छुट्टियो निर्माता र निर्देशकको समूह, अलग फिल्म बनाउने

इनेप्लिज २०७३ असोज १० गते १८:४३ मा प्रकाशित

dilliram-pic

काठमाडौं । ‘प्रेमगीत’ फिल्म समूहमा आन्तरिक बिबादले उग्ररुप लिएपछि निर्माता र निर्देशक विभाजित भएका छन् । निर्माता सन्तोष सेन र निर्देशक सुदर्शन थापाबीच अहिले बोलचाल नै हुन छाडेको छ । निर्माता सन्तोषले ‘प्रेमगीत’का अभिनेता प्रदीप खड्कालाई लिएर ‘प्रेमगीत २’ बनाउने घोषणा गरेका छन् । ‘प्रेमगीत’का निर्देशक सुदर्शन थापाले अभिनेत्री पूजा शर्मालाई राखेर ‘म यस्तो गीत गाउँछु’ नामक फिल्म बनाउने भएका हुन् । निर्माता र निर्देशकवीच बिबाद आउनुको कारण खुल्न नसकेपछि स्रोतहरूका अनुसार फिल्मको कमाइ र त्यसले आर्जन गरेको गुडवीलका विषयमा मनमुटाव हुँदै आएको थियो । त्यसको प्रत्यक्ष असर अहिले आएर देखिएको छ । दुबै समूहले आ–आफू निकटका कलाकारलाई लिएर अलग अलग फिल्म बनाउने घोषणा गरेसँगै नेपाली फिल्मभित्र कतिसम्म आन्तरिक द्वन्द्व हुन्छ भन्ने देखाएको हो । गत वर्ष ‘प्रेमगीत’ फिल्मको ‘म यस्तो गीत गाउँछु, त्यो प्रेमगीत बनोस्…’ बोलको गीतले राम्रो चर्चा र कमाइ गरेको थियो । त्यही टिमका दुई ग्रुपले बनाउने नयाँ फिल्महरूले कति प्रभाव छाड्ने हुन् फिल्म बनेपछि परिणाम देखिनेछ ।

प्रतिक्रिया