एकदिन तरकारी बजार घुम्न जादा !

इनेप्लिज २०७३ भदौ १ गते ०:४६ मा प्रकाशित
ram-chandra-sharma-300x275-1
खुर्सानिलाई फकाई लग्यो कान्क्रोले काँक्रोमा प्वाल पर्यो …(झिल्केको भाका ) है ?
प्वालमा नून छर्की दिए मलाइ पो ताल पर्यो …. खुर्सानिलाई …..
टाउको सामाइ काउली बस्यो, खुट्टा उठाई बन्दा
गुलेलीमा गोलभेडा थ्यो, आलु भयो ठण्डा
भन्टा बोक्ने हातमा लठ्ठी , तरबार ताक्ने सीमि
जालो बुन्यो घिरौलाले , आँखा तर्छ्यौ तिमि
जिभ्रो तान्यो करेलाले , पासो लाउछ फर्सी
घांटी भित्र पिंडालुले , जादु गर्यो तर्सि
मुला भन्छ ई.. ला मेरो ,कति जोरी खोज्छस
भिंडी भन्छ पछार दिउला, चिप्लो किन रोज्छस
पाखा बसी बोडी भन्छ , म के गरु आमा
त्यो त सारै मीठो हुन्छ , मिसाइदिनु तामा
तामा खोज्न जंगल पस्छौ , सुइरा लामा लामा
यो कान्क्रोले गर्दा हेर , कति पर्यो धामा
चोरी लाने डर छ यसको , पछाडी न रोप्नु
चिचिलामै गनी गनी , ठुला पातले छोप्नु
नुन खुर्सानी पिसौ अब , तिमि हामि खाने

कहाँ जालास कान्क्रे उम्कि , थान्क्रोमा न बाने

खुर्सानिलाई भगायो कान्क्रोले …….

प्रतिक्रिया