आज संबिधान दिवस : नेपालीको राजनीतिमा ६०१ संसदको औचित्य छैन !

इनेप्लिज २०७३ असोज ३ गते २२:२६ मा प्रकाशित

DEV KHANAL

कुर्सिको राजिनामा माग्नेहरु, स्वयम् कुर्सीका लागि नालायक छन् भने कुर्सि खोज्नुको अर्थ नै छैन I नेपालका राजनैतिक पार्टीहरु बाट मागिने सबै भन्दा ठुलो माग कुर्सि नै हो I सत्ता बाहिर र बिपक्षी बन्न पुगेका दिनहरु बाट कुर्सिको माग,मुलुक बन्द , जनताका छोरालाई सडकमा लगेर गोलि खान बाद्य बनाईछ I

७० बर्ष भन्दा लामो समयको संघर्षमा हातको औलामा गन्न सक्ने असल नेताको जन्म भएको छ भने हजारौ नालायक नेताको उदय र अस्त भएको कुरा नेपाली जनतालाई अवगत नै छ I हिजोको सान्ति प्रिय नेपाल, आज शोकमा परेको अवस्था छ ! जनताको भाबना माथि खेलबाड गर्न सक्नेहरु नै आज माथिल्लो ओहोदामा आसिन छन् I राज्यले भार थेग्न नसक्ने गरि नेताको उदय गरिएको छ भने देशको सारा आम्दानी बाट नेतालाई पाल्नु परेको छ I आज संबिधान दिवस : नेपालीको राजनीतिमा ६०१ संसदको औचित्य छैन !मुलुकमा भ्रस्टचारी, दलाल, गुन्डा, डनहरुको जन्म भएको छ भने राजनीति एक पेशाको रुपमा बिकसित भएको छ I

नेपाली जनताको भंबना अनुरुप संबिधान जारी भएको डिंग, ढोल बजाए पनि वास्तविक जनताका लागि सान्ति र सबिधान जारी भएको छैन ! राजनैतिक आधिकार जनताका लागि होइन नेताका लागि मनपरी गर्ने पन्जा पत्र भएको अवस्था छ I हजारौ नागरिकको बलिदान बाट प्राप्त नेपाली जनताको संबिधान २०७२”मा हक-अधिकार लेखिएको भयता पनि बास्तबिक जनताको उपभोग गर्न नपाएको अवस्था छ I

७ साल देखि ७३ साल सम्म आइपुग्दा सम्म नेपाल र नेपाली जनताको भबिस्य अन्योलमा परेको तितो सत्यलाई आत्मासाथ गर्न सक्ने असल नेताको खाचो टड्कारो रुपमा देख्न नसक्नु लाई हामी नेपाली जनतामा पनि कमि र कमजोडी छ भन्ने कुरालाई स्वीकार गरनै पर्दछ I नेपालको राजनैतिक अन्योल कारण देशमा भएका असल र कर्मठ युबा सक्ति सुनौलो भबिस्य खोजीका लागि बिदेश पलायन भएका छन् ! उच्च वर्ग, मध्यम वर्ग वा निम्न बर्गका असल सन्तानहरु आज विस्वका कुनाकुना पुगेर आफनो भबिस्य लाई सुनिस्चित गर्न अहोरात काममा लागेका छन् !

देशको मेरुदण्ड नै युवा सक्ति हो जब सम्म युवा सक्तिलई उचित रुपमा राज्यले ब्यबस्थापन गर्न सक्दैन तब सम्म मुलुकमा विकासको कल्पना गर्न सक्ने अवस्था रहदैन ! सबैका लागि रोजगार ब्यबस्थापन गर्न असल र क्षमता भएका युवा बाट मात्र सम्भब छ ! हाम्रो देशमा क्षमताका आधारमा होइन गुन्डा राजहरुको हैकमबाद बाट नालालायकहरु बरिस्ठ ओहोदामा आसिन छन् ! आजका युबा सक्तिको पहुचलाई द्रितिगत गर्ने हो भने हरेक क्षत्रमा दक्षता प्राप्त गरेका छन् ! युबा सक्ति नेपाल फर्क देश बनाउ भन्ने अभियान अन्तगत मुलुकमा सान्तिको बिगुल फुक्न सक्ने असल नेताको खाचो मात्र छ I

ज्ञान र बिज्ञान बाट बिस्व चकित पार्दै नया नया खोज र अनुसन्धानबाट बिस्व खुसि मनाही रहेको छ भने हाम्रो देशका नेताहरु बिना मतलबको जातियताको नारामा अल्झिएर देश बिकासको तगारो बनेका छन् ! हामी लाखौ युबा सक्ति बिदेशमा बसेर नेपालको प्रगतिको कामना गर्छौ यो दर्दको पछाडी पिडा लुकाएर , खान नपाएर , नेतालाई गाली गरेको अवस्था होइन !

आज युरोप , अमेरिका , जापान , अस्ट्रेलिया वा विस्वका कुनै पनि मुलुकमा बसोबास गर्ने नेपालीहरु दुखि छैनन् हामी युवा यो मानेमा दुखि छौ कि हाम्रा नेपाली दाजु – भाई दिदि -बहिनि, लगायत सम्पूर्ण नेपाली जनताले २ छाक खान र सुख सबिधा प्राप्त गर्न सकुन भन्ने हाम्रो चाहना मात्र हो ! नेपाल र नेपालीको चिन्ता गर्दा गोहीको आखामा आसु भन्ने कुराहरु भन्ने गरिन्छ यो भन्दा घटिया सोच के नै हुन सक्छ ! बिदेशमा बसेका युवाहरु नेपालमा रहेका युबाको भाग खोस्नका लागि नेपाल फर्किने होइन तपाईहरु आज जे गर्दै हुनु हुन्छ यो गलत हो देश बनाउने कार्यलाई सामुहिक रुपमा नेपाली जनताको प्रयत्न बाट मात्र सम्भब छ भन्ने सन्देश जाहेर गर्ने जमर्को मात्र हो I

प्रतिक्रिया