नेपाली चलचित्रमा छोटो समयमानै चर्चा कमाउन सफल द्वन्द निर्देशक चन्द्र पन्त

इनेप्लिज २०७३ भदौ ३ गते ६:१४ मा प्रकाशित

12647484_931104290299724_8645333068418576746_n

काठमाडौँ : एउटा राम्रो चलचित्रको निर्माणमा धेरै जनाको महत्वपूर्ण भूमिका रहन्छ । चलचित्रको पर्दामा देखिने र पर्दा पछाडी रहेर काम गर्ने सबैको मिहिनेतले नै राम्रो चलचित्र बन्ने गर्दछ । चलचित्रको कथा, पटकथा, संवाद, कलाकार, गीत/संगीत, नृत्य, लोकेशन, प्राविधिक तथा प्रविधि सबैको उत्तिकै महत्व हुने गर्दछ राम्रो चलचित्र बन्नका लागि । चलचित्रमा द्वन्द्वले उत्तिकै महत्वपूर्ण स्थान राखेको हुन्छ । नेपाली चलचित्र क्षेत्रले पाँच दशकको यात्रा गरिसकेको छ । नेपालमा निर्मित चलचित्रको पहिलो पदर्शन २०२२ असोजमा ‘आमा’ चलचित्रबाट आजसम्म आउँदा धेरैको पसिनाले सिंचित भएको छ यो क्षेत्र ।

13935171_1047039755372843_1519295278970525048_n

स्टन्टमेन्न हुँदै सहायक द्वन्द्व निर्देशकबाट नेपाली चलचित्रमा प्रवेश गरेका चन्द्र पन्तले अहिले यो क्षेत्रमा छुट्टै पहिचान बनाएका छन् द्वन्द्व निर्देशकको रुपमा । चलचित्र रावणबाट उनले द्वन्द्व निर्देशकका रुपमा यो क्षेत्रमा डेब्यू गरेका चन्द्रले अहिलेसम्म आउँदा ३५ भन्दा बढी चलचित्रमा द्वन्द्व निर्देशकका आफूलाई प्रस्तुत गरेका छन् । हमेशा, लोफर, लज्जा, हिम्मतवाली, ड्रीम्स, फन्को, बाटो मुनिको फूल–२ जस्ता चलचित्रबाट आफूलाई सफल द्वन्द्व निर्देशकको रुपमा प्रस्तुत गरेका छन् उनले ।

युएसएमा अध्ययन गरेर नेपाली चलचित्र क्षेत्रमा नै केही गरौ भनेर आएका चन्द्रले धेरै अवार्डहरु पनि चुम्न सफल भएका छन् । उनले चलचित्र रावणबाट डी सिने अवार्ड र नेफ्टा अवार्ड, चलचित्र हमेशाबाट एनएफडिसी अवार्ड, चलचित्र लज्जाबाट इनास अवार्ड, चलचित्र लोफरबाट डीसिने अवार्ड, चलचित्र हवल्दार सुन्तलीबाट डी सिने अवार्ड र बक्स अफिस फिल्म अवार्ड जस्ता अवार्डहरु चुम्न सफल भएका छन् ।

स्कुल पढदा देखि नै तेकान्डो, बक्सिङ, जेमन्साटिङ खेल्दै चलचित्र क्षेत्रमा आफूलाई होमेका चन्द्रले अहिले यो क्षेत्र आफ्ना लागि नशा जस्तै भएको ठान्दछन् । चन्द्र फोर डन समेत हुन् । उनी अहिले नेपालकै महङ्गो द्वन्द्व निर्देशकका रुपमा यो क्षेत्रमा स्थापित छन् । उनको डिमाण्ड भोजपुरी चलचित्रमा पनि त्यतिकै रहेको छ । भोजपुरी चलचित्रमा एक से एक हिट मुभि दिन सफल चन्द्रका एसपी खरेल, दिवाना–२, जय मधेशलगायतका एक दर्जन भोजपुरी मुभी रहेका छन् । उनले आफूलाई कमर्शियल हिट द्वन्द्व निर्देशकका रुपमा दर्ज गराउन सफल हुनुमा ‘मेरो काम गर्ने नयाँ तरिका, क्रिएशन, काम प्रतिको लगाव हो’ उनी भन्छन् ।

परिवारको साथ सहयोगले अझ थप यो क्षेत्रमा केही गर्न चाहने चन्द्रले अहिलेको स्थानसम्म आउनका लागि हलिउडमा फाइट टेकनीक, एडभान्स टेकनीक मुख्य रुपमा हाम फाल्दा कसरी, फाइट गर्दा कसरी फाइट गर्नेजस्ता धेरै कुरा सिके र ति कुरा सहयोगी बने । उनले हलिउडको टप फाइटर निर्देशक डेविट वोसलसँग यस सम्बन्धि प्रशिक्षण लिए । उनि भन्छन ‘हामीले अहिलेसम्म हावा तालमा काम गरेका छौ । हरेक फाइट निर्देशकको मुडेबलमा हुने गर्दछ, त्यसैले हरेक चलचित्रमा फाइटर घाइते हुन्छन्, कसरी सेल्टी गर्ने, कुन कुन टेकनोलोजी अपनाउने, अहिले कस्ता टेकनोलोजिहरु विकसित भएका छन् त्यस्ता कुराहरुलाई फलो गरिदैन ।’

परिवारको चाहना एउटा राम्रो चिकित्सिक बनाउने थियो तर उनको लगाव चलचित्र क्षेत्रमा भएकाले उनी यो क्षेत्रमा आए र बनेका छन् सफल द्वन्द्व निर्देशक । यस सम्बन्धि पढेर यही क्षेत्रमा नै केही गरौ भनेर लागि परेका चन्द्रले आगामी दिनमा नेपाली चलचित्र उद्योगलाई अझ समृद्धि बनानउन सकुन यही कामना ।

प्रतिक्रिया