अमेरिकामा नेपालीहरुले आफ्नो काम बारे किन भन्न रुचाउदैनन ?

इनेप्लिज २०७३ भदौ ७ गते १०:५६ मा प्रकाशित

bijay-21

अमेरिकामा काम बारे सोध्ने चलन छैन l के काम गर्छस र कहाँ गर्छस आदि सोध्ने चलन कम हुन्छ l त्यस्तो सोधे अस्वाभाविक मानिन्छ l अमेरिकामा बिदेशीहरुले काम बारेमा धेरै चासो राख्दैनन् l र उनीहरुले एक दुइ शब्द सोधे पछि गहिरिएर सोध्ने गर्दैनन l तर हामी नेपालबाट आएकालाई त्यो बिषयमा खुल्दुली हुन्छ l अनि सोध्ने पनि गर्छौ l अपराधीलाई ३ पुस्ते सोधे झै अमेरिकामा पनि सोध्ने गर्दछौ l

नेपालीहरुले आफ्ना नजिकका आफन्त ,साथीभाई ,ईस्टमित्रलाई सोध्ने र केरकार गरेको पाईन्छ l धेरै कुरा फुत्काउने प्रयास गर्दा पनि फुत्किदैन किनभने जवाफ दिनेले पनि खुलेर गाठो फुकाउन चाहदैन l

फलाना इलम गर्छु भने पनि बिस्तृत बताउदैन l फलाना ठाउँमा काम गर्छु भन्ने चलन छ l यो इलम गर्छु भन्ने गरे पनि पुरा ओकल्दैनन l यसको अर्थ यो हैन कि सबैले यसो गर्छन भन्ने कदापी हैन l अब नेपालीहरु निकै माथि पुगेका छन् l नेपालीहरु अमेरिका भर प्रसस्त ब्यबसायी ,उद्योगपति ,राम्रो ब्यापारको साथै उपल्लो दर्जामा पुगेका छन l

यहि पढे लेखेकाले खुशी भै आफ्नो काम अरुले सोध्नु भन्दा पहिला नै भनि दिन्छन l आफुले मासिक पाउने तलब बारे पनि ओकली दिन्छन lअमेरिका आएर पढे लेखेकाले फलाना ठाउँमा म यो काम गर्छु भन्ने गर्छन किनभने त्यो उनको लागि शान पनि हुन्छ l र ,ईज्जत पनि बढ्ने भएकोले दिल खोलेर भन्न हिच किचाउदैनन l

पहिलो पुस्ता ,चिट्ठा प्रणालीबाट आएका ,उता खेति किसान, सानोतिनो ब्यापारी ,सानो तिनो तथा ठुलो काम गरेका ,नेपालमा राम्रो पदमा भएका ,राजनैतिक पहुच तथा राजनीति गर्ने ,मध्यम वर्गीय ,उमेर पाको भै सके पछि अमेरिका छिरेका आदिले यहाँ मध्यम तथा सामान्य प्रकारका जीवन धान्नको लागि काम गर्ने हुनाले खुलस्त हुन् चाहदैनन् l राम्रो इलम पनि गर्ने पनि छन् र हुन्छन l

भरसक काम र्छु भन्ने मात्रको आभास दिन चाहन्छन किनभने अमेरिकामा जे पनि गर्नु पर्ने हुन्छ l जस्तो पनि काम गर्नु पर्ने हुन्छ l किनभने बिरानो देशमा काम मात्र खुट्टा टेक्नलाई मात्र काम पाइयो भने काफी हुन्छ l काम बारेमा गाँठो खोल्न अप्ठ्यारो तथा संकोचित मान्दछन l

अमेरिका छिरेका धेरै मानिस नेपालका बिभिन्न पेशामा रही माथिल्लो दर्जामा समेत काम गरि सकेकाले खुलेर भन्न आँट गर्दैनन् lकिनभने नेपालमा आफु यस्तो थिए भन्ने हिनताबोध पनि न हुने हैन l नेपाल छोडेर बित्थामा दुख पाउन अमेरिका जानु भाको भनि नेपालमा बस्नेले कुरा गर्दा अझ मर्माहत हुन्छ l

नेपाल समुदायमा कुरा गर्ने मेलो भएकोले फलाना त अमेरिकामा यस्तो इलम पो गर्दो रहेछ भन्ने गरिने भएकोले अमेरिकामा मध्यम र सामान्य प्रकारका काम गर्ने नेपालीले इलम बारे मौन नै हुन् चाहन्छन l नेपालमा सलाम खाने व्यक्तिले अमेरिकामा साधारण काम गर्नु पर्ने बाध्यता पनि हुने भएकोले काम बारेमा जानकारी दिन चाहदैनन् l

नेपालमा राम्रो काम गर्ने मानिस यहाँ आएर परिवार ,लोक लाज ,समाजको डर र के भनि देला भन्ने मानसिकताको कारण काम बारे हत्पत्त नबताउने गरिएको देखिएको छ l नेपाली समुदाय बाक्लिदै गएकोले इलम बारे एक अर्कामा याद थाहा हुने पनि हुन्छ l तर अब परिस्थिति परिवर्तन भै सकेको छ l खुल्लम खुल्ला भन्ने पनि समुदाय पनि छन् l

अमेरिकामा आउने चाहना राख्नु भएको छ भने यहाँ आए पछि सबै कुराको ज्ञान हासिल हुने नै छ l अमेरिकामा काम गर्नेहरुलाई के काम गर्छस भनि सिधा प्रश्न राख्नु भन्दा अगाडी एक पटक मिलाएर सोध्ने हो कि ?

काम बारे खोतल्ने ,होच्याउने र आफु होच्चिने भएकोले यस्तो अवस्थाको श्रीजना नहोस भन्नको लागि झुटोको सहारा लिन कसैलाई नपरोस l अमेरिकामा काम गर्नु नै ठुलो ईज्जत हुन्छ l अझ पनि अमेरिकामा काम बारे सबै कुरा सोध्ने लाई अस्वाभाविक ठानिन्छ l

प्रतिक्रिया