डिवी लोप्चनको म्यूजिक भिडियो सार्वजनिक

इनेप्लिज २०७३ असोज ९ गते १७:३९ मा प्रकाशित

db

चितवन ०९ असोज । चितवनको सौराहा निवासी लोक गायक डिवी लोप्चनले आफ्नो म्यूजिक भिडियो सार्वजनिक गरेका छन । उनले ख्याल भनौली माया लाएर हेर कान्छी आमा बनौली बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन । वैदेशिक रोजगारीको शिलशिलामा परिवार सहित कुँवेतमा रहेका लोकगायक लोप्चनले तेश्रो एल्बमका लागि निर्माण गरेको सो गीतको म्यूजिक भिडियो कुँवेतबाटै सार्वजनिक गरेका हुन । लोप्चनले नेपालमा गीतको सबै काम सकेर कुँवेतबाट म्यूजिक भिडियो सार्वजनिक गरेका हुन । माया प्रेम र हास्यात्मक शब्द समावेस गरिएको सो गीतको म्यूजिक भिडियो यू–ट्युव मार्फत सार्वजनिक गरिएको र छिट्टै बजारमा ल्याउने तयारी गरेको लोप्चनले बताए । काठमाडौंको बतासेडाँडाँमा सो गीतको म्यूजिक भिडियो छायङकन गरिएको थियो । करिब तीन महिना अघि रेकर्ड गरिएको सो गीत गायक लोप्चन कुँवेतबाट नेपाल आएर म्यूजिक भिडियो छायङकन गरेका थिए । गायक लोप्चन र मीना लामाको स्वर रहेको सो गीतमा प्रकास कटुवालले संगित भरेका छन । विनोद ढकालको शब्दमा सजिएको सो गीतको म्यूजिक भिडियोको निर्देशन शंकर विसीले गरेका छन ।  कृष्ण भान्जाले संगित संयोजन गरेको सो गीतको म्यूजिक भिडियोमा शिबहरि पौडेल र कविता शर्माले अभिनय गरेका छन । बैदेशिक रोजगारीको लागि कुवेतमा रहेका लोक गायक डिवी लोप्चन विदेशमा रहदाँ पनि लोक गीतको संरक्षणमा क्रियाशिल छन । विगत १३ बर्ष देखि रोजगारीको शिलशिलामा कुँवेतमा रहेका लोप्चनले फुर्सदको समयमा गीत लेख्ने र स्टेज कार्यक्रममा गएर गीत प्रस्तुत गर्ने गरेका छन ।

विदेशी संस्कृतिको प्रभावले मौलिकता झल्कने हाम्रो देशको लोकगीत लोप हुदैछ उनले भने यसलाई हामीले जोगाउनु पर्छ । विभिन्न देशमा हुने सांस्कृति कार्यक्रममा आफुले लोक गीत र यसको संरक्षणको लागि लोक गीतको महत्वको वारेमा बुझाउने गरेको गायक लोप्चनले बताए । स्कुले जीवन देखि गाउँ घरमा हुने साँस्कृतिक कार्यक्रमहरुमा प्रतिभा देखाउदै आएका लोप्चनले कुँवेत गएपछि लोक गीतको एल्वम निकालेका हुन । उनले २०६९ सालमा कुँवेतबाटै मित्रता नामक महिलो एल्वम निकालेका हुन । पहिलो एल्वमको ढुंगा खोज्दा देउताल भेटियो भन्ने बोलको गीत देश विदेशमा चर्चित भयो । यो गीत चर्चित भएपनि गायन क्षेत्रमा डिबी स्थापित गायकको रुपमा परिचित हुदै गए । पहिलो एल्वमको सफलतासंगै उनले २०७१ सालमा दोश्रो एल्वम कोसिस बजारमा ल्याए । दोश्रो एल्बममा रहेको सुन कोइ कोइ मत प्रेम रोगी भन्ने बोलको गीत पनि उत्तिकै चर्चित भयो । दुई वटा एल्बमको सफलता पछि यही बर्ष उनले तेश्रो एल्वम बजारमा ल्याउने तयरी गरेका छन । अबको केही महिना भित्र तेश्रो एल्बम बजारमा ल्याउने गरी तयारी भईरहेको गायक लोप्चनले बताए । एल्बम निकालेर पैसा कमाउने मेरो उद्देश्य हाईन उनले भने विदेशमा रहेर पनि लोक संस्कृति प्रतिको भाब मन मनमा पुर्याउने कोसिस मात्र हो ।

प्रतिक्रिया