नेपाली जनसम्पर्क समिति, क्यानडाको प्रेस विज्ञप्ती

इनेप्लिज २०७३ भदौ ८ गते २३:५२ मा प्रकाशित

नेपाली जनसम्पर्क समिति क्यानडाले तुल्सी पौडेलको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति गठन:

नेपाली जनसम्पर्क समिति, क्यानडाले अगष्ट २०, २०१६ शनिबार राष्ट्रीयता, लोकतंत्र र समाजबादमा विश्वास राख्नु हुने क्यानाडामा बसोबास गरी रहनू भएका आम जनसमुदायहरूको ऐतिहासिक बिशेष भेला सम्पन्न गरेको छ। तत्कालिन नेपाली जनसम्पर्क समिति विभागीय प्रमुख तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशीको प्रमुख आतिथ्यमा क्यानडाका लागि नेपाली महामहिम राजदुत कालीप्रसाद पोखरेल तथा एन. आर. एन. अध्यक्ष श्री तुल्सी प्रसाद सापकोटाको समुपस्थितीमा नोभेम्वर २८, २०१५ मा संस्थाको प्रथम अधिवेशन उद्घाटन भै विविध कारणबश स्थगित हुन पुगेको थियो। पूर्व समिति विघठन भैसकेको र अधिबेशन समेत स्थगित भएकोले बिगत लामोसमय देखि हालसम्म कार्यसमिति नरहेको अबस्थामा संस्थाका कार्यक्रमहरु तथा सांगठनिक बिकासमा अन्ल्योलको बातावरण सिर्जना भएको महसुश गर्दै यहि अगष्ट २० गते मिसिसागा क्यानडामा प्रजातन्त्रप्रेमी साथीहरुको बृहत भेलाको आयोजना गरिएको थियो।

समाजका अग्रजहरु लगायत लोकतन्त्र प्रति आस्थावान मित्रहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त भेलाले संस्थाका पूर्व केन्द्रिय सदस्य ऋषि तिवारीको संयोजकत्वमा गठित समिति बाट ल्याईएको प्रस्ताव माथि व्यापक छलफल गर्दै सर्वसम्मत रुपमा पूर्व कार्यसमिति सदस्य श्री तुल्सी पौडेलको सभापतित्वमा १९ सदस्यीय कार्यसमिति गठन गरेको छ । उक्त गठित समितिलाई उपस्थित समाजसेवीहरु, पत्रकार, विभिन्न क्षेत्रका विज्ञ लगायत नेपालदेखि पारिवारिक भ्रमणमा आउनुभएका अग्रज महानुभावहरुले बधाई तथा शुभकामना व्यक्त गर्दै संस्थाले सम्पूर्ण अस्थावान साथीहरुको भावनालाई कदर गर्दै अझै शसक्त रुपमा संगठितभई अगाडी बढ्ने अपेक्षाका साथ् आ-आफ्नो तर्फबाट सक्दो सहयोग रहनेकुराको प्रतिबद्दता व्यक्त गर्नुभएको थियो।

यसैगरि संस्थाका शुभेच्छुक पूर्व राजनीतिज्ञ तथा अग्रज श्री लेखनाथ तिमिल्सिना लगायत अन्य वरिष्ट महानुभावहरुले यस समितिको गठन वर्तमान अवस्थामा किन अपरिहार्य रह्यो भन्ने कुराको पुस्टि गर्नुभयो । भुतपुर्ब कार्य समितिको अधिकाम्स व्यक्तिहरुबाट बिगत ३ वर्षको अबधिमा भए गरिएका कार्यको मुल्यांकन गर्दा संगठन विस्तार अनि विकासमा कुनै ठोस उपलब्धि हँसिल गर्न नसकेको उल्लेख गर्नु भयो। उल्टै मनोमानी ढंगले सिमित वर्ग अनि पेशा अनुरुपको समूह खडा गरि इतिहाशमै नभएको लोक लज्जित महिनै पिच्छे फगत महाधिबेसनको हवाला दिदै नेपाली कांग्रेस केन्द्रिय कार्यालयमा झुटो बिवरण पेश गरि संस्था तथा लोकतन्त्रप्रति आस्थावानलाई लज्जित बनाई भावनामा ठोस पुर्याउने साथै संस्थाको साख गिराउने कार्य भएको यथार्थता बारे स्पस्ट पार्नु भयो । यस्ता कृयाकलापले आन्तरिक संगठनलाई त कमजोर बनाउँछ नै, संगठनभित्र अनुशासनहीनता र अराजकता पनि निम्त्याउने भएकोले यसतर्फ गम्भीर हुनु पर्ने विचार व्यक्त गर्नुभयो।

यसै सन्दर्भमा संस्थाका पूर्व केन्द्रिय सदस्य तथा रिपोर्टर क्लब नेपाल क्यानाडाका डिरेक्टर श्री नारायण घिमिरेले पूर्व समिति विघठन भैसकेको र अधिबेशन समेत स्थगित भएकोले नया कार्यसमिति गठननै एउटा यस्तो विकल्प हो जसले क्यानाडा स्थित सम्पूर्ण राष्ट्रीयता, लोकतंत्र र समाजबादमा विश्वास राख्नु हुने साथीहरुलाई एकताको मालामा सांगठनिक तथा बैचारिक रुपमा एकत्रित गर्ने हैसियत राख्दछ र यसका लागि सम्पूर्ण प्रजान्त्रतिक साथीहरुले कार्यसमिति लाई आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने भावना ब्यक्त गर्नु भयो । कार्यक्रम संचालक दीपक सापकोटाले लोकतन्त्रमा विश्वास राखने साथीहरूको फ़राकिलो राजमार्ग भएको र यही राजमार्ग मा सबै हिंडने बिश्वास व्यक्त गरनू भयो। साथै संस्थाका पूर्व केन्द्रिय सदस्य ई. श्री ज्ञान प्रसाद गौतमले संस्थाका हालसम्मका गतिविधिहरु बारे जानकारी गराउदै उक्त भेलाको औचित्य माथि प्रकाश पार्दै उठेका जिज्ञाशाहरुलाई सम्बोधन गर्नुभएको थियो। उपस्थित अधिकाम्स साथीहरुको भावना अनुरुप नेपाली जनसम्पर्क समिति क्यानाडाको यस स्प्रिटमा समाहित भै अगि बढ्न उहाले जोड गर्नु भएको थियो !

अन्त्यमा, गठित कार्यसमितिका सभापति श्री तुल्सी पौडेलले समाजले आफूप्रति गरेको बिश्वाशलाई दुवै अवसर तथा चुनौतीको रुपमा गह्रणगर्दै साथै आफ्नो अमुल्य समय दिई सभामा उपस्थित सम्पूर्ण अग्रज दाजुभाई दिदीबहिनी लगायत मित्रवर्गहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको थियो। सबैलाई एकताबद्द गरि भेलामा प्राप्त सल्लाह, सुझाबलाई आत्मसाथगर्दै नेपाली जनसम्पर्क समिति क्यानडा हामीहरुले मात्र नभई क्यानाडा स्थित सिंगो नेपाली समाज तथा अन्य समाजहरुले समेत भरोसा गर्ने संस्था बन्नेमा पूर्ण आशावादी भएको विश्वास ब्यक्त गर्नु भयो ।

कार्यसमितिको नामावली निम्न बमोजिम रहेको छ :

सभापति: तुल्सी पौडेल
उपसभापति: सुरज पाण्डे
महामन्त्री: दिपक सापकोटा
कोषाध्यक्ष: विद्याभूषण कार्की
सहमहामन्त्री: विनय न्यौपाने

डिरेक्टरहरु:
ऋषि तिवारी, अम्बिका ज्ञवाली , सुर्य सापकोटा , ऋषिकेश घिमिरे, रामबाबु थापा अन्जु बिष्ट , दिपेन्द्र पौडेल, लक्ष्मण पाण्डे , कमला शर्मा , जगन्नाथ रेग्मी , सुदिप खनाल, विवेक पाण्डे , नविन न्यौपाने , बुद्धिराज शर्मा

 















प्रतिक्रिया