जन्मदिनको बिहानै दीपकले दीपालाई किन रुवाए ?

इनेप्लिज २०७३ भदौ ८ गते १:३७ मा प्रकाशित

Deepak-dipa-tito-650x369

काठमाडौं । देश बिदेशमा रहेका लाखौ लाख दर्शककी प्रिय हाँस्य कलाकार, निर्माता तथा निर्देशक दीपाश्री निरौला ४२ लागेकी छन् ।

लामो समय देखि दर्शक हसाउदै आएकी दीपा मंगलबारबाट ४१ पुरा भएर ४२ लागेकी हुन् । हाँस्य अभिनयको सफलता पछि निर्माण र त्यसपछि निर्देशनमा होमिएकी दीपाको निर्देशन रहेको चलचित्र ‘ छक्का पन्जा’ यही भदौ २४ गते देखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । बिस २०३२ मा विराटनगरमा जन्मिएकी दीपा निर्देशकका रुपमा यसै बर्ष आफ्नो जन्म भएको भन्न पछि पर्दिनन् । उनको निर्देशक पहिलो कोसेली चलचित्र ‘छक्का पन्जा’ले अहिले राम्रो हाइट लिइरहेको छ ।

०४२ मा अभिनय यात्रा सुरु गरेकी दीपाले अभिनयमा थुपै्र उतार चढाप पार गरेकी छन् । कलायात्राको शुरुवातमा बिभिन्न संघर्ष गरेकी दीपालाई पहिलो पटक सबैमाझ चिनाउने काम भने रेडियो नेपालको कार्यक्रम ‘रामबिलास र धनियाँ’ ले गर्यो । त्यसपछि उनको अभिनय करियरलाई उचाही दिने काम सामाजिक टेलिश्रृखला ‘देवी’ले गर्यो ।

सानोपर्दा रेडियो नेपाल, रंगमञ्च हुँदै ठुलो पर्दामा पाइला बढाएकी दीपाको डेब्यु चलचित्र ‘नासो’ हो । त्यपछि उनले दर्जन हाराहारीको चलचित्रमा अभिनय गरेकी छन् । उनको सम्झनै पर्ने अर्काे चलचित्र गाउँले पनि हो । यस चलचित्रमा उनले गरेको अभिनय र नृत्य तात्कालिन समयमा धेरैले मन पराएका थिए ।

चलचित्र अभिनयमा आउँदा सम्म मध्य चलेको उनको जिन्दगीले एका एक उचाही लिने काम भने टेपाल टेलिभिजनको हाँस्य श्रृखला ‘तितो सत्य’ले गर्यो । यस श्रृखलाबाट उनले अभिनय यात्रामा उडान भर्न सफ,ल भइन् । जुन क्रम अहिले पनि जारी छ ।

धेरै कलाकारसँग जोडीका रुपमा अभिनय गरेकी दीपाको अभिनयमा सफल जोडी भने दिपक राज गिरी हुन् । रेडियो नेपालको ‘रामबिलास र धनियाँ’बाट कलामा सहकार्य गरेका यी जोडी अहिले पनि त्यतिकै रुपमा सक्रिय छन् । अभिनय जोडी दिपक राज नभएको भए दीपा अहिले सायद यो उचाहीमा हुन्थिन् हुदैनथिन्न् यसै भन्न सकिन्थ्यो ।

अभिनयमा जोडी बन्दै आएका दिपकले दीपाको जन्मदिन कसरी मनाउलान् । यो धेरैको चियो र चासोको बिषय पनि हो । तर यसपटक भने दिपकले दीपालाई जन्मदिनमा रुहाएका छन् ।

दीपकले फेसबुकमा कविता लेखेर ददीपा रुहाएका हुन् । आफ्नो र दीपाको फोटोसहित उनले पोस्ट गरेको यो कविताको पक्तिंले दीपालाई रुहाएको हो ।

संघर्षका दिनमा तिमिबाट साथ पाएँ
लडेर उठन खोज्दा तिम्रै हात पाएँ
दुस्ख हजार देउ हे ईश्वर तिमीलाई मेरो माफी छ
संसार संग लडन सक्ने
यो साथी नै काफी छ ’

यि कविताका हरफ पढेपछि पुराना दिनको सम्झनामा आफ्नो आँखामा आँसु आएको दीपाले बताएकी छिन् । ४२ लाग्दा पनि दीपा अहिले सम्म अविवाहित छन् । दीपालाई जन्मदिनको देश तथा बिदेशबाट शुभकामनाको ओहीरो लागी रहेको छ ।

प्रतिक्रिया