यी अभिनेत्रीको किन दुख्यो मन ? पतिसँग गरिन् सम्बन्ध विच्छेद

इनेप्लिज २०७३ साउन २१ गते २:०७ मा प्रकाशित

rajivroy_sonam4_1470

मुम्बई । कुनै समयकी नाम चलेकी अभिनेत्री सोनम र उनका फिल्ममेकर पति राजीव रायवीच कानूनी रुपमा सम्बन्ध विच्छेद भएको छ । यो जोडी करीव १५ वर्षदेखि अलग अलग बस्दै आएका थिए । सोनम र राजीववीच २५ वर्ष पहिला विवाह भएको थियो ।

‘आखिरी अदालत’ र ‘त्रिदेव’ जस्ता हिट फिल्म खेलेकी सोनमले विवाहपछि फिल्म खल्न बन्द गरेकी थिइन् । २५ वर्षदेखि सोनम गुमनाम छिन् । विवाहपछि सोनमले कुनै पनि फिल्म खेलेकी छैनिन । सोनमका पति राजीव रायले ‘मोहरा’ र ‘गुप्त’ जस्ता हिट फिल्म निर्माण गरेका छन् ।

पत्नी सोनमसँगको सम्बन्ध विच्छेदका बारेमा राजीवले भने, ‘सोनम र मैले अघिल्लो वर्ष जून महिनामा कानूनी रूपमा अलग हुने निर्णय गरेका हौँ । आपसी सहमतिमा दुबैले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका थियौँ । हामी वीच कुनै झगडा वा कुनै असमझदारी थिएन ।

दुबैले विवाहित जीवनलाई ट्रयाकमा ल्याउन धेरै प्रयास गरेपनि सकेका थिएनौँ । १५ वर्ष अगाडिदेखि अलग अलग बस्दै आएका थियौँ । बाध्य भएर सम्बन्ध विच्छेद गरिएको हो ।’

राजीव र सोनमवीच फिल्म त्रिदेव (१९८९) निर्माणका क्रममा नजिकिएका थिए । त्यसको तीन वर्षपछि २१ जनवरी, १९९१ मा राजीव र सोनमले विवाह गरेका हुन् । सोनमले विवाह अगाडि ‘आखिरी अदालत’ र ‘अजूबा’ जस्ता फिल्मबाट चर्चा कमाएकी थिइन् ।

सोनमसँगको सम्बन्धका विषयमा राजीवले भने, ‘१५ वर्षदेखि हामी छोरासँग घुम्न जाँदा पनि सोनम र म अलग अलग कोठमा बस्ने गरेका छौँ । छोरो २३ वर्षको भएको छ । उसकै सहमतिमा सोनम र म अलग भएका हौँ ।’ – एजेन्सी

– See more at: http://www.dainiknepal.com/2016/08/174476.html#sthash.ATveYyAd.dpuf

प्रतिक्रिया