चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा न्यौपाने ,संस्थापक अध्यक्ष रेग्मीलाई नगद ११ हजार १ सय ११ सहित सम्मान

इनेप्लिज २०७३ भदौ ४ गते २१:३५ मा प्रकाशित

14079641_1655560194760560_419772299504642982_n

चलचित्र पत्रकार संघ दाङको तेस्रो जील्ला अधीबेसन आज तुल्सीपुरमा सम्पन्न भएको छ । अधिवेशनले रेडीयो संजीवनीका धु्रबराज न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमीती सर्बसम्मत चयन गरेको छ । जसको उपाध्क्षयमा देब यादव,सचिवमा सन्तोष केसी ,सह सचीवमा पूर्ण केसी र कोषाध्यक्षमा सीव पुन रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा निरला अर्याल गैरे,संकर केसी,दिपक कुमाल र भुपेस ओली रहनुभएको छ ।

14068391_1112167258831575_2042344988193561459_oअधिवेशनको उदघाटन गर्दै प्रमुखअथीती चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष शान्ति प्रियले राष्ट्रिय चलचित्र निति कार्यान्वयन भएमात्र चलचित्र क्षेत्रको बिकास हुने बताउनु भएको छ । नेपालमा बनेको चलचित्र निति कार्यान्वयन नहुदा अस्वस्थ प्रतिस्प्रर्धा वढेको भन्दै निति कार्यान्वयन भए चलचित्र क्षेत्रले फड्को मार्ने बताउनु भयो । उहाँले चलचित्र क्षेत्रमा प्रशस्तै समस्या हरु रहेको भन्दै त्यसको अन्त्यका लागी कलम चलाउन चलचित्र पत्रकारहरुलाई आग्रह गर्नु भयो । नेपालको चलचित्र क्षेत्रको बिकासकालागि चलचित्र पत्रकारहरुको अहम भुमिका रहने भन्दै जिम्मेवारिका साथ कलम चलाउन उहाँले सुझाव दिनुभयो । अध्यक्ष प्रियले पछिल्लो समयमा चलचित्र क्षेत्रमा केहि बिकृति विसंगति हरु भित्रिएको चर्चा गर्दै त्यसकै कारण सोचे जस्तो नेपालि चलचित्रको बिकास नभएको बताउनु भयो । साथै उहाले चलचित्र पत्रकारहरुले गरेका राम्रा कामहरुले नेपाली चलचित्र क्षेत्रको बिकास हुने भन्दै चलचित्र उद्योगलाई माथि उठाउनका सवै लागी पर्न आग्रह गर्नु भयो ।

14086232_1112167162164918_1951873580268753036_o

चलचित्र पत्रकार संघ दाङका कार्यबाहक अध्यक्ष धु्रवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्र पत्रकार संघका केन्द्रिय उपाध्यक्ष विष्णु सुेवेदिले चलचित्र पत्रकार संघका जिल्ला शाखाहरुलाई सहयोग गर्ने बताउनु भयो । उहाँले जिल्ला र केन्द्रमा काम गर्ने पत्रकारहरुको हैसियत एउटै भएको समेत बतउनुभयो । साथै सुवेदिले जिल्लाका कलाकारहरुलाई धेरै स्थान दिएर देशभर चिनाउने र कलाकारिता क्षेत्रमा स्थापित गराउने अभियानमा लाग्न सुझाव दिनुभयो ।

14100284_1257995804225008_8570791118127782519_n

त्यसैगरि कार्यक्रममा विशिष्ट अतिथि रेडियो सञ्जिवनि संचालक समितिका कार्यबाहक अध्यक्ष कुशल तर्तालले चलचित्र पत्रकारहरुलाई रेडियोले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुृभयो । उहाँले चलचित्रका राम्रा र नराम्रा पक्षहरुलाई जनता माझ ल्याउन सक्रिय रुपमा लागी पर्न चलचित्र पत्रकारहरुलाई सुझाव दिनुभयो ।

13962677_1086413001395981_1893646557880135130_n

सो अवसरमा चलचित्र पत्रकार संघका निर्वतमान सचिव शिव न्यौपाने , अध्यक्ष खनाल मुस्कान , संस्थापक उपाध्यक्ष एबं रेडियो संजिवनीका सहायक स्टेसन म्यानेजर चेतन रेग्मी ,रेडियो प्रकृतिका स्टेशन म्यानेजर संगित वस्याल , रेडियो सञ्जिवनि एफ एमका समाचार सम्पादक एव रिपोटर्स क्लब दाङका सचिव बिमल गौतम , निर्माता एव नायक मुनाल घिमिरे , नायक मनोज लामिछाने , तुलसीपुर नगर जेसीजका अध्यक्ष सुर्य शर्मा,नेपाल पत्रकार महांसघका सदस्य बालाराम खडका , पत्रकार वसन्त बिवस आचार्य , डिल्ली वस्नेत संगित , वावुराम रेग्मी लगाएतले चलचित्र क्षेत्रका सकारात्मक तथा नकारात्मक कुराहरुलाई संचार माध्यम मार्फत बाहिर ल्याउनका लागी कलम चलाउन आग्रह गर्नु भयो ।

14054527_1112161438832157_2336482496104838446_o

कार्यक्रममा चलचित्र पत्रकार संघ दाङमा अक्षय कोष स्थापना गरेको भन्दै संस्थापक अध्यक्ष किशन रेग्मीलाई नगद ११ हजार १ सय ११ सहित सम्मान गरिएको थियो । रेग्मीको सम्मान उहाँका वुवा बावुराम रेग्मीलाई प्रदान गरिएको थियो । सो अवसरमा चलचित्र पत्रकार संघ दाङलाई सहयोग पु¥याउने ब्यक्तिहरु , चलचित्र पत्रकार संघका संस्थापक एव निर्वतमान कार्यसमिति र चलचित्र क्षेत्रमा क्रियाशिल दङालि कलाकार सहित डेढ दर्जन वढिलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा मोडल मनिषा रोकायले नृत्य प्रस्तुत गर्नु भएको थियो चलचित्र पत्रकार संघका सदस्य शिव पुनको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव सन्तोष केसीले गर्नु भएको थियो ।

प्रतिक्रिया