डिसीमा नेपाली चलचित्र ड्रिम्स प्रदर्शन हुने

इनेप्लिज २०७३ साउन १२ गते २२:१० मा प्रकाशित

dream

नायक भूवन केसीले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘ड्रिम्स’ आगामी जुलाई ३१ तारिख लोम्यान्स चलचित्र मन्दिर भर्जिनियाको आर्लिंगटनमा प्रदर्शन हुने भएको छ l चलचित्रमा सदाबहार नायक भूवन केसीका छोरा अनमोल केसी मुख्य भूमिकामा देखिएका छन् । अनमोलसँगै चलचित्रमा दर्शना केसी, अमित श्रेष्ठ, न्यान्सी थापाको अभिनय रहेको छ ।

अनमोलको यसअघि चलचित्र ‘जेरी’ निक्कै लोकप्रिय भएको थियो lचलचित्र को मुल्य १५ डलर राखिएको छ भने चलचित्र २ बजे सुरु हुने छ l

नायक भुवन केसी भिडियो मार्फत सबैमा अनुरोध गर्दै : 

 

 

प्रतिक्रिया