दर्जी बाको सपना

इनेप्लिज २०७३ असोज ४ गते १:०१ मा प्रकाशित

basant-pokhrel

रातको समय थियो म साथिको जन्म उत्सवको भोजमा गई फर्किदै थिए घटघट मेसिन चलाईको आवाज आयो र म रोकिए कहाबाट आवाज आयो भनेर यसो हेरेको बत्ती मुनी दर्जी बा काम गर्दै रहेछन्

मैले मन रोक्न सकिन र भने ए बा के हो यस्तो रातमा नी दुनिया सपना देखी सके होलान निन्द्रामा तपाई भने काम गर्दै बसूनु भाको किन हो भनेको उनले उत्तर यस्तो थियो ।

बाबु छोरा पढाउन शहर पठाएको छु । गाॅउमा +2 मा राम्रो नतिजा ल्याएको रहेछ अब शहर तिर पढ्नु पर्ने बाध्यतानै आयो अब पढाउनु पनी त पर्यो नि , बा फी बुझाउने बेला भयो भनेर फोन गरेको सात दिन भइसक्यो । अब दिनमा मात्र काम गरेर पुग्दैन सकेको त गर्नै आखिर छोराले पढ्दा दिलमा छुट्टै आन्नद आउदो रहेछ भने । म केही नबोली ह्दय देखीनै सलाम छ बा तिम्रो यो सोच र कार्य सलाम छ भन्दै म घर गए ।

दुई महिनापछी म मेरो आफनो व्यत्तिगत कामले शहर जान लाग्दा दर्जी बाले मेरो हातमा पाँच हजार रूपैया दिई बाबु मेरो छोरा रमेशलाई दिनु है मैले फोन गरेर सुमनदाक आउदै छन शहर दाईलाई भेटी पैसा लिनु है भनी तपाइको नम्बर दिएको छु र यो लिनुस रमेशको नम्बर भनी एउटा कागजको टुक्रा थमाइदिए । जसमा थियो उनको छोराको फोन नम्बर l

शहर पुगेर गाडीबाट झरेपछी यात्राको थकाइले गर्दा म होटलमा गई सामान राखी आराम गरे।भोली पल्ट बिहान आफनो काम गर्न तर्फ लागे दिनभर काम गरेपछी म बेलुका छ बजेको थियो अब रमेशलाई फोन गर्छु भनी कागजमा नम्बर हेरी फोन गर्न खोज्दा उस सँग्ग सम्पर्क भएन ।मलाई उ बस्ने ठाॅउ थाहा थिएन उसले फोन गर्ला भनी आशा थियो । म चियाको अदी पाराखी चिया पिउन मन लाग्यो र होटलमा पुगेर चिया दिनुस त भनी कुर्सीमा बसे ।

कुर्सीमा बसेपछी मैले अती दु:ख लाग्दो दश्य देखे हातमा चुरोट च्यापी गिलासमा रक्शी लिई साथीभाइसॅग्ग रमाइलो गर्दै गरेको त्यो परिचित अनुहार त्यो अनुहार अरू कोही नभई दर्जी बाको सपना उसको छोरो रमेश थियो । अनी मलाई याद आयो गाॅउमा बसेका ति दर्जी बा जो हरेक दिन छोराको पढाईको लागी दिन र रात नभनी मिहेनत गर्छन र मेरो आखा मात्र रसाएन त्यहा मन रोक्न सकिन र गएर उसको अगाडी उभिए उ जुरूक्क उठ्यो र डराउदै ओहो सुमन दाई मैले फोन गर्न लाको थिए भन्यो मैले उसको हातमा दर्जी बाले देको पाँच हजार रूपैया थमाई भने l

तिम्रो यो पढाई कसैको लागी ?
हो सपना
तिम्रो हातमा चुरोट र रक्सी
बाले छोरा पढीराछ भनी गरिराछन कल्पना ।

त्यती भनी म साहुनीलाई भयो दिदी चिया भनी आफनो होटल तर्फ लागे मलाई भोलिपल्ट बिहान फोन आयो र मैले फोन उठाउदा मलिन स्वरमा दाई म रमेश कहा हुनुहुन्छ म हजुरलाई भेट्न चाहन्छु भन्यो मैले म बसेको होटलको ठेगाना दिए ।

उ आयो आखा बाट आशु झार्दै भन्यो दाई रात भरी सुतेको छैन दाई सोच्दा सोच्दा मेरो गल्तीहरू दाई बा कस्तो हुनुहुन्छ भनी सोध्यो मैले बा ठिकै हुनुहुन्छ तिम्रो पढाइको लागी के सम्म गर्नुहुन्न दिन रात मिहेनत गर्नुहुन्छ । तिमी यहा यस्तो अब म के भनभ गएर छोरा कस्तो छ भनेर सोध्दा उ रूदै भन्यो दाई केही नभनीदिनु म सुर्धन चाहन्छु l

मेरो यो पढाई बाको लागी हो
सपना
मेरो हातमा कलम र कापी लिई
पुरा गर्छु बाको त्यो कल्पना

भनेर भन्यो र उ अब सुर्धिन चाहन्छु भन्यो कता कता मेरो मनमा साचो भनेको आभास भयो र भने मैले बालाई केही भन्ने छैन यो बारेमा तर बोलेको झै तिमिले काम गर्नुपर्छ बाको सपना तिमिले पुरा गर्नुपर्छ भनी उसलाई भने र धेरै बेर सम्झाए त्यसपछी म घर जानुपर्छ भनी उसलाई भने उ गाडीसम्म चढाउन आयो र म गाउतर्फ लागे।

बाटोमा मेरो मनमा विवाद भयो के रमेश साच्चिकै सुर्धिन्छ त की मैले सत्य कुरा दर्जी बालाई भन्नै पर्छ भन्ने कुराको विवाद मेरो मनमा भयो।

मैले साचो भन्दा कतै दर्जी बाको मन टुट्ने त हइन रमेश साच्चिकै सुर्धिनै चाहेको भने मैले बोलेको सत्यले उसको जिन्दगीमा असर पर्ने त हइन भन्ने खालको प्रशन मनमा उठ्यो अन्नत म जिन्दगीको पहिलो झुट बोले जब म गाडीबाट उर्तिए र घर जान लाग्दा बाटोमा दर्जी बालाई भेट्दा छोरा राम्ररी पढिराछ चिन्ता नलिनुस भने

त्यो झुट बोल्दा मलाई यतिनै अप्ठ्यारो महशुश भयो । यसरीनै मलाई यो कुरा सोचिरहन्थे मैले सुर्धिन्छ भनेर भनेको रमेशको कुरा मानेर दर्जी बा सँग्ग बोलेको l त्यो झुट सही थियो या गलत मेरो मनमा यो कुराले पिरलिरहयो ।

५ वर्षपछी म घास काटेर फर्कदै थिए दर्जी बा खुसी हुर्दै म नजिक आए र भने बाबु छोराले त राम्रो नतिजा ल्याएर ब्याचुलर हो की के भन्छन पास भएछ अब आगामी पढाईमा त निशुल्क पढ्न पाउछ रे भनी फोन गरेथ्यो बाबु भन्दै खुशीका आशु चुहाए मैले पनी ल दर्जी बा बधाई छ यो सफलता छोराको होइन तपाइको दिनरात मिहेनतको हो भन्दै मनमा भएको वर्षौ सम्म भएको विवाद अनत्य गराई मनमा खुशीलिई आनन्द साथ घरतर्फ लागे ।

मैले त्यो दिन बोलेको त्यो झुटले जती मलाई भित्र भित्रै पोलिराथ्यो त्यसमा मलाई त्यो पोलाई निको भएको महशुश भयो र मनबाट मनलेनै भन्यो ।

आखिर पुरा भयो नै
दर्जी बाको सपना
लेखक : सागर पौडेल

प्रतिक्रिया