संगीतमा पारख बन्दै राकेश

इनेप्लिज २०७३ भदौ ९ गते १९:५४ मा प्रकाशित

14081249_1326913890682105_329737504_n (1)

भिम दुमी काठमाडौं , । नेपाली संगीतमा साकेला फ्लेबरमा नयाँ संरचनाको गीत बजारमा ल्याएका युवा गायक तथा संगीतकार । राकेश बजारमा निकै राम्रो चलेका युवा संगीतकारको रूपमा उनलाई एकथरी कलाकारहरूले अथ्र्याउँछन् । उनको , ‘ ब्युटिफूल कान्छी पूर्वेली ‘, निकै चलेको गीत हो । उनलाई यस गीतमा बसन्त राईले साथ दिएकी छन् ।

गीत गाउन तथा कम्पोज गर्न उतिकै मिहिनेत गर्ने युवा कलाकार राकेश पुख्र्यौंली खोटाङको बाम्राङ भए पनि बाल्यकालमै मोरङको पथरी शनिश्चरेमा हुर्के बढेका थिए । उनी विशेष गरेर रकपप फ्लेबर मन पराउने कलाकार हुन् । यो क्षेत्रमा आएका आफ्नो प्याटन त्यसैमा जमाउन चाहने कलाकारका रूपमा आएका उनले पछिल्लो समय सबै खाले संगीतमा उतिकै ध्यान दिइरहेको बताउँछन् । उनले भने , ‘ सबै किसिमको गीत संगीतलाई म उतिकै महत्व दिन्छु । सबैको उस्ताउस्तै क्रेजहरू छन् र श्रोता दर्शकहरूले पनि फर फरक नै रुचाउँछन् । ‘
०६५ सालदेखि काठमाडौंमा गुरुदेव कामदसँग निरन्तर संगीतको साधना गर्दै आएका उनले म्युजिक व्यवसायमा समेत हात हालिसकेका छन् । भर्खरै बेलायत गएका युवा रक कम्पोजर तथा गायक स्पन्दन स्वरुहाङसँग सुरु गरेका मजाको म्युजिक डककम अहिले उनको काँधमा परेको छ । विशेष गीतारको तारमा औँला नचाउन जान्ने राकेशले मोरङको बुद्ध माविबाट एसएसलसी सकेर धरान हुँदै संगीतका लागि काठमाडौंको बाटो तय गरेका सुनाए ।

सुरुमा गाउँघरमा नाच्न गाउन भनेपछि हुरुक्क हुने उनले गाउँका दाजुदिदीहरूको प्रेरणाको कारण संगीतमा लागेको बताए । युवा कम्पोजरहरू मध्ये नयाँ प्रतिभाको रूपमा स्थापित हुने क्रममा रहेका उनले स्कुले जीवनमा सरस्वती पूजा तथा त्यस्तै विद्यालयले गर्ने अतिरिक्त क्रियाकलापका कार्यक्रमहरू स्टेज चढेका थिए । उनले सुरुमा रामकृष्ण ढकालको ‘ हिरा काट्ने हिरा मै राखेर ‘ बोलको गीत गाएका थिए ।
उनलाई दाजु दिदीहरूले द्यौसी भैलोमा राम्रो गाउने भन्दै होस्याएपछि गाउँमा हुने सानोतिनो कार्यक्रमहरूमा निम्ता आउने र गाउन जाने क्रम बढेको बताउँछन् । पूर्वको धेरैवटा गाउँहरूमा आपू m ले स्टेज फेस गरिसकेको बताउने राकेशलाई सानोमा ‘ टाढा नलैजाउ तिमी मेरो मायालाई ‘ बोलको गीत गाउँदा एकजना दाइले गाएको मन पराएर ५० रूपैयाँ हातमा राखिदिएपछि उनी थप प्रेरित भएको सुनाए । ‘ गीत गाएर पाएको यो पुरस्कारले मलाई संगीतमा लाग्न थप प्ररेणा दियो ‘ उनले भने ।

बढ्दै र पढ्दै जाँदा पपगीतमा सुपरस्टार हुने चाहानाले उनले सुनसरी धरानको कलेजहरूमा गाउँदागाउँदै काठमाडौंले तानेको उनको भनाइ छ । उनले भने ‘ यता काठमाडौं आएपछि भने जीवन भनेजस्तो सजिलो भएन । ‘ ‘ साँच्चै जीवन त काठमाडौंमा पो भोगियो ‘ उनले भने ‘ संगीतमा जम्नु त के कुरा आफुलाई लागेको र गाएको गीतहरू कति अपुरा रहेछन् भन्ने थाहा पाएपछि आपू m लाई झनै गाह्रो भयो । ‘
काठमाडौंको सांग्रिला होटलमा ११ महिना तालिम गरेको सुनाउँदै उनले सुनाए , ‘ तर त्यहाँको तालिम संगीतको भने होइन नी ।होटेल म्यानेज्मेन्त को तालिम लियेका रहेछन् । उनले यो भन्दा अगाडि कामको नाम सिन्को नभाँचेको भन्दै मान्छेलाई समय र कामले परिपक्व बनाउने रहेछ भन्ने लागेको बताए ।

गीत संगीतलाई अभिष्ट मानेका उनले भर्खरै बजारमा आएको मालती राईको स्वरमा रहेको ‘ माझी हो माझी ‘ बोलको गीतमा समेत संगीत दिएका छन् । भावि दिनमा नेपाली संगीतको बजारमा राम्रो उत्पादन दिन आपू m ले काम गर्न सिँगै बाँकी रहेको उनको भनाइ रहेको छ ।

प्रतिक्रिया