ह्वाईट जोन क्यालिफोर्नियाका सभापतिको सांगीतिक एल्बम बजारमा

इनेप्लिज २०७३ भदौ २५ गते ५:२५ मा प्रकाशित

suy

०९ सेप्टेम्बर, २०१६, क्यालिफोर्निया ।

अमेरिकामा रहेको दि ह्वाईट जोन क्यालिफोर्निया च्याप्टरका सभापति शुयष ऐ.के तथा गायिका निष्मा कार्कीद्वारा स्वरवद्ध गीतहरुको संग्रह बजारमा आएको छ । शिखर सन्तोषको संगीत तथा प्रकाशपुञ्जको शब्द रचना रहेको सो संग्रहमा रहेको गीतको बोल ‘आउ आउ’ रहेको छ ।

अत्यन्तै रोमान्टिक गीतहरुको संग्रह अहिले युट्युबमा चर्चा बटुल्न सफल भएको छ । सो गीतका गायक शुयष छोटो समयमै अमेरिकामा आफूलाई युवा समाजसेवी, सफल गायकका रुपमा स्थापित गर्न सफल हुनुभएको छ । उहाँको चलायमान व्यक्तित्व तथा सबैसँग मिल्नसक्ने स्वभावका कारण क्यालिफोर्नियाबासी नेपाली सबैले उहाँलाई मन पराउने गरेका छन् ।

प्रतिक्रिया