म भित्रको रगतमा के छ भन्ने जान्न चाहन्छौ भने जनरल जिलेस्पीलाई सोध्नू:

इनेप्लिज २०७३ असोज ७ गते १८:१९ मा प्रकाशित

unnamed

ए प्रिय कथित देशभक्त:
यदि,”मेरो सुरक्षा गर्नेछौ भन्ने भ्रममा ..
म ‘बुद्द’ शान्त भएर बसेँ भने,
म सीता जस्तै चुप बसेँ भनेँ,
तिमीले मेरा बाबाको ढाका टोपी,
मेरी आमाको मखमली चोली,
हिमालका छाती रसाएर बगेका  नदी नाला
मेरा भाइ-बहिनीले कोरेका राष्ट्रिय झन्डाका चित्र,
अनि, मेरा पुर्खाले आर्जन गरेका टिष्टा काँगड़ा,
सबै-सबै लिलामी गरेर,
मेरो  राष्ट्रियताको  चीरहरण  गर्नेछौ जस्तो लाग्यो,
मेरो सगरमाथाको शिर छेदन गर्छौ जस्तो लाग्यो, अँ साँच्चै,
प्रिय कथित देशभक्त:
म होईन,तिमी भ्रममा छौ..
बुद्दजस्तै शालिन आकृति भए पनि,
म भित्रको रगतमा के छ भनेर जान्न चाहन्छौ भने ..
एकपटक ‘जनरल जिलेस्पी’ लाई सोध्नू,

प्रतिक्रिया