खै के को खोजीमा छु म ?

इनेप्लिज २०७३ असोज ७ गते ०:३२ मा प्रकाशित

sanjoksimple

सबै भएर पनि केही नभएजस्तो
कोही नभएर पनि सबै भएजस्तो
खै के को खोजीमा छु म ।

यो जुनेली रातमा आकाशबाट धर्तीलाई छुन मन लाग्छ
सेतो बादलबाट फेरी धर्तीलाई हेरेर रुन मन लाग्छ
किन हो मलाई आकाश भन्दा धर्ती नै राम्रो लाग्छ
आकाशमा छु तर पनि जमिन नै हाम्रो जस्तो लाग्छ
खै के को खोजीमा छु म ।

सरस्वती हुदा लक्ष्मी रोज्छु म
लक्ष्मी हुदा सरस्वती खोज्छु म
खै के को खोजीमा छु म ।

कहिलेकाही त्यो भीडमा हराएजस्तो लाग्छ
आफैले आफूसंग डराएजस्तो लाग्छ
सबै भएर पनि केही नभएजस्तो लाग्छ

खै के को खोजीमा छु म ।

धेरै प्रश्न गर्ने मलाई उत्तरको खोजी गर्न मन लाग्छ
उत्तर आफैसंग भएर पनि फेरी प्रश्न गर्न मन लाग्छ
प्रश्न र उत्तरको संयोगमा जीवन रुमलिरहेको छ
खै के को खोजीमा छु म ।
जन्मभूमीमा धेरै मायाको खानी छ
कर्मभूमिमा मेरो जवानी छ
सबै भएर पनि केही नभए जस्तो
कोही नभएर पनि सबै भएजस्तो
खै के को खोजीमा छु म ।

प्रतिक्रिया