पार्श्व गायनमा चर्चा बटुल्दै गायिका स्वेच्छा ठकुरी

इनेप्लिज २०७३ साउन २२ गते २:४२ मा प्रकाशित

11071783_1551918485067805_769330274815700699_n

सुर्य चन्द काठमाडौँ : बिगत तिन बर्ष देखि काठमाडौँ लाइ कर्मथलो बनाएर गित संगीत लाइ आफ्नो पेशा बनाउदै आएकी नब गायिका स्वेच्छा ठकुरी अहिले नेपाली चलचित्रको पार्श्व गायनमा चर्चा बटुल्दै छिन l सानै उमेर देखि गायनमा रुचि राख्ने स्वेच्छा ठकुरी कक्षा चारमा पढ्दा देखिनै बिद्यालयमा गाउने र स्टेज कार्यक्रममा समेत गाउने गर्थिन l

12191908_1684436678439222_4615668044535609013_n

नेपाली तारा सिजन ३ को टप फाइबमा पर्न सफल तथा महिला तर्फको बिजेता बन्न सफल गायिका स्वेच्छा ठकुरीले अहिले सम्म तिन दर्जन भन्दा बेसी गीतमा आफ्नो आवाज भरि सकेकी छिन l यो बर्षको सुपरहिट चलचित्र प्रेमगीतको चर्चित गित मैले सोचेको जस्तै मैले खोजेको जस्तै बोलको सफल गित गाइसकेकी नब  गायिका स्वेच्छा ठकुरीको माग अहिले नेपाली चलचित्र पार्श्व गायनमा बढ्दो छ र उनि अहिले विभिन्न चलचित्रको गित गाउन पनि ब्यस्त छिन l चाडैनै आफ्नो पहिलो सोलो एल्बम नेपाली दर्शक सामु लिएर आउन लागेकी गायिका स्वेच्छाले आफ्नो एल्बममा धेरै मेहनत गरेको र दर्शक श्रोताहरुले मन पराउनेमा उनि बिस्वस्त छिन l भविष्यमा एक चर्चित गायिका बनेर नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन लागि परेकी गायिका स्वेच्छाले अहिलेको ठाउ सम्म धेरै मेहनत गरेको बताउछिन l आफ्नो परिवार तथा बिशेष गरि बुवाको साथ र सहयोग पाएर यो क्षेत्रमा अगाडी बढेकी उनि भैरहवा रुपन्देही देखि आफ्नो भाग्य गित संगीतमा चम्काउन राजधानी काठमाडौँ आएकी हुन l

13936890_740252399411034_836189841_n

प्रतिक्रिया