संविधान दिवसको दिनमा एक बिदेशिएका नेपालीले सरकारलाई दिए चुनौती

इनेप्लिज २०७३ असोज ३ गते १४:३२ मा प्रकाशित

received_670710066420910

देशभरी सम्बिधान दिवस मनाइरहदा आजको दिन पारेर बिदेशिएका एक युवा मित्रलाल पार्देले सरकारलाई चुनौती दिएका छन् त्यो चुनौती कुनै बन्दुक बोकेर समाज परिवर्तन गर्ने होइन पानी बोकेर समाजको परिवर्तन गर्ने हो । उनले भने सरकार तिमी सक्दैनौ भने साथ देउ हामी सक्छौ ।

सरकारलाई पानी मुद्दामा सोच्नको लागि एक बर्षको समय पनि दिएका छन् । अर्को बर्षसम्म सरकार हरेक घरमा धारो हरेक गाउमा सिचाइ नारामा प्रतिबद्द न भएमा कुनै पनि चाडपर्व नमान्ने घोषणा गरेका छन् । स्मरण रहोस पानी अभियानले देश बिदेश बस्ने हरेक समुदायलाई सोच्न बाध्य पारिरहेको छ । उनी माग्न हिड्दैनन् तर पानी अभियानको नारा पूरा गरि छाड्नको लागि एउटा पिडित गाउँ सफल पारेर पुरै देशभरी नारा पूरा गर्न लागि पर्ने जनाएका छन् ।
उनी भन्छन् “धेरै साथिले प्रश्न गरे ” ए मित्र किन बिदेशिएको ? संविधान दिवसको अवसर पारेर म यो तितो सत्य ओकल्दछु कि म बिदेशिएको कारण पानी नै थियो । संविधान दिवसको अवसरमा म जस्तै यो दुनियाँमा पानीको कारणले बिदेशिन नपरोस् । कोहि पानीको कारणले अर्को गाउँमा गएर एवम अर्को देशमा गएर शरणार्थी हुन नपरोस् ।यहि मेरो शुभकामना । हरेक गाउँमा खेती गर्न मिल्ने सिंचाइ गर्न मिल्ने पानी होस् । सरकारले पानी अभियानको मर्मलाई हल्का रुपले लिएको हुँदा जब सम्म सरकारले हरेक घरमा धारो हरेक गाउँमा सिंचाइ प्रतिबद्धता जाहेर गर्दैन तब सम्म अर्को बर्षको संविधान दिवस सम्म ठोस जवाफ न आएमा त्यो दिन देखि म सरकारलाई चुनौती दिदै कुनै पनि चाडपर्व नमान्ने घोषणा गर्दछु र पुरै दुनियाँमा पानी अभियान व्यापक बनाउदै नारा पूरा गरिछाड्ने प्रतिबद्धता पनि जाहेर गर्दछु समय लागोस् तर स्वस्फूर्त आत्मा सबैको जागोस । हरेक गाउँमा पानी होस् । तर सरकारलाई पानी मुद्दामा सोच्ने समय एक वर्ष दिएको छु। भगवानलाई चढाउने जल मेरो गाउँमा छैन भने म कसरी चाडपर्व मनाउ सरकार ? कुनै सामाजिक काम सफल हुन केही त्याग्नु पर्दोरहेछ । न त्यागेर सरकारले कहिल्यै सुनेन भगवान चुप लागिरहे पानीले तड्पिएको गाउँबाट पनि भगवानले दूध मागिरहे । म जस्तै अरुले पानीको कारणले त्याग दिन नपरोस् । हरेक घरमा धारो होस् ।हरेक गाउँमा सिंचाइ होस् ।

प्रतिक्रिया