हनुमन्ते एकता जिन्दाबाद !

इनेप्लिज २०७३ असोज ५ गते २३:४४ मा प्रकाशित

sarbagya-wagle

पशुपति नाथ मन्दिर माथि स्लेस्तान्तक बानर मनका कुरा राख्न भोले वावालाई भाकल गरि सम्पूर्ण वाँदरहरुले सभा राखे । सभामा बाँदरका प्रत्येक जातले आ-आफ्ना पार्टीको नेतृत्व गरेर अगाडि बसे । बाँदर जातिमा कुनै लंगुरे बाँदर पार्टी, कुनै राता बाँदर पार्टी कुनै मुखाँ कालो भएका, काले बाँदर पार्टी त कुनै मझ्यौला बाँदर पार्टी ,कुनै महिला पार्टी,कुनै बेश्रम बाँदर पार्टी, कुनै झ्याली पार्टी गरेर साठी किसिमका पार्टीको प्रतिनिधित्व गर्दै पार्टीका नेता अग्र स्थानमा बस्न थाले ।

झ्याली पार्टिका नेता झ्याली बाँदर नेताले धेरै वेर सम्म सोच विचार गरेर आफ्नो टाउकोवाट हात झिक्दै झन विचार र सोचमग्न मनले बोली फुटनु पनि पहाड टुटनु जस्तो गरी टुक्रुक्क बस्दै लामो सास ताने । त्यो सबै दृश्य हेरिरहेको काले बाँदरले अल्ली संकोच मान्यो । महिला बाँदर पार्टीकी नेत्रिले आखाँ हात राखेर सोच्दै थीइन् । पुच्छारॉ रातो भएको राते बाँदर पार्टिको नेताले घुँडां मुन्टो राखेर झोक्राइ रहेको थियो । एक्ले ढेडु यानेकी हनुमान पार्टिको नेताले यो सबै दृष्य हेरिरहेको थियो र उसले कटकेर भन्यो ।

“सुन्नुहोस हनुमन्ते साथीहरु हो ! हामी सबै बाँदरहरु एकै हौ । अली अली कालो, रातो र खैरो तथा सेतो रौले केही फरक पर्दैन । आख़िरीयाँ हामी वॉदर जातीका नेता हामी वॉदर नेता हौ । हामी वॉदर जातीलाई भत्काउन र विगार्न मात्रै आउँछ भनेर मानव जातीले जहिले पनि आरोप लगाई रहन्छन् । आख़िरीयाँ तिनै मानव जातीयाँ लिडरा चर्तीकला र चरित्रकलाँ , समाज संघ र संगठन तथा राजनीतिका थलाँ एक पटक भला नज़र लगाएर हेर्नोस् त ! अनि मात्र थाहा हुन्छ राजनीतिका पत्र यत्र तत्र सर्वत्र कसले भत्काउने काम गर्छ र कस्ले विगार्ने तथा चिच्याउने काम गर्छ ? भन्ने कुरोको चुरो पत्ता लगाउन कुनै गाह्रो छैन ।

ती सबै खाले वॉदरे मनुवाले सुग्रिप, वाली, हनुमान जे जे भने पनि हनुमान भगवान भनेर पुज्ने गरेका छन् । त्यसैले हामी शक्त्तिका पनि शक्त्तीशाली देवता हौ । यस्तो शक्त्तिशाली देवता भएर पनि किन तिमीहरु कुनै टाउकाँ हात राखेका छौ ? कुनै घुडाँ मुण्टो राखेर बसेका छौ ? कुनै चिउँडॉ हात राखेर झोक्राई रहेका छौ हँ ? कुनै आँखा छोपेर बसेका छौ त कुनै कान थुनेर लाटा बहिरा लुला लंगडा जस्तो भएर बसेका छौ हँ ? मैले त कुरै वुझ्न सकिन ।”

“हो तपाईले ठीक कुरा गर्नु भयो” महिला पार्टीकी नेतृले भनिन् “यो नाटक अव धेरै भई सक्यो जमाना पनि वदलिएर बाइसौ सताब्दियाँ पुगी सक्यो । कुकुर चन्द्रमा मा पुगी सके भने कुनै कुकुरहरु पुलिसका ठूला ठूला अफिसर भएर सलोट खाँदै छन् ? हाम्रा चेलाचेलीहरु भाई भतिजाहरु भने सर्कसॉ कर्कस खाँदै सहरॉ चटक देखाउदै हिँडेका छन ! यो त भएन नी” ।

‘हो यो भएन’ पुच्छराँ रातो भएको राते बाँदर पार्टीले भन्यो ” अब हामी सबै आजका मिती देखि हनुमान भयौ । हामी पनि मानव जाती जस्तै छौ । ती त हाम्रा सन्तान हुन । उनीहरूलाई राम्रो सँग थाहा छ । हामीलाई भगवान श्री रामले सेना बनाएर लानु भएको हो । हामीले क्षार समुन्द्र तरेर लंका डंका बजाएका थियौ ।

हाम्रो ईतिहास साक्षी छ रामायाण आज सम्म पनि जिउदैछ । महाभारत आज सम्म पनि कसैले च्यातेर फालेका छैनन् । त्यसैले सबैले एकै स्वरमा भन “हनुमान एकता जिन्दाबाद !”अरु सबै बाँदरहरुले भने ” हनुमान एकता जिन्दाबाद ! जिन्दाबाद !! जिन्दाबाद !!!”

फेरि वीचॉ काले वाँदर पार्टिको नेताले वोल्यो “सवैले ध्यान दिएर हेर सुन अब हामी पनि मानव समुदाय जस्तै मन्त्री मण्डल बनाउनु पर्छ । ठूलो जम्वो मन्त्री मण्डल, जहाँ मौका पर्यो भने उप प्रधान मन्त्री छ सात वटा अनी प्रधान मन्त्रीको पनि पद बढाउने प्रस्ताव ल्याएर थोरैमा दुई वटा प्रधान मन्त्री र धेरैमा पाँचवटा प्रधानमन्त्रीको पद व्यव्स्थापन गर्ने, नभए पालै पालो गरेर वाँड्दै छ छ महिनाँ प्रधान मन्त्री वन्ने हुन्न र ?”

” हत तँ त वौलाईस कि क्या हो हँ ?” लँगुरेबाँदरले बीचॉ प्याच्च कुरो काटेर भन्यो संसाराँ नभा राँइता देखार चारपाँचवटा प्रम बनाउने पनि कुरा गर्ने हो ? प्रधान मन्त्री त एउटै हुन्छ नी लाटा । अरु मन्त्री र बरिष्ट उप प्रधान मन्त्री तथा उप प्रधान मन्त्री चांहि जती बनाए पनि मिल्छ बुझिस । महा – प्रधानमन्त्री र महामहिम प्रधानमंत्रि । भनेर थप्ने नी हुन्न र ? “

शर्म नभएको ‘बेशर्म’ बाँदर पार्टीलाई यस्तो कुरा सुन्दै रिस उठेर आयो र बेशर्म नेताले भन्यो “कसैले नगरेको काम उटयटयांग,उटयटयांग गरेर नाम कमाउने त हो नी । हाम्रो जस्तो पशुपतीनाथा देशाँ पशुसभाको निर्णय र पशुमहाराजको आर्सिवादले जे जे गरे पनि उहाँले माफि दिनुहुन्छ क्या ।”

यो वीचॉ महिलावादी महिला सुन्दरी वाँदर नेत्रिले भनिन् ” यहाँ उल्टा सुल्टा कुरा गरेर हाम्रो राष्ट्रिय एकतालाई खलबल्याउने काम नगर स्वर्गिय राजा पृथ्वीनारायण शाह,भानुभक्त्त, मोतिराम र लक्ष्मी प्रसाद देवकोटाले राष्ट्रिय एकताको खलल गर्ने भनेर हामी र हाम्रो समाजसँग चित्त दु:खाऊन सक्नु हुन्छ । त्यसो नगरौ उहाँ हरुले कसैले देशलाई राष्ट्रिय एकताको सुत्रमा गाम्नु भयो कसैले भाषाको एकताँ गाम्नु भयो भने कसैले साहित्य एकताको माला गाँसेर हामीलाई श्री पशुपती नाथको चरणाँ शरण लिनदिनु भयो । अब उहाँहरुलाई खिल्ली उडाएर मन्त्री मण्डलको कुराँ नजोडनु होला हामी महिलाहरुलाई पनि आधा आधा मन्त्रालय चाहिन्छ नी मैले पहिल्यै भनेकी छु है फेरि –।”

फेरि के ? प्रथम बाँदरले जँगिदै भन्यो ” तिमी सोझी छयौ र त्यसैले यस्ता सोझा कुरा गर्छ्यौ । यहाँ ज -जस्लाई नेपालका राष्ट्रिय बिभूतिहरुले धेरै गर्नु भयो उहाँहरुलाई नै बिभूतिको चिन्ता छैन भने हामी त हनुमन्ते घुमन्ते फिरन्ते वाँदर न पर्यौ । हामीलाई के को चिन्ता ? हाम्रा नाम्मा मानिसहरुले कतै पूजा गर्छन् भने कतै आफ्ना अघिल्तिर र पछिल्तिर लगाई हिँडने पिछलग्गूहरुलाई पनि हनुमन्ते हनुमान भनेर हामीलाई हिलो छ्याप्छन् । त्यतिमात्रै कहाँ हो र ? वार भॉच्ने, टावर भत्काउने,कुटपीट गराउने तथा जिन्दाबाद र मुर्दाबाद भनाउन प्रयोग गरेर झन हाम्रो बेज्जत गरेका छन् ।

फेरि हामीलाई पूजा पनि गर्छन् अचम्म छ बा । त्यसै मानव समुदायले आफ्नो धर्म छोडेर त संसारमै यत्रो विताण्डा भइरहेको हो नी । हामीलाई तिनै राष्ट्रिय व्यक्त्तित्वहरुको ठाम्मा षड्यन्त्र गरेर र हनुमानजीको प्रशंसा गाउदै हामीलाई हनुमान हुन नदिन पनि षड्यन्त्र गरिरहेका छन् । हाम्रो लोकतन्त्रको हनन गरि रहेका छन् । एकातिर हामीलाई माया गरेर हाम्रो किरिया पनि गर्छन् भने अर्को तिर हामीलाई हनुमान जस्तो शक्त्तिशाली हुन नदिन पनि षड्यन्त्र गरि रहेका छन् ।

हामीलाई बहिरा, लाटा र अन्धा बनाउन यिनै मानव जातिले षड्यन्त्रहरु गरि रहेका छन् । त्यसैले मानव जातिको विरुध्दमा हामीले पनि जम्वो मन्त्री मण्डल जम्वो,प्रधान मन्त्री र जम्वो उपप्रधान मन्त्री तथा जम्वो मन्त्रिहरुको स्थापना गरेर सम्पूर्ण मानव समुदायको नेताहरुलाई च्यालेञ्ज गरौ र ठूला ठूला संघ संगठनहरू वनाएर लवींग् गरौ,घोटाला गरौ,एकले अर्कोलाई उचालौ, अर्कोलाई पछारौ र राम्रो तथा हुन र वन्नलागेको कामहरू सबै भाँडौ आँफू-आँफू भाँडभैलो गरौ !

ल भन्नुस त सबैले “हनुमान एकता जीन्दावाद ! जिन्दाबाद !! जिन्दाबाद !!! बाँदर एकता जिन्दाबाद ! जिन्दाबाद !! जिन्दाबाद !!! यती भन्दै सम्पूर्ण हनुमन्ते बादरहरु वनकाली तिर लागे !

प्रतिक्रिया