बाल्टिमोरमा एननआरएनबाट नेपालमा लगानीका सम्भावना, चुनौती र फाइदा “अन्तरक्रिया कार्यक्रम सम्पन्न

इनेप्लिज २०७३ भदौ १० गते ०:३२ मा प्रकाशित

IMG_3134बाल्टिमोर अगस्ट २५ ,एनआरएन मेरिल्याण्ड शाखाले नेपालका अरब पति बिनोद चौधरी लगायत बिभिन्न क्षेत्रका बिशिस्ठ व्यक्तिहरुलाई एउटै थलोमा जम्मा गराई “एनआरएनबाट नेपालमा लगानीका सम्भावना, चुनौती र फाइदा “बिषयक एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ l

एनआरएन म्यारिल्याण्ड शाखाका अध्यक्ष जेदु पोखरेलको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा नेपाल तथा अमेरिकाका राष्ट्रिय गित बजाईएका थिए भने कार्यक्रममा अमेरिकामा रहेता पनि देशको नाम उच्च पर्ने खेलाडीहरुलाई सम्मान गरिएको छ l

IMG_3136नेपालका एकमात्र अरबपति बिनोद चौधरी लगायत अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्की, पूर्वमंत्री एवं भारतका लागि पूर्व नेपाली राजदूत तथा कांग्रेस नेता दीपकुमार उपाध्याय, एनआरएनए अन्तर्राष्ट्रिय परिषदका उपाध्यक्ष द्वय भवन भट्ट र कुमार पन्त, सचिब अर्जुन कुमार श्रेष्ठ लगायतका विशिष्ट व्यक्तिहरुको सहभागीता रहेको थियो l

अरबपति बिनोद चौधरीले मन्तब्य व्यक्त गर्दै आफुले अमेरिकामा लगातार ५ दिन देखि नेपाली समुदाय संघ भेट गर्न पाएकोमा यो मेरो अहोभाग्य हो भन्दै नेपाली जहाँ बसे त्यो नेपालि नै हुन्छ भने l चौधरीले अब नेपालीहरु अमेरिकामा सम्बृद्ध भएको देखेकोमा हर्ष व्यक्त गर्दै टेक्सासका पासांग लामाले गरेको संघर्षको उदाहरण दिदै आफुले पासांगको उदाहरण मात्र दिएको भने l

IMG_3137

एउटा ईन्धन चौकी बाट सुरु गरेर ३ दर्जन भन्दा ज्यादा ईन्धन चौकी खोल्न सफल उनको संक्षिप्त संघर्ष र रोचक कथा सुनाएका थिए l उनले अगाडी भने यस्ता थुप्रै पासांग लामाहरु अमेरिकामा रहेको आफुले देखेको र सम्भावना नेपालीहरु अमेरिकामा देखेको बताए l उनले अमेरिकामा रहेको नेपालीहरु आफु योग्य रहेको र आफुले मेहनत गरे अमेरिकामा नेपालीले चमत्कार गर्ने कुरामा विश्वास लिएको बताए l अमेरिकामा आफ्नो वाई वाई अमेरिकामा भित्राउने कुनै सिलिकन भ्याईलि मा एउटा कारखाना खोल्ने योजना रहेको बताए l

unnamed (3)

आगामी अगष्ट २७ र २८ न्यु जर्सीमा राज्यमा हुन लागेको एनआरएन अन्तर्राष्ट्रिय परिषदको नवौं क्षेत्रीय सम्मेलनको पुर्ब सन्ध्या पारेर रात्रीभोज समेतको आयोजना एनआरएन मेरिल्याण्ड शाखाले गरेको थियो l एनआरएन मेरिल्याण्ड शाखाका अध्यक्ष जेदु पोख्रेलले सबैलाई धन्यवाद दिदै कार्यक्रमको बारेमा बोलेका थिए l

कार्यक्रममा उपाध्यक्ष बिनोद उप्रेतीले स्वागतम मन्तब्य गरेका थिए भने अर्जुन हमालले कार्यक्रम संचालन गरेका थिए l कार्यक्रममा डिसी महानगर क्षेत्रका नेपाली समुदायहरुको बाक्लो उपस्थिति रहेको थियो l

14063898_1121295404624085_507510316600709614_n

IMG_3101

IMG_3116

unnamed (2)

IMG_3132

unnamed (6)

प्रतिक्रिया