विश्वप्रसिद्ध फेसन डिजाइनर हाफेले नेपालमा

इनेप्लिज २०७३ साउन २६ गते २३:३१ मा प्रकाशित

image3-768x1024

विश्वप्रसिद्ध फेसन डिजाइनर स्टेल मारिस हाफेले नेपाल आएकी छन् । उनी बुधबार बिहान ७ बजे टर्किज एरलाइन्सबाट नेपाल ओर्लिएकी हुन् ।

जर्मनीकी यी फेसन डिजाइनर यही शनिबार त्रिभुवनआर्मी अफिसर्च क्लबमा आयोजना हुने मोडल हन्ट नेपाल २०१६ को अन्तिम प्रतिस्पर्धाका लागि नेपाल आएकी हुन् । प्रतियोगिताका महिला तथा पुरुष प्रतियोगीले लगाउने पहिरनमा उनकै डिजाइन रहेका छन् । उनले तयार पारेका गाउँन, पार्टी वेयरलगायत दर्जन बढी फेसनका डिजाइनहरु मोडहन्टको प्रस्तुत हुनेछ ।

लण्डन, जर्मनी, अर्जेन्टिनालगायत बिश्वका धेरै मुलकमा फेसन जादु छर्न सफल हाफेलले नेपालका लागि केही स्पेशल नयाँ फेसनका डिजाइनहरु समेत तयार पारेर ल्याएको मोडल हन्ट नेपालका आयोजक रवी धमलाले बताए ।

सानै छदा एकपटक नेपाल आएको हाफेलेलाई नेपाल मनपर्ने देश हो । नेपाली मोडलहरु आफूलाई राम्रो लाग्ने बताउँदै उनले नेपाल सुहाउँदो कार्यक्रमका लागि तयार पारेको बताइन् । २० अगष्टसम्म नेपाल बस्ने कार्यक्रम हाफेलेले प्रतियोगिताको लागि तयार पारेको फेसनहरु नेपालमै बिक्री गरेर अनाथ बालबालिकालाई सहयोग समेत गर्नेछिन् ।

प्रतिक्रिया