वर्ल्ड नेवा:अर्गनाईजेशनको एशिया प्यासिफिक पहिलो क्षेत्रीय सम्मेलन जापानमा हुने

इनेप्लिज २०७३ भदौ ६ गते ५:०३ मा प्रकाशित

यही नोवेम्बर ५ र ६ तारिख जापानको नागानोकेनको तातेसिना रिसोर्ट होटलमा नेपाल सम्बत ११३७ नयाँ वर्षको अवसर पारि वर्ल्ड नेवा:अर्गनाईजेशनको एशिया प्यासिफिक पहिलो क्षेत्रीय सम्मेलन नेपालबाट ख्याति प्राप्त कलाकारहरुको सहभागी गराई बिभिन्न सास्न्कृतिक कार्यक्रमका साथ हुने भएको छ lसंसारभरिका नेपालीहरुले अत्यन्त चासो र उत्सुकतापूर्वक हेरिएको यस सम्मेलन हरेक हिसाबले महत्वपूर्ण भएको वर्ल्ड नेवा: अर्गनाईजेशन जापानकी प्रतिनिधि ईन्दिरा सुजुकी राजभण्डारीले बताए । मुलतः आर्थिक मुद्धा, हाम्रो भाषा संस्कृतिको सरंक्षण,नेपालमा भएको सीप ,ज्ञान र कलालाई प्रोत्साहन र संसारभर छरिएर रहेको नेवार -नेवार संगठनहरुको समन्वयमा केन्द्रीत हुने यसपटकको सम्मेलनले समृद्ध नेपाल निर्माणका लागि आर्थिक मार्गचित्र कोर्ने सुजुकी राजभन्डारीले बताए ।

बिदेशमा सिकेका ज्ञान, सीप, पूँजी, अनुभव, दक्षता र विद्वतालाई राष्ट्र निर्माणमा बढिभन्दा बढि कसरी उपयोग गर्न सकिन्छ ,नेपालमा रोजगारलाई कसरि प्रोत्साहन गर्न सकिन्छ ,विदेशबाट दैनिक नेपालीहरुको शवहरू नेपालमा भित्रिने क्रमलाई घटाउने काम कसरि गर्न सकिन्छ, मुलुकमा लगानीमैत्रि वातावरण कसरी निर्माण गर्न सकिन्छ र हाम्रो भाषा संस्कृति ,कलालाई कसरि सरंक्षण र सम्बर्धन गर्न सकिन्छ भन्ने लगायतका एजेण्डामा सम्मेलन बिशेष केन्द्रीत हुने मूल आयोजक कमितिका सह संयोजक जनक राज शाक्यले बताए ।

यसैगरी वर्ल्ड नेवा: अर्गनाईजेशनका अध्यक्ष सृजन श्रेष्ठ ,वरिस्ठ उपाध्यक्ष दया रत्न शाक्य ,केन्द्रिय सल्लाहकार डा. केशब लाल महर्जन, केन्द्रिय उपाध्यक्ष नारायण राजभण्डारी ,कृष्ण चंखु ,केन्द्रिय महासचिव सुभाष प्रजापति लगायतका वर्ल्ड नेवा:अर्गनाईजेशनका अगुवाहरुको पनि सम्मेलनमा बिशेष उपस्थिति रहने बताईएको छ । त्यस्तै अमेरिका, युरोप, सिंगापुर, हंगकंग,कोरिया ,अस्ट्रेलिया , मध्यपूर्व,नेपाल तथा बिभिन्न देशका नेवार संगठनका प्रतिनिधिहरुलाई निमन्त्रणा पठाउने भएका छन् ।

यसैबीच उक्त सम्मेलनमा उत्साहजनक सहभागिताका लागि मुल आयोजक समितिले जापानका नेवारहरूमा पनि बिशेष अपिल गरेको छ । ‘आफु रहेको राष्ट्रमा अन्तर्रराष्ट्रिय स्तरको सम्मेलन हुन गईरहेको छ, यसलाई सफल पार्न सक्दो सहयोग गर्न र सहभागिता जनाउन जापानबासी नेवारहरुमा हार्दिक अपिल गर्दछु,’ – वर्ल्ड नेवा: अर्गनाईजेशन जापानका मुल आयोजक कमिटीका संयोजक सुनिल कुमार शाक्यले भने – ‘यो सम्मेलनले वर्ल्ड नेवा:अर्गनाईजेशन अभियानको समीक्षा गर्नुकासाथै मुलुक निर्माणमा अबको दायित्व पहिचान गर्दै हाम्रो भाषा सस्कृतिलाई नयाँ शिराबाट अगाडि बढ्न मार्ग प्रशस्त गर्ने बिश्वास लिएका छौं ।’

गत अप्रिलमा स्थापना भए देखि नै वर्ल्ड नेवा: अर्गनाईजेशन अभियानमा अग्रपंक्तिमा रहेर क्रियाशिलता देखाउँदै आएको जापानले आयोजना गर्न गईरहेको यसपटकको सम्मेलनलाई अत्यन्त महत्वकासाथ हेरिएको छ भने वर्ल्ड नेवा: अर्गनाईजेशनले हाम्रो भाषा संस्कृति लाई सरंक्षण र सम्बर्धन गर्नका लागि प्रोत्साहन स्वरुप पुरस्कार घोषणा गर्न सहयोग राशी संकलन गर्ने जिम्मेवारी पनि यो सम्मेलनमा थपिएको छ ।

मुलतः मुलुकको आर्थिक समृद्धिको एजेण्डामा केन्द्रीत रहने भनिएको यस सम्मेलनमा बिश्वभरिबाट आएका वर्ल्ड नेवा:अर्गनाईजेशन अगुवा तथा अभियान्ताहरु एकैथलोमा भेला भएर करिव दुई दिन सम्मको निरन्तर बहस र अन्तरसंवादबाट वर्ल्ड नेवा:अर्गनाईजेशन इतिहासमै एउटा सार्थक परिणाम निस्कने र त्यसले वर्ल्ड नेवा: अर्गनाईजेशन अभियानलाई नयाँ गति र नयाँ ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

‘सम्मेलनको तैयारी भईरहेको छ , अन्य मुलुकहरु र जापानभित्रबाट पनि सहभागी गराउन पहल शुरु भई सकेको छ ’ – सम्मेलन मुल आयोजक कमिटीका सदस्य रहनु भएकी वर्ल्ड नेवा:अर्गनाईजेशन जापानकी प्रतिनिधि सबिता श्रेष्ठले भने -‘सम्मेलनलाई सार्थक एवं निर्णाययक ढंगले सफल तुल्याउनु जापानका हामी सबै नेवारहरुको साझा दायित्व हो ।’

सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नका लागि मूल आयोजकको संयोजकमा सुनिल कुमार शाक्य , सहसंयोजकमा , इन्दिरा सुजुकी राजभन्डारी ,जनक राज शाक्य, त्यस्तै क्रमश:अतिथि आमन्त्रणमा महेन्द्र श्रेष्ठ , टेक्निकलमा सन्दिप शाक्य ,सान्स्क्रितिकमा प्रकाश लाल श्रेष्ठ ,व्यवस्थापनमा संगीता शाक्य ,सबिता श्रेष्ठ ,शर्मिला शाक्य ,स्वयंसेवक ईन्चार्जमा हरिहर श्रेष्ठ ,आर्थिक संकलनमा इन्दिरा सुजुकी राज भण्डारी ,सबिता श्रेष्ठ ,राम भक्त जोशी ,लक्ष्मण भक्त जोशी र नेपाल सम्बत ११३७ न्हुँ दँ स्वयंसेवक समारोह समितिमा सृजन श्रेष्ठ र एलिशा ताम्राकारलाई जिम्मेवारी तोकिएको छ l

प्रतिक्रिया