कतारमा राष्ट्रिय कलाकार सम्मानित

इनेप्लिज २०७३ साउन २५ गते ५:५८ मा प्रकाशित

basant

– कुमार “अविरल” पन्थी

कतार । बसन्त फिल्मस् प्रा.लि. दोहा कतारद्वारा राष्ट्रिय कलाकारहरु सम्मानित भएका छन् ।

नमस्ते नेपाल हातेमालो सामाजिक संस्था शाखा कतारले आयोजना गरेको विविध सांस्कृतिक कार्यक्रम २०७३ का लागि कतार आएका लोक पप, आधुनिक तथा लोक दोहोरी गयिका रीता केसी र लोक तथा दोहोरी गायक गोपीकृष्ण पँगेनीलाई बसन्त फिल्मस् प्रा.लि. दोहा कतारले एक कार्यक्रमका बीच दोसल्ला ओढाएर सम्मान गरेको हो ।

कार्यक्रममा मोना कतारका महासचिव तिलु शर्मा पौडेल प्रमुख अतिथि रहेका थिए ।

आधुनिक तथा लोक दोहोरी गयिका रीता केसी र लोक तथा दोहोरी गायक गोपीकृष्ण पँगेनी बिशेष अतिथि रहेका थिए ।

कलाकारिता क्षेत्रमा आवद्ध तथा कलाकारहरुलाई माया गर्ने व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

कतारमा बसन्त फिल्मस् प्रा।ली।ले अहिले सम्म ४ दर्जन बढी कलाकारलाई सम्मान गरी सकेको छ ।

प्रतिक्रिया