थारु भाषाको चलचित्रको छायाङ्कन सुरु

इनेप्लिज २०७३ असोज ११ गते ४:४२ मा प्रकाशित

धनगढी, ११ असोज । जुनी फिल्मको प्रस्तुतिमा थारु कथानक चलचित्र ‘कसम तोहार–२’ को छायाङ्कन सोमबारदेखि यहाँ आरम्भ गरिएको छ ।

सामाजिक द्वन्द्व, नारी प्रधान र पारिवारिक भूमिकालाई समेटेर बनाइएको चलचित्र कसम तोहार–२ को छायाङ्कन धनगढीबाट सुरु गरेको निर्देशक सुरज चर्णाबठवाले बताउनुभयो ।

चलचित्रमा मुख्य नायकको भूमिका आषिश चौधरी र नायिकाको भूमिका सन्ध्या योगी थारुले गर्नुभएको छ । कैलाली कञ्चनपुरको पर्यटकीय क्षेत्रलाई समेटेर सो चलचित्रको छायाङ्कन गरिने निर्देशक चर्णाबठवाले बताउनुभयो ।

थारु कथानक चलचित्रमा मुन थारु, सुमित्रा श्रेष्ठ, ज्योति यादव रहेका छन् भने खलनायकको भूमिकामा खुशीराम चौधरी, प्रभात चौधरी रहेका छन् । सुरज चर्णाबठवाको निर्देशनमा बनेको चलचित्रका शृङ्गार सुमन शङ्कर, छायाङ्कनमा सहयोग सोकिला चौधरी र नृत्य निर्देशनमा भीम अधिकारीले सहयोग गरेका छन् ।

सुदूरपश्चिम क्षेत्रको कैलाली कञ्चनपुर जिल्लामा रहेका पर्यटकीयस्थललाई चिनाउन यसै क्षेत्रमा चलचित्रको सम्पूर्ण छायाङ्कन गरिने बताइएको छ ।

प्रतिक्रिया