अमेरिकामा पौडेल अध्यक्षमा बिजयी

इनेप्लिज २०७३ भदौ ६ गते १०:४३ मा प्रकाशित

image1

शिकागो ,अगष्ट २२
अमेरिकाको सुन्दर शहर शिकागोमा नेपालीहरुको साझा संस्था शिकागोल्याण्ड फ़्रेण्डशिप सोसाइटी(CNFS) को आज सम्पन्न कार्य समितिको निर्वाचनमा शिकागोका चर्चित समाजसेवी टेकराज पौडेल बिजयी भएका छन् ।

आफ्ना प्रतिद्वन्द्वी चन्नु प्रसाद भट्टराईलाई उल्लेख्य मतान्तरले उछिन्दै श्री पौडेल बिजय भएपछि छोटो प्रतिकृया दिदै नेपाली समुदायको हक़ हित र संस्कृति संरक्षणका साथै खेलकूद र रोज़गार अभिमुखिकरण आदि क्षेत्रमा उल्लेख्य जोड़ दिने र निकट भविष्यमै संस्थाको आफ्नै स्वामित्वको भवन तर्फ पहलकदमी गरिने उनले बताए ।

शिकागो क्षेत्रमा यस संस्थाले पछिल्लो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषाको कक्षा संचालन, खेलकूद , नयाँ बर्ष,तीज तथा दशैँ शुभकामनाका साथै नेपालमा भैपरि आएका प्राकृतिक बिपत्तिमा सहयोग गर्दै आएको छ ।

आगामी दुई बर्षका लागि निर्वाचित १५ सदस्यीय सो समितिमा प्रथम उपाध्यक्ष पदमा गणेश थापा, द्वितीय उपाध्यक्षमा ईश्वरी पाठकले झिनो मतको अन्तरले चर्चित युवा बाबुराम सापकोटालाई पराजित गरेका छन् । तृतीय उपाध्यक्षमा बिक्रम थापा , महासचिवमा कृष्ण बर्तौला र कोषाध्यक्षमा मुकेश चौधरी र सदस्यहरुमा डा. अमित खनाल, डा. राजेन्द्र पंगेनी, मनोज चौधरी , सुमन पाठक र कलाकार मिन दर्लामी निर्वाचित भएका छन् ।

स्मरण रहोस, सो कार्य समितिको निर्वाचनमा नेपालीहरुले बडो उत्साहका साथ मतदान गरेका थिए साथै मतदान प्रकृया बडो बैज्ञानिक र सरल बनाईएको थियो । मतदानको तरीक़ा हेर्दा ठूलो आम निर्वाचन जस्तो अनुभूति हुन्थ्यो । पौडेल नेपाली समुदायमा एक निष्पक्ष, सहयोगी र सबै पक्षसंग घुलमिल गर्न सक्ने अगुवाको रुपमा परिचित छन ।

प्रतिक्रिया