काभ्रेपलाञ्चोकमा नौ हजार कन्या पुजिए

इनेप्लिज २०७३ भदौ ९ गते ११:०६ मा प्रकाशित

बनेपा, ९ भदौ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा काभ्रेपलाञ्चोकमा आज नौ हजार कन्या पुजिए ।
एकसय १४ वर्षदेखि चलेको यो परम्परा जिल्लाको साँगा, काशीखण्ड नगरपालिका, पनौती नगरपालिका लगायतका क्षेत्रमा पनि मा पनि यथावत् छ ।
कन्याको दीघार्यु र सुस्वास्थ्यको कामनासहित पूजा गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको सनातन कन्या पूजा प्रवद्र्धन समितिका सचिव सुरकृष्ण वैद्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार बनेपामा मात्रै आज झन्डै पाँच हजार कन्या पुजिएका छन् ।
कन्या पूजाका लागि सिन्धुपाल्चोक, दोलखा, सिन्धुलीबाट समेत भक्तजन आउने गरेका छन् ।

यसैबीच, आज श्रीकृष्ण जन्माष्टमीको दिन यहाँका झन्डै आधा दर्जन शक्तिपीठमा झक्तजनको घुइँचो लागेको छ । बनेपाको तीनधारा, नयाँ बस्ती, पाँचखाल, दाप्चालगायतका क्षेत्रमा भक्तजनको घुइँचो लागेको हो । त्यहाँ भक्तजनले भगवान् श्रीकृष्णको पूजाआजा गर्नाका साथै भजनकीर्तन गरेका छन् ।

प्रतिक्रिया