्य उपस्थितलाइ आफ्नो आफ्नो परिचय दिन लगाइएको थियो | त्यसै गरि स्वागत मन्तब्य संघ कि उपाध्यक्ष सिमा गौतमले गर्नु भएको थियो |

nrn 1

तिन चरणमा विभाजन गरि संचालन गरिएको उक्त कार्यक्रममा संघका केन्द्रीय उपध्यक्ष कुमार पन्तले संघको चुनौती र उत्तरदाइत्वको बिषयमा प्रस्ट्याउँदै संघको सस्थागत बिकासमा केहि चुनौती भए पनि आफुहरु उक्त चुनौतीको सामना गर्न तयार रहेको बताउदै संघको नेतृत्वमा बस्ने व्यक्तिको छबि सदैब सफा रहनुपर्ने कुरामा जोड दिनु भयो | संघले अहिले गर्न लागेको पुनर्निर्माण कार्यमा एक पैसा पनि तलमाथि हुन नदिने बताउँदै सबैलाइ ढुक्क भएर समाजसेवामा लाग्न आग्रह गर्नु भयो |

त्यस्तै प्रमुख अतिथि शेष घलेले पुनर्निर्माण कार्यको लागि नेपाल सरकार संग सम्झौता भैसकेको र सरकारले स्वीकृत दिइ सकेको अबस्थामा अब १ हजार घर निर्माणको महत्वकान्क्षी परियोजनालाई सफल बनाएर छोड्ने बताउँदै आफ्नो कार्यकाल पछि पनि निरन्तर लागिरहने प्रतिबद्दता जनाउनु भएको थियो |

कार्यक्रमको दोश्रो चरण प्रश्नउत्तरको रहेको थियो | उपस्थितिहरुको प्रश्नको जबाफ अध्यक्ष शेष घलेले दिनु भएको थियो | कार्यक्रममा लिखित र मौखिक प्रसंगहरु राखिएको थियो |

nrn 3

त्यसै गरि भूकम्प पिडितलाइ बनाउन लागेको १ हजार घर परियोजनाको लागि आदिबासी जनजाति महासंघ स्विटजरल्याण्डका अध्यक्ष छेन्दुक भोटेले १,१११ (एक हजार एक सय एघार ) स्विसफ्रान्क,तमु समाज स्विस कि अध्यक्ष युक्ता गुरुङले १,००० (एक हजार) स्विस फ्रान्क प्रदान गर्नु भएको थियो भने स्विस नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्तुल ले १०,०००(दश हजार) स्विस फ्रान्क सहयोग गर्ने प्रतिबद्दता जनाउनु भएको थियो |

स्विसबाट उठेको रकम एनआरएनलाइ दिने कि नदिने र यदि दिने नै भए पनि स्विसबासि नेपालीहरुकोको पहिचान हुनु पर्ने भन्ने बिषयमा केहि बिबाद भए पनि अन्त्यमा भूकम्प पिडित राहत समितिको निर्णय अनुसार रकम गैह्र आवासीय नेपाली संघलाइ नै हस्तान्तरण गरिएको थियो |

तेस्रो चरणको कार्यक्रमको संचालन भूकम्प पिडित राहत समितिका सचिब गुणराज शर्माले गर्नु भएको थियो | उठेको रकमको बारेमा जानकारी गराउँदै समितिका संयोजक प्रितम गुरुङले ७३,५७१(त्रिहत्तर हजार पांच सय एकहत्तर ) स्विस फ्रान्क प्रदान गर्ने भनि लिखित रुपमा संघका केन्द्रीय अध्यक्ष शेष घलेलाइ हस्तान्तरण गर्नु भएको थियो |

कार्यक्रमको समापन गर्दै गैह्र आवासीय नेपाली संघ स्विसका अध्यक्ष हिराबल गुरुङले उपस्थित सबैलाइ धन्यवाद दिनु भएको थियो| -स्विस नेपाल डट कम

 

 

प्रतिक्रिया