” फालेका बियरका बोत्तल टिपेर पनि कोठा भाडा तिरे ” पानी अभियानकर्ता मित्र लाल पार्दे

इनेप्लिज २०७३ असोज ५ गते २२:४६ मा प्रकाशित

received_10154603648374884

मित्रलाल पार्दे दाङवासी युवाहरुबिच परिचित नाम हो।पहाडी खोल्सा,खहरे खोला,कुहिरो,बादल,भञ्ज्याङ,जङगल आदि प्रकृतिबिच जन्मिएर छ महिना नहुदै दाङ्को सुनपुरमा बुवा आमासङ्गै बसाइ सरेपनि नजीकैको पहाडी जीवन,त्यहाका बासिन्दाहरुसङ्गको निकटतम सम्वन्धले उहालाई प्रकृतिप्रेमी बनाएको हो। सामान्य परिवारमा जन्मिएका मित्रलाल पार्देले आधुनिक सुखसुविधादेखि परै रहदै सङ्घर्षसंग मितेरी लाउनुपर्ने भयो।त्यसैले त उहाआज समाजसेवाजस्तो पुनीत कार्यमा लाग्न र साथीहरुलाई पनि प्रेरणा दिन सफल हुनुभएको छ।हाल उहा पोलैन्डमा बसोबास गर्दै आउनुभएको छ।त्यहाको ‘NRN’ नामक संस्थाको संस्थापक महासचिव भै हाल वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ।प्रस्तुत छ केहीदिन अघि मैले उहासंग गरेको कुराकानीको छोटो अंश—–

***”मित्रलालजी,आफ्नो जन्म,वाल्यकाल र शिक्षादीक्षा बारे बताइदिनुहुन्छ कि?” भन्दा उहाले भन्नुभयो,”मेरो जन्मस्थान स्युजा ७ दाङ हो।छ महिना हुदा नहुदै दाङ्को सुन्पुरमा बुवा आमा बसाइ सर्नुभयो र वाल्यकाल त्यहीं हुर्कियो । शिक्षाको हकमा त्रिभुवन बिश्वबिद्यालयबाट अंङ्रेजी साहित्यमा एम ए पुरा गरेको छु।बि एड पास गरिसकेको तर बिदेश आउनु परेकोले Teaching Practice मा जान नपाउदा सर्टिफिकेट प्राप्त गर्न सकेको छैन।मध्यम वर्गको किसान परिवारमा जन्में। कक्षा १ देखी एम ए सम्म कहिले छात्रवृत्ति,कहिले अरुको घरमा बसेर, कहिले कसैलाई पढाएर सम्पन्न गरें।
म युरोपमा २००७ मा पढाइकै सिल्सिलामा गएको हु। १ बर्ष म पोल्यान्डमा काम गर्न नपाउदा सारै दुख पाएँ। सारै गाह्रो भएपछि कलेज बिदाको समयमा डेन्मार्क जादा त्यहा पनि काम पाउन सकेन। अनि बाटोमा फालिएका बियरका बोतलहरु टिपेर पसलमा गै बेच्ने र त्यो पैसाले कोठा भाडा तिर्न र खाना पुर्याएको तितो अनुभब छ ।दुइ महिना दु:ख सुखले काम गरेर पोल्यान्ड फर्किएँ। बिगत ९ बर्ष देखि पोल्यान्डको स्फिङ्स फूड कम्पनीमा काम गर्छु।
म युरोपमा पढ्न आएको हु।त्यस समयमा पढ्नलाई पैसा २ लाख चाहिने भो,तर घरमा पाउने त के पैसा माग्ने स्थितिसम्म पनि थिएन। काम न पाइने भएकाले‌ धेरै दु:ख भयो । युरोपमा कोही पनि आफ्नो थिएन।”
.

***उहा आफ्नो थप अनुभव सुनाउदै भन्नुहुन्छ,”म युरोपको सर्टिफिकेटभन्दा मेरो त्रिभुवन बिश्वविद्यालयको एम ए को सर्टिफिकेट पेश गर्छु । २ लाख चाहेको भए म जुटाउन सक्थें, तर कसैसँग मेरो पीडा देखाउन चाहेन । बरु स्वाभिमानी भइ बाच्ने भनेर होटेलहरुमा भाडा पनि मिसें।तर कहिल्यै पैसा कमाएर घर घडेरी जोड्ने सपना राखेन । सपना राखें त खालि सामाजिक अभियानको ।”
.

***उहाले सानै उमेरदेखिको आाफ्नो गाउको चित्रण गर्दै भन्नुहुन्छ,”मेरो गाउमा पानी नभएको,त्यहाका बासिन्दाहरु सधै ‘पानी पानी’ भनेर तड्पिएको देख्दा केही गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । ‘जुन जोगीआए पनि कानै चिरेका’भने झैं कैयौं बर्षदेखि गाउमा पानी थिएन।गाउको 1 किलोमिटर पुर्व रामपुरमा पानी प्रशस्त छ, तर मेरो गाउ सुख्खा,सधै सुख्खा। मैले मनमनै सोंचे कुनै महान काम गर्नलाई ठुलै मान्छे मात्र लाग्नु पर्ने भन्ने छैन। बिदेशमा बस्ने साधारण नेपालीले पनि बिशेष योगदान दिन सक्छन भन्ने लागेर उदाहरण देखाउन मेरो गाउमा पानी पुर्याउ भन्ने भावना जाग्यो।

***विभिन्न देशका सरकारका गतिविधिलाई नजीकबाट नियाली सकेका पार्देजी भन्नुहुन्छ,”सरकार भनेको टाठाबाठाहरुको समुह हो,त्यहाँ धेरै चाप्लुसी गर्नुपर्छ,धेरै नमस्ते गर्नुपर्छ अनि आश्वासन त पाइन्छ, तर काम त हुदैन। बिकास निर्माणको लागी सधै अरुको मुख ताकिरहनु भन्दा हामी शुरु गरौं,बरु हामिले शुरु गरेको अभियानमा सरकार मिसिनेछ।आशा छ सरकार यो अभियानको आवाज सुन्नेछ। सुनेन भने पनि मलाइ कसैलाइ गाली गर्नु छैन ।काम सफल पार्नुछ किनकि गाली गरेर देश बन्दैन । यो एउटा नमुना बन्नेछ कि बिदेश आएका साधारण मान्छेले पनि समाजमा परिवर्तन ल्याउन सक्नेछन्। यो एउटा शिक्षा पनि हुनेछ कि हरेक बिदेशीएका व्यक्तिहरुले समाजको लागि केहि गर्ने प्रेरणा दिनेछन।मेरो पैसा भएर होइन म कुनै दिन प्रमाण पनि देखाउनेछु बैंकबाट रिण लिएर यो अभियान शुरु गरेको छु किन कि म झन्डै चार महिना काम गर्न पाएन। मेरो परिवार बिरामी भएर १ महिना अस्पताल भर्ना हुनुपर्यो । तर समाजको लागी केहि गर्नुपर्छ भनेर जन्म दिनको अवसर पारेर यो अभियान शुरु गरेका छौं।”
***”कल्याणकारी काममा सहयोगी मित्रहरु भेटिन्छन भन्ने विश्वास बोकेका मित्रलालजी भन्नुहुन्छ,”दाताहरु सबै सार्वजनिक भैरहेका छन ।प्रतिवद्धता धेरै आइरहेका छन। बैङकमा प्राप्त भएको रकम सार्वजनिक गरिरहेका छौं।
यस कार्यको लागि हरेक ठाउबाट सदभाव, प्रेरणा आइरहेको छ ।घर परिवार सबैबाट साथ छ।”
.
***”तपाई साहित्यिक क्षेत्रमा पनि रुचि राख्नुहुन्छ भन्ने कुरा केही वर्ष अगाडि सुनेको थिएँ।यस्बारे केही भनिदिनुहुन्छ कि?” भनी सोध्दा मित्रलालजी भन्नुहुन्छ,” महेन्द्र बहुमुखी क्याम्पसमा हुदा म साहित्यिक भित्ते पत्रिका ‘प्रकृति’को सम्पादक भएँ। ‘नवयुग नाट्य सांस्कृतिक समुह दाङ’को संस्थापक सदस्य हु । ४ दर्जन ठाउहरुमा नाटक प्रदर्शन गरिएको छ।
२०५७ मा म बाट लिखित ‘शान्तिको खोजी’ नाटक उत्कृस्ट भएर नेपाल प्रज्ञाप्रतिस्ठान काठमान्डौमा र महेन्द्र नगरमा प्रदर्शन गरियो।
दुइ वटा उपन्यास प्रकाशित भए।
१७ बर्षको उमेरमा ‘प्रेम भित्रको युद्ध’सानो लघु उपन्यास प्रकाशित भयो।२५ बर्षको उमेरमा ‘तड्पाइएका मनहरु प्रकाशित भयो।विभिन्न पत्रिकाहरुमा लेख, कविता,नाटक प्रकाशित छन।”
.
***अन्य कुनै संघसंस्था वा समुहसंग तपाई आवद्ध हुनुहुन्छ कि? भनी सोध्दा उहाले भन्नुभयो,’काठमान्डौ दाङ बिद्यार्थि समिति, त्रिभुवन विश्वविद्यालय’को अध्यक्ष थिएँ।
‘रापती समाज काठमान्डौको संस्थापक अध्यक्ष’ हुँ।’पोल्यान्डमा एन आर एन को संस्थापक महासचिव,हाल बरिस्ठ उपाध्यक्ष छु।
विश्वव्यापी संस्था ‘इनास’को संस्थापक ग्लोबल महासचिब, हाल उपाध्यक्ष एवम
बिभिन्न संघ संस्थाको सल्लाहकार ।”
.
***अन्तमा स्वदेश तथा विदेशमा बस्ने नेपाली दाजुभाइ,दिदीबहिनीलाई हालै अगाडि बढाइएको ‘पानी अभियान’बारे केही भन्नुहुन्छ कि भन्ने मेरो जिज्ञासामा उहाले भन्नुभयो,”कुनै पदमा बसेर संस्थालाई गुहारिरहनु भन्दा हामीहरु मिलेर आफ्नो ठाउ बनाउने प्रयास गरौं भनेर छुट्टै अभियान थालेका हौं।कसैलाई जबरजस्ती गरेर होइन, अरुको आत्मा जगाएर पनि करोडौं उठाउन सकिन्छ भन्ने सन्देश दिनुछ।बिचार धनी भयो भने जत्रा ठुला काम पनि बन्न सक्छन भन्ने देखाउनुछ।
इमान्दारिता,परिश्रम र सेवाको परिणाम समाजलाई बुझाउनुछ।” आशा गरौं मानव सेवा गर्न जन्मिएका सहयोगी हातहरुले तिर्खाले छटपटाएकाहरुलाई शीतल जलले रमाउने‌ अवसर जुटाइदिनेछन।

(प्रस्तुत सामग्री चन्द्रकान्त लम्सालको आफ्नो फेसबूक पेजमा प्रकाशित भएको छ ।)

fb_img_1474495226484

प्रतिक्रिया