चट्याङका कारण रेडियोको प्रसारण बन्द

इनेप्लिज २०७३ भदौ ८ गते ५:३६ मा प्रकाशित

chatyaanखोटाङ, ८ भदौ । चट्याङका कारण खोटाङको रुपाकोट सामुदायिक रेडिायोको प्रसारण बन्द भएको छ । चट्याङले सदरमुकाम दिक्तेलको मुढेमा रहेको रेडियोको अनलाइन युपिएस, १५ थान व्याकअप ब्याट्री, अनलाइन डिभाइस, ल्यापटप, स्टेबिलाइजरलगायतका उपकरणमा क्षति पुग्दा रेडियाको प्रसारण बन्द भएको हो ।

आइतबार दिउँसो परेको चट्याङले रेडियोको उपकरण काम नै नलाग्ने गरी बिग्रिएपछि प्रसारण बन्द भएको स्टेसन मेनेजर सूर्य तामाङले बताउनुभयो । रेडियोमा पुगेको क्षतिको मङ्गलबार जिल्ला प्रहरी कार्यालयले स्थानीयको रोहबरमा रु दुई लाख ७१ हजारको उपकरण नष्ट भएको मुचुल्का उठाएको छ ।

नयाँ उपकरण जडान नगरेसम्म रेडियोको प्रसारण बन्द रहने स्टेसन मेनेजर तामाङले जानकारी दिनुभयो । २०६४ साल वैशाख १ गतेदेखि प्रसारण सुरु भएको रेडियोको प्रसारणमा चट्याङका कारण ठूलो क्षति पुगेको यो तेस्रो पटक हो ।

हरेक वर्ष चट्याङले रेडियोलाई असर पु¥याउने भएपनि यसअघि २०७१ साल चैत २२ गते र २०६६ साल माघमा पनि महिनौँ प्रसारण बन्द हुनेगरी चट्याङले क्षति पु¥याएको थियो । यस्तै, २०७१ साल चैतको चट्याङले शून्यमा झारेको हलेसी एफएमले गत साउन १८ गतेदेखि प्रसारणलाई निरन्तरता दिएको छ ।

त्यसभन्दा अघि २०६६ साल माघमा परेको चट्याङले एफएमको उपकरणमा क्षति पुग्नुका साथै एकजना प्राविधिक समेत घाइते भएका थिए ।

उसबेला एफएमको प्रसारण झन्डै अढाइ वर्ष रोकिएको थियो । यसपल्ट भने बिग्रिएको ट्रान्समिटर अघिल्लो दिन नै मर्मतका लागि काठमाडौँ पठाइएकाले चट्याङले क्षति नगरेको स्टेसन मेनेजर उत्तम चौलागाईंले जानकारी दिनुभयो ।

प्रतिक्रिया