अमेरिकामा ३ प्रकारका नेपाली समुदाय

इनेप्लिज २०७३ असोज ८ गते ०:१८ मा प्रकाशित

BIJAY-THAPA

पछिल्लो एक दशक देखि अमेरिका आएका नेपाली समुदायको सोचाईमा परिवर्तन हुन् थालेको छ l दुई दशक र तीन दशक आगाडी आएका नेपालीको सोचाई अर्कै थियो l तर ,अब अमेरिका आएका नेपाली समुदायको सोचाई अर्कै भै सकेको छ l

पहिले ,अमेरिका जाने ,कमाउने र मातृभूमि फर्कने हुन्थ्यो l अहिले अमेरिका जाने ,कमाउने र कर्मभूमि बस्ने निर्णयमा पुगी सकेका छन् l यो क्रम अत्यन्तै वृद्धि भएको छ l अत्यन्तै न्युनतम मानिस नेपाल फर्कने हुन्छन l अमेरिकामा बाआमालाई समेतलाई सुबिधा उपलब्ध हुन् सक्ने भएकोले नेपालमा छुटेका आमा बुवालाई ल्याउने क्रम बढेको छ l

तर ,अब किन नेपाल फर्कने र कसको लागि फर्कने भन्ने तर्फ नेपाली समुदाय पुगी सकेका छन् l प्रारम्भिक चरणमा आएकाले नेपाल फर्कने भन्ने गरेका भएता पनि अब त्यो सुगा रटाई भन्न छोड्न थालेका छन् l न्युनतम मानिस अझ पनि नेपाल जानु पर्छ भन्न छोडेका छैनन् l

त्यो मात्र नभई ,अब झन्डै १० जनामा ९ जनाले अमेरिकामा घर किन्नको लागि नेपालको घर बेची सकेका या बेच्ने तरखरमा देखिएको छ l नेपालको घर भै राखोस भन्नेहरु पनि त्यो बेचेको रकमले अमेरिकामा ठुलो काम चल्ने हुनाले अब बेच्ने तर्फ उन्मुख हुदैछन् l

अमेरिकामा ३ प्रकारका नेपाली समुदाय भेटिन्छन ,पहिलो  नेपाल सदाको लागि छोडेर अमेरिका मै बस्ने l अमेरिका बसाई सराई सपरिवार बस्ने l जसको उद्देश्य केवल यतै कमाई गर्ने र यतै बस्ने l उनीहरुमा धैर्यता हुन्छ l यतै पढने ,सन्तानलाई पढाउने र कमाउने तर्फ केन्द्रित हुन्छन l उनीहरु नेपालको त्यति चासो राख्दैनन् l यो वर्गले कमाउछ र धनि हुदै जान्छन l पढे अनुसार राम्रो जागिर पाईने हुनाले यो वर्ग पनि धनिमा पर्दछन ,नेपाली समुदायमा l

दोश्रो  नेपाली समुदायको आधा मन नेपालमा र आधा मन अमेरिकामा हुन्छ l आवत जावत गर्छन l यसो गर्दा कमाई त्यति हुदैन l जसले केहि यता सम्पत्ति जोड्ने गर्छन भने सदैव आर्थिक कठिनाईको सामना गर्छन l मुद्राको संकटमा परि रहेका हुन्छन किनभने अमेरिका महँगो छ l मेहनत गरि कमाएता पनि सन्तुलन राख्नु पर्ने हुनाले त्यति कमाई नहुन सक्छ l यी वर्ग यता न उताको हुनाले परिवारको भबिष्यको लागि अमेरिका नै स्थाई बसोबास गर्न तर्फ लाग्न थालेका छन् l आउने जाने क्रमलाई स्थगित गर्दै परिवारलाई कागजात मिलाई अमेरिकामा नै सबैलाई लैजानु भन्ने सामाजिक तथा पारिवारिक दबाबको कारण अवसरको भुमिलाई कर्मभूमि बनाउन थालेका छन् l

तेश्रो  वर्ग ,अमेरिका नबस्ने l कुनै हालतमा कमाउ l नेपाल फर्क भन्ने मानसिकता लिएर अमेरिका छिरेका हुन्छन l हुन् त प्रारम्भिक चरणमा नबस्ने भए पनि अन्त्यमा अधिकांस मानिसले निर्णय परिवर्तन गर्दछन l उनीहरुलाई कसैको चासो हुदैन l काम ,काम र काम मात्र l कुनै दुनिया संग मतलब हुदैन l

नेपालमा ठुला घर बनाउने र भाडा लगाएर या अन्य कुनै ब्यबसाय गरेर जीवन चलाउने उद्देस्य हुन्छ l यिनीहरु सफल पनि हुन्छन l खर्चलाई नियन्त्रण गर्छन l कतै कंचो पनि निकालदैनन् l अनि पैसै पैसाको थुर्प्रो l पैसाको बोरा बोकेर नेपाल फर्कन्छन l १६ देखि १८ घण्टा सम्म दिन रात काम गर्छन l अतिरिक्त काम गर्न पछि हट्दैनन् l

अन्यमा खर्च नगरी केवल धन कमाउने तर्फ लाग्छन l अमेरीकामा स्वास्थ्य बिमा चर्को हुनाले त्यो पनि गर्दैनन् किनभने देखा जाएगा भनेर दैनिकी कटाई रहेका हुन्छन l यिनीहरुमा पनि अब यतै बस्नु पर्छ भन्ने मानसिकता देखा पर्न थालेको छ l पारिवारिक दबाबको कारण अब यो सोचाईलाई त्याग्न गर्न पनि थालेका छन् l

कुनै पनि स्वाभिमानी नेपाली देशबाट बाहिर जान चाहदैन l स्वदेश मै बाच्न र मर्न चाहन्छ l तर यस्ता कुरा अब गौण भै सकेका छन् l राष्ट्रियता र देश भक्ति भन्ने शब्दहरु संग मानिस बह्किदैनन l बिरानो देशमा पलायन हुनु जस्तो दुखद क्षण कहिले हुदैन l

देश समृद्ध होस् ! कुनै पनि नेपालीले विदेश जान नपरोस ! देश हाक्नेको घैटामा घाम लागोस !

प्रतिक्रिया