गायन देखि कलाकारिता समेत पोख्त प्रतिभावान गायक मणि राज काफ्ले

इनेप्लिज २०७३ असोज ४ गते १३:१४ मा प्रकाशित

14212012_1149857931737315_7750385526290759932_n

सुर्य चन्द काठमाडौँ : एउटा यस्तो प्रतिभा भएको व्यक्ति, प्रतिभावान भएर पनि सधै पर्दा पछाडी रहेको नाम हो गायक मणि राज काफ्ले l ३१ बर्ष अगाडी काभ्रेपलान्चोक गैरी बिसौनी गाबिस सल्लेबासमा जन्मेर काठमाडौँको मुलपानिलाई आफ्नो कर्मथलो बनाएका गायक मणि राज काफ्ले कक्षा पाचमा पढ्दा देखिनै रेडियो नाटक हातेमालो खेल्न सुरु गरि सकेका थिए l त्यस पछि सुरु भयो उनको कलाकारिता यात्रा, बाल अधिकार सम्बन्धि सडक नाटक, दर्जनौ स्टेज कार्यक्रम देखि लिएर गायन यात्रा सम्मको l सानो उमेर देखि नै गित संगीतमा रुचि राख्ने गायक मणि राज काफ्ले कक्षा ६ मा पढ्दा देखि नै आफै गित लेख्न र गाउन सुरु गरि सकेका थिए l

14232640_1151237471599361_1191092447177318287_n

कलिलो उमेरमा नै आफुले एस एल सी दिनु अगाडी २०५७ सालमा आफ्नो पहिलो एल्बम "निराशा" सांगीतिक बाजारमा पस्कि सकेका गायक मणिले त्यस पछिका दिनमा भने ब्यबसायिक रुपमा गायन क्षेत्रमा प्रवेश गरेका हुन l भर्सटाईल गायक मणि राज काफ्ले आफै शब्द संकलन देखि कम्पोज र संगीत समेत गर्दछन l अहिले सम्म उनले नेपाली सांगीतिक बजारमा सात वटा गीति एल्बम पस्कि सकेका गायक मणि ले अन्य तिन दर्जन भन्दा बेसी गित हरुमा आफ्नो सुमधुर स्वर भरि सकेका छन l लोक गित, आधुनिक गित, प्यारोडी गित पप गित लगायत नेपाली चलचित्रको पार्श्व गायनमा समेत आफ्नो सुमधुर आवाज दिएर सबै विधामा पोख्त भएका छन l

12308279_977829062273537_6260092206384327668_n

गायक मणि राज काफ्ले एक कुशल गायक मात्र नभएर एक कुशल हास्य कलाकार समेत रहेका छन l नेपाल टेलिभिजन बाट प्रसारण हुने चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र हाक्का हाक्कीमा टुल्केको भूमिका बाट चर्चित बन्न सफल मणिले उक्त टेलिचलचित्र हाक्का हाक्कीको शिर्ष गित समेत आफैले गाएका हुन l भविष्यमा एक चर्चित गायक तथा कलाकार बन्ने योजना बनाएका मणि राज भन्छन अवसर नपाएर म सधै पछाडी पर्नु परेको हो l आफु संग खुबी भएर नि त्यस लाइ प्रस्फुटन गर्ने ठाउ र अवसरहरु नपाउदा सधै पर्दा पछाडी हुनु परेको दुखेसो उनि पोख्छन l भबिष्यमा कलाकारिता र सांगीतिक फाटमा नै लागेर नया नया प्रस्तुति हरु लिएर आफ्ना दर्शक र श्रोता हरुको मन जित्नेमा भने उनि ढुक्क छन l

प्रतिक्रिया