अगस्त ६ र ७ मा टोकियोको योयोगि पार्कमा हुने नेपाल डे फेस्टिभलमा खिं बाजा पनि बजाउने

इनेप्लिज २०७३ साउन १४ गते १:३५ मा प्रकाशित

Taemacha1२०१६ जुलाई २९ ,टोकियो ,

यहि आउँदो अगस्त ६ र ७ का दिन टोकियोको योयोगि पार्कमा हुने नेपाल डे फेस्टिभलमा पोखराका प्रकाश लाल श्रेष्ठज्युले खिं बाजा बजाउने भएको छ l

श्रेष्ठज्युले नेवा: खल -अर्घौं बजार पोखरा बाट खिं बाजा र गाइजात्रामा नचाउने तायमचा नाच सिकी नेपालमा छँदा हरेक वर्ष गाईजात्राको सांस्कृतिक कार्यक्रममा सक्रिय रुपमा सहभागि हुनु भएको कुराको जानकारी दिनु भयो l
हाम्रो कला संस्कृति लाई प्रोत्साहन दिन उहाँ जस्तै कलाकारलाई खिं बाजा बजाउन स्थान दिनु भएकोमा वर्ल्ड नेवा: अर्गनाईजेशन जापान लाई धन्यवाद दिनु भएको छ l

हाम्रो सांस्कृतिक परम्परालाई बचाई राख्न पोखरामा नेवा: खल -अर्घौं बजारमा बिभिन्न नेवार बाजाहरु र गाईजात्रामा नाच्ने तायमचा नाच सिकाउन्दै आइरहेको छ l

13874955_1297562686928211_260444256_n 13866549_1297561706928309_964857403_n

प्रतिक्रिया