मुक्तक

इनेप्लिज २०७३ साउन ११ गते ३:०० मा प्रकाशित

image1

उड्न खोजेँ धर्तीबाट पंख भेटिएन,
यहि धर्तीमा रम्ने उमंग भेटिएन,

नियालेर हेरेँ पर सागरको माँझ,
उराठिलो साँझ बाहेक रंग भेटिएन

दुई मुठी शास फेर्दा के नै बाँचिन्छ र ,
जिन्दगी सुवास दिने तरंग भेटिएन,

खुशी जोखुँ कि आज पीडा जोखुँ मैले,
आफै भोग्ने नियतीको अंग भेटिएन…
–  शिकागो

प्रतिक्रिया