वरिष्ठ अधिवक्ता गणेश राज शर्मा मेरो स्मृतीमा।

इनेप्लिज २०७३ भदौ ८ गते ०:२० मा प्रकाशित

Binod-roka

गणेश राज शर्मा नेपालका प्रशिद्ध वकिल हुनुहुन्छ भन्ने कुरा मेरो जानकारीमा सन १९७९ मा राजबिराजबाट काठमाण्डौ आएर ल क्याम्पसमा स्नातक तहको विद्यार्थी हुदा देखि थियो। ल क्याम्पसमा अध्ययनरत रहदाकै अवस्थामा मैले सन १९८१ सालदेखि नै न्यायप्रतीक नामक त्रैमासिक कानुनी लेख तथा बिचार प्रधान पत्रिकाको सम्पादक एवं प्रकाशनको काम पनि सम्हालेको थिए। यस्मा विशेष सल्लाहाकार बरिष्ठ अधिवक्ता हरिहर दाहाल दाई हुनुहुन्थ्यो। अनि अन्य वरिष्ट वकिलहरुमा मुकुन्द रेग्मी, मधु शर्मा, दमननाथ ढुगांना, शंकर घिमिरे, अनुपराज शर्मा, महादेव यादव, बद्रि बाहादुर कार्की, राधेश्याम अधिकारी, प्राध्यापकहरु डा. सुर्य ढुंगेल, खगेन्द्र जि.सी. रजितभक्त लगायतका अन्य प्रजातान्त्रीक खेमा अर्थात कांग्रेस सर्मथक वकिलहरु सल्लाहकार एवं सहयोगी हुनुहुन्थ्यो। केही अंक पछि डा. नारायण घिमिरेजीले पनि सहायक सम्पादकको रुपमा रहेर काम गर्नु भयो। तर सल्लाहकारमा गणेशराज शर्माको नाम परेजस्तो मलाई लाग्दैन। ऊहाको नाम नपर्नुमा कांग्रेशको क्रान्तीकारी धारका व्यक्तिहरुबाट गणेशराज शर्मालाई राजा समर्थक भन्ने आरोप लाग्ने गरेको मैले सुनेको थिए। ऊहा विपिको मेल मिलापको अवधारणा अनुसार राजा र काग्रेशको घाटी राष्ट्र्यिताको सवालमा एऊटै अचानोमा छ भन्ने मान्यता राख्नु हुन्थ्यो।

पंचायती व्यवस्था अन्र्तगत राजाको शासनकाल रहेको हुदा प्रगतीशील अर्थात कम्युनिष्ट र कांग्रसहरुको राजनिती गर्ने थलो भनेको कलेज र स्कुलहरु नै थिए। यो न्यायप्रतीक पत्रिका पनि प्रगतीशीलहरुले पैरवी नामक कानुन पत्रीका निकाल्न थालेको कारणले निस्कन थालेको जस्तो मैले महसुस गरेको थिए। गोपाल शिवाकोटी सम्पादक रहेको पैरवीको सल्लाहाकारमा सुभाष नेम्वांग, भरतराज उप्रेती, सिन्धुनाथ प्याकुरेल लगायतका कानुन व्यवसायीहरु हुनुहुन्थ्यो। त्यसैले स्वतन्त्र न्यायपालीका, कानुनी राज्य, मानवाधिकारका बिषयमा सरकारका तर्फबाट कुनै गलत कार्य भएमा त्यस्को न्यायीक लेख वा सम्पादकीयबाट आलोचना गर्ने माध्यम यी पत्रिकाहरु भएका थिए भन्नु अतिसयोक्ती हुदैन।

म सम्पादक भएको नाताले लेख रचना माग्न न्यायाधिश, अदालतमा कार्यरत सहयोगी, वकिल, प्राध्यापक, र अन्य लेखकहरु कहा जाने अनि सम्पादन, विज्ञापन, र प्रेश धाऊने काम भने मेरो जिम्मामा रहन्थ्यो। म कलेजमा पढदा देखी नै हरिहर दाहाल दाई, शंकर घिमिरे, र हरि न्यौपाने समेतको अभिनव ल च्याम्वरमा काम गर्ने हुदा सर्वोच्च अदालतमा तारिख लिन जाने गर्दथे। यसरी सर्बोच्च अदालत जादा म गणेशराज दाईलाई बारमा भेटेर लेख माग्ने गर्दथे। सन १९८३ सालमा मैले अधिवक्तको लाईसेन्स लिएपछि सर्वोच्च अदालत बारमा सदस्यता लिएपछि बारमा जाने क्रम अमm बढ्यो। दिऊसो १२ देखि १ बजेको चियाको समयमा प्राय वकिलहरु बारको कार्यकक्षमा उपस्थित हुन्थे। गणेशराज दाई बारमा उपस्थित हुदाको अवस्था ज्यालै गहकीलो रहन्थयो। किनकि ऊहाको पहिरनमा सेतो सर्ट, कालो कोट अनि पैण्ट हुन्थ्यो। एउटा वकिलको जस्तो औपचारिक पोशाकमा। गणेशराज दाईको नजीक वा वरिपरी बस्ने चाहाना रहन्थ्यो धेरैको। किनकि ऊहाले बोल्ने विषयबस्तु देशको राजनिति, न्यायीक, वा अन्य गम्भीर बिषयमा केन्द्रीन्त रहन्थे। ऊहाले बोल्न थालेको बिषयबस्तुमा अरुले तर्कद्धारा त्यसो होईन भन्ने ठाऊ पाउदैनथे। किनकि गणेशराज दाईसंग आफनो तर्कलाई पुष्टि गर्ने आधार र प्रमाण हुन्थे। मेरो अनुभवमा गणेशराज दाई, बाशुदेव ढुगांना, शम्भु प्र. ज्ञवाली, मोतीकाजी स्थापित लगायतका वकिलहरुका बिचारले युवा वकिलहरु रमाऊदथे।

मैले सर्बोच्च अदालत बारको सदस्यता लिएको केही समयपछि स.अ. बार कार्य समितिको चुनाव आयो। म पनि सदस्यमा ऊठे। दमनदाई अध्यक्ष र वैद्यनाथ उपाध्याय सचिव रहनु भएको कार्यसमितिमा म पनि सदस्य पदमा निर्वाचित भए। सबभन्दा सानो सदस्य भएको हुदा मेरो काम बारले ग्राहक बनेका नेपाली र अंग्रेजी पत्रिकाहरु हेम पाठकजीको पाथीभरा नामक पसलबाट सामm घरमा लगि भोलीपल्ट विहानै बारमा गएर राख्नु पर्ने भयो। बारमा मेरो सकृयता बढेकाले मैले गणेशराज दाईसंग बोलचाल गर्ने अवशर पाए। ऊहाले सधै भन्नुहुन्थ्यो तपाईहरुले अध्ययन गर्ने वानी बसाल्नु पर्दछ। अरुले भनेको आधारमा होईन अध्ययन र औचित्यपुर्ण तर्कको आधारमा आफना भनाई राख्नु पर्दछ। तपाईहरुले जेण्टल ईडियट जस्तो भएर बोल्न र काम गर्न हुदैन आदि।

जेण्टल ईडियट भन्ने शव्द धेरै पटक म लगायतका काग्रेश, कम्युनिष्ट, र अन्य पार्टीका समर्थकहरुलाई भनेको मैले सुनेको छु। बि.पि. कोईरालाको साडुभाई, वि.पि.ले समेत ऊहाको विद्धतामा विस्वास गरेका, अनि वि.पी.को चिन्तनलाई गहिराईमा पुगेर बुमmने व्यक्ति भएता पनि चर्कोधारका प्राय ने.वि.संघका पृष्ठभुमीबाट आएका काग्रेशले गणेश राज दाईलाई दरवारको मान्छे भन्ने संज्ञा दिन्थे। त्यसैले धेरै कांग्रेश समर्थकहरु ऊहाको गैरीधारा स्थित निवाशमा जादैनथे उहाका बिचार सुन्नका लागि। म पनि त्यही समुहमा हिडने व्यक्ति भएकोले ऊहाको नजरमा जेण्टील ईडियट कै खेमामा पर्दथे जस्तो लाग्छ। म स.अ.बारको चुनावमा प्राय उठने गर्दथे। सन १९८३ देखि १९९८ मा अमेरीका नआऊदासम्मको स.अ. बार र नेपाल बारको चुनावमा म नऊठदा कहिलेकाहि वरिष्ट अधिवक्ता महादेव यादव व्यड०ग्य गर्दै भन्नुहुन्थ्यो “ हैनरे तिमी खडा नभएर चुनाव कसरी हुन्छ विनोद “। मेरो प्रतिसपर्धिहरुमा युवराज संग्रौला, हरिकृष्ण कार्की, बालकृष्ण न्यौपाने पर्दथे। चुनावमा प्राय प्रजातान्त्रीक र प्रगतीशिल पक्षका उम्मेदवार रहन्थे। ती चुनावहरुमा मैले गणेशराज दाई संग भोट माग्दथे। र विश्वास पनि लाग्थ्यो भोट मलाई नै दिनुभो होला भन्ने। तर ऊहाले तपाईलाई भोट दिए है भनेर कहिले भन्नु भएन।

ऊहाले न्यायप्रतिक पत्रिकामा ऊहाले न्यायको अखण्ड दीयो बलीरहोस बाली रहौ भन्ने लेख दिनु भएको थियो प्रकाशनका लागि। यहि लेख पछाडी केही परिमार्जीत रुपमा अन्य प्रकाशनलाई पनि ऊहाले दिए जस्तो लाग्छ। मेरो स्मरणमा यो लेखमा ऊहाले सर्बोच्च अदालतमा मुद्दाको बहश गर्दाखेरी एकजना विदेशी वकिललाई पनि लानु भएको रहेछ। विदेशी वकिलले भाषा नबुमmे पनि बाहिर आएर उस्ले वकिलले के भने, न्यायाधिशले के प्रश्न गरे र निर्णय के भयो? भनि गणेशराज दाईलाई भनेछन। त्यसैले लेखमा वहशमा प्रयोग गरिएको भाषा नबुमmे पनि न्यायको भाषा सबै देशमा एउटै हुन्छ संगीतको भाषा मmै भन्ने निजोड थियो जस्तो लाग्छ।

अर्को नर्बिसने क्षण भनेको दशरथ रंगशालमा १२ मार्च १९८८ मा नेपाल र वंगलादेशका बिचमा भएको फुटवल खेलमा आधीको कारणले भाग्दा खेरी ९३ जनाको मृत्यु र १०० जना भन्दा बढी घाईते भएको त्रासदीको बिषयलाई लिएर नेपाल बारको केन्दीय कार्य समितिले जाहेरी दर्खास्त दिने प्रसंग हो। यसबेला केशर बाहादुर विष्ट शिक्षा तथा खेलकुद मन्त्री थिए। नेपाल बारको अध्यक्ष लक्ष्मण अर्याल, उपाध्यक्ष मोकहकृष्ण खरेल, सचिव सुवास नेम्वांग, अनि सदस्यहरुमा कृष्ण प्रसाद पन्त, कृष्ण प्रसाद भण्डारी, म, रेवन्त कुवर आदि थियौ। बारले संस्थागत रुपबाट जाहेरी दर्खास्त दिएमा सबै बारमा सदस्यहरु ऊजुरकर्ता अर्थात जाहेरवाला मानिन्छन। त्यसैले आरोपित शिक्षा मन्त्री, रंगशालामा कार्यरत कर्मचारी लगायतका अन्य प्रतिवादीले ऊनीहरुको प्रतिरक्षा गर्ने वकिल पाऊदैनन। किनकि जाहेरवाला वकिल बारको सदस्य भएका वकिलहरुले प्रतिवादीको तर्फबाट प्रतिरक्षा गर्न मिल्दैन। बरु यस्को ठाऊमा वकिलले एक्लै वा समुह बनाएर जाहेरी दिनु पर्दछ भन्ने धारणा गणेश राजदाईको थियो। ऊहाको एक्लो धारणा नै चर्चाको विषय बनेको थियो।यद्यपि ऊहा बारको कार्य समितिमा हुनुहुन्थ्यो।

बारको कार्य समितिको वैठकमा यही एजेण्डामा निर्णय गर्ने बैठक बोलाईयो। बैठक बस्नु भन्दा अगाडी नै क कस्ले समर्थन र क कस्ले बिरोधमा राय प्रकट गर्छन भन्ने स्पष्ट जस्तै थियो। किनकि काग्रेश समर्थक र कम्युनिष्ठ सर्मथकले जाहेरी दिने पक्षमा र त्यो देखी बाहेककाले विपक्षमा आफनो मत जाहेर गर्नेछन। तर मेरो सोचाईमा गणेश राज दाईले सार्नु भएको तर्क न्यायोचित रहयो। किनकि ऊहाले मन्ने गरेको वाक्य तपाईहरु जस्तालाई जेण्टल ईडियट भन्दा हुन्छ। किनकि तपाईहरु विद्धान वकिल भएर पनि पार्टीले जे धारणा बनायो त्यसैलाई समर्थन गर्नुहुन्छ, भन्ने भनाईले मलाई सोच्न विवस गरायोे।

वैठकको एजेण्डा नेपाल बारले जाहेरी दिने कि नदिने? भन्ने मात्रै रहेको हुदा सुवास दाईले प्रस्ताव पढेर सुनाऊनु भो । अनि क कस्को जाहेरी दिनेमा समर्थन छ भनि सोध्ने क्रममा वरिष्ट अधिवक्ता स्व. कृष्ण प्रसाद पन्तले आफनो विमतको राय दिनु भो। अनि मैले पनि विमतीमै राय व्यक्त गरे। सुवास दाईले फेरी दोहोरयाएर मलाई सोध्नुभो होईन विनोद भाईको साच्चै विमतीकै राय हो रः? मैले हो दाई भन्दै आफनो विमतीको राय वारको माईन्युटमा लेखे वहाहरुले सोचे विपरित। अनि मैले गणेश राज दाईलाई भने म जेण्टील ईडियट होईन है गणेश राज दाई। ऊहाले भन्नु भो यो कानुनी प्रश्न हो राजनितीक प्रश्न होईन। तपाईले बुमmेर विमती जनाऊनु भएको भए चाहि जेण्टील ईडियट होईन भन्नु पर्ला।

म अप्रिल ५, १९९८ आईपुगे अमेरीको न्युर्योकमा। यो दिन संयोकले आफै जन्मीएको दिन परेको थियो।रहदा बस्ता मैले यही देशलाई कर्मभुमी बनाऊन पुगे। अक्टोवर २००३ मा गणेशराज दाई न्युर्योक आऊनु हुदा खगेन्द्र जि.सी.जीले ऊहालाई दिवाभोजमा निम्ता दिनुभएको थियो। खगेन्द्रजीकोले त्यो दिवाभोजमा म र देवेन्द्र प्रधानजी समेतका वकिलहरुलाई पनि सहभागी बनाऊनु भो किनकि हामीहरु पनि क्षेत्री एण्ड एसोसियटसमा नै काम गर्दथ्यौ। हामीहरु न्युर्योकको सेन्टरल पार्कमा रहेको एउटा राम्रो भोजनालयमा खाना खान गएका थियौ।त्यसबेला ऊहाले आफनो स्वास्थको कारणले साहाकारी भोजन बारेको किताव पढीरहेको र त्यही अनुकुल आफनो दिनचर्या बित्ने गरेको कुरा बताऊदै उक्त किताव पढने सल्लाह दिनु भो। त्यस्का अतिरिक्त ऊहाले केही अन्य समसामायिक बिषयमा कुरा गर्दै अमेरीका प्रमुख विस्वविद्यालय कोलम्वीया, यल, हारर्डभर, लगायतमा घुमेको स्मरण पनि गराऊनु भो। हामीले खगेन्द्रजीको ल अफिसबाट त्यो ठाऊमा जादा लिएको टयाक्सीको चालक, जो भारतीय वा वंगाली थियो, ले खगेन्द्रजीलाई चिनेर नमस्कार गरयो। अनि भोजनालयमा पुगेपछि अर्डर लिन आऊने वेटर पनि उतैतिरको व्यक्ति परेछ। ऊस्ले पनि खगेन्द्रजीलाई नमस्कार गर्दै अर्डर लियो। गणेशराजदाईले खुसी हुदै भन्नु भो टयाक्सी चालक देखि वेटरसम्मले तपाई बाटोमा हिडदा देखि भोजनालयसम्म नै न्युर्योकमा वकिलको रुपमा चिनेर आदर गरेको देख्दा ज्यादै खुसी लाग्यो भन्नु भो। यो बसाईमा मैले ऊहालाई बढी नजिकबाट चिन्ने मौका पाए कुराकानीको क्रममा।

२००७ को दशैताका म नेपाल गए।योे भ्रमणको बेला मैले आफनो गिति एल्वम “ मेरी प्रिय” को बिमोचन गर्ने समेत निधो गरेको थिए। यो भ्रमणको बेलामा म गणेशराजदाईको निवाशमा गए। किनकि ऊहाले नेपाल आऊदा निस्कनु है भन्नु भएको थियो। म दिऊसो ३ बजेको समयतिर त्यहा पुगे। त्यसबेलासम्म निकै जना भेला भैसक्नु भएको थियो। गणेशराजदाईले मलाई अपरिचितहरु संग परिचय गराईदिनु भो। र ऊहाले न्युर्योकमा रहदा भेटन पाएको मौका र आथित्यताको मिठो स्मरण पनि सबैलाई सुनाऊनु भो। मलाई त्यहा एकजना सम्पादक मित्रलाई पनि ऊहाले चिनाई दिनु भो। र अमेरीकामा रहेका नेपालीहरुले भोग्नु परेको कानुनी समस्याको बारेमा विनोदजीहरुबाट जानकारी लिई पत्रिकामा छाप्नुहोला भन्नुभो। केही क्षेणमा त्यहा सबैलाई पुरी, तरकारी, र चिया आयो। म लगायतका उपस्थित सबैले ऊहाको बिचार सुन्यौ। यो त्यहाको नियमीत प्रकृया नै रहेछ। म पुरा समयसम्म चाहेर पनि अरुसंगको भेटघाटको व्यस्थताले गर्दा बस्न सकिन र विदा मागेर निस्कीए खल्लोमान्दै।

२०१३ सालमा मैले एउटा टेलीफोनकल पाए म ल अफिसमा काम गरि रहेको समयमा। यो फोन अमेरीकाको क्यालीफोर्नियाबाट आय जस्तो लाग्छ। फोनकर्ताले मलाई आफु पत्रिकाको सम्पादक भएको भनेर परिचय गराऊनु भो। तर मैले ऊहालाई ठम्याऊन सकिन। ऊहाले हाम्रो पुर्वपरिचयलाई जोडने क्रममा गणेशराजदाईको घरमा चिनेको प्रसंग ऊल्लेख गर्दै आफु त्यहा नियमित रुपबाट जाने गरेको व्यक्ति भएको जानकारी पनि दिनुभो। मैले ऊहालाई गणेशराज दाईको के छ खवर भनेर सोधे। मेरो प्रतिउत्तरमा ऊहाले आस्चर्य मान्दै भन्नु भो ए तपाईलाई थाहा छैन र। दाईलाई अल्जाईमर भएर ऊहाको स्मरण शक्ति नै गयो। आदि। अनि ऊहाले मलाई भन्नु भो दाईले कहिलेकाही अमेरीका लगायत विश्वका अन्य देशमा रहेको नेपाली र ऊनीहरुको सन्तानहरुको नेपालमा के कस्तो कानुनी सम्वन्ध रहन्छ। त्यो एउटा सोचिनुपर्ने बिषय छ। त्यसैले विनोदजीहरुसंग यस बारेमा लेख मागेर तपाईले छाप्नुहोल भन्नु हुन्थ्यो। यसो समय मिलाएर एउटा लेख लेख्नु होला नि भन्नुभो। मैले ऊहालाई हुन्छ नि भनेर फोन राखिदिए।

फोन गर्ने व्यक्तिले गणेशराज दाईको स्मरण शक्ति गयो भनेको कुरामा विश्वास लागेन। किनकि राष्ट्र्यि एवं अन्तराष्ट्र्यि कानुन र राजनितिको बारेमा गहिरो अध्ययन र स्मरण भएका अनि यी बिषयमा आधिकारीक धारणा दिन सक्ने व्यक्तिको स्मरण शक्ति हराऊने भन्ने कुरा मेरो लागि अकल्पनीय थिायो। त्यसैले नेपालमा रहेका वकिल साथीहरु रामकृमार श्रेष्ठ र रामकृष्ण निरालालाई फोनमा सोधे। ऊनीहरुले पनि हो भन्ने प्रसंग दोहोरयाए। तर मन मान्न राजी थिएन। २०१४ सालमा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीजी न्युर्योक आऊदा मैले आफनो निवाशमा रात्रीभोजको निम्ता दिएको थिए। भण्डारीजीले अन्य सहभागी वकिल मित्रहरु दुर्गा भुर्तेल, बावुराम देवकोटा र मसंग अरु कुराका अतिरिक्त गणेशराजदाईको बारेमा पनि चर्चा गनुभो र सर्वोच्च अदालत बारले निकालेको अनुभव र अनुभुती विशेषांक उपहार स्वरुप दिनु भो। त्यो किताव पढी सकेपछि भने गणेशराजदाईको बारेमा सुनेको कुरा यर्थाथ रहेछ भन्ने लाग्यो।

अनि अक्टोबर २०१५ मा ऊहाको देहवसान भएको कुरा जानकारीमा आयो। गणेशराज शर्मालाई गुमाऊनु पर्दा नेपालका कानुन व्यवसायीहरुले एऊटा छाहारी दिने रुख गुमाएका छन। तर पनि वहा समेतले वहश गरेका र नेपाल कानुन पत्रिकामा प्रकाशीत हिरापासीको मुद्दादेखि संसद विघठन लगायतका सैयौ मुद्दाहरुमा प्रतिपादित भएका शिद्धान्त, कानुनी लेख र बिचार अनि विश्वेश्वरप्रसाद कोइरालको आत्मवृतान्तमा समेटिएका ऊहाका बिचारहरुले देशको चिन्तन गर्ने विभिन्न तप्का र तहका व्यक्तिहरुलाई जेण्टील ईडियट नबन्नृ होला है भनि खवरदारी गरिरहने छ।

मलाई तपाईले भेटन सक्ने ठेगाना हो फोन नं. ७१८ ६०६ ९७३३ ईमेल [email protected], , र वेबसाईट www.binodlaw.com हो .

प्रतिक्रिया