चर्चित गायक बिस्व नेपालीको वेस्टर्न शैलीको म्युजिक भिडियो बन्यो भाइरल (भिडियो सहित)

इनेप्लिज २०७३ कार्तिक ४ गते १२:३२ मा प्रकाशित

13769548_10208771144427384_358218750598355510_n

सुर्य चन्द काठमाडौं: चर्चित गायक बिस्व नेपाली कीर्तिपुर नगरपालिका वडा नं. १७ निवासी विश्व नेपाली आमा सुनिता नेपाली बुबा शिव शरण नेपालीका जेष्ठ सुपुत्र हुन् । सानैदेखि सांगितिक माहोलमा हुर्किएका विश्व नेपालीले ६ वर्षको कलिलै उमेरदेखि गायन सुरु गरेका थिए । उनी वरिष्ठ सारङ्गीवादक तथा गायक राम शरण नेपाली र वरिष्ट सारङ्गीवादक कान्छा मगर नेपालीका नाति हुन् । २०५५ सालमा अधिराज्यव्यापी राष्ट्रिय बालगीत प्रतियोगितामा प्रथम स्थान हासिल समेत उनले हात पारेका थिए । २०५८ सालमा नेपाल टेलिभिजनबाट प्रसारित लोकप्रिय कार्यक्रम ‘ब्राईटर तिम्रो सुर मेरो गीत’ नामक प्रतियोगितामा पनि प्रथम स्थान हासिल गरे भने त्यसै गरि २०६७ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक गायन प्रतियोगितामा संगीत तर्फ प्रथम र गायनमा दोस्रो स्थानका बिजेता गायक बिस्व नेपालि एक बहु प्रतिभाशाली गायक हुन् ।

13243746_10208306016439475_6336019802088697354_o
“सबैलाई जित्ने ईश्वर पनि” “भन के छ बन्दोबस्त” तिम्रो मौन ईशारा मुटु सिएर जस्ता सदाबहार चर्चित गीतहरु नेपाली सांगीतिक क्षेत्रमा योगदान गरि सकेका उनि ब्यबसायिक रुपमा एक सफल गायक हुन l सुमधुर तथा जादुमय आवाजका धनि चर्चित गायक बिस्व नेपालीले हाल सम्म दुई वटा सोलो गीति एल्बम नेपाली सांगीतिक बजारमा लिएर आईसकेका छन् भने र दर्जनौ कलेक्सन एल्बमहरुमा समेत आफ्नो आवाज भरि सकेका छन् ।

1073183_10201746915106041_2046366158_o
विभिन्न समयमा देश बिदेशमा दर्जनौ पुरस्कार बाट सम्मानित भईसकेका गायक बिस्वले २०६९ र २०७० सालमा १४औ/ १५ औ टुबोर्ग इमेज अवार्ड पाउन सफल भएका उनको बेस्ट भोकल प्रस्तुतिको लागि त्यसैगरी २०७२ सालमा नातिकाजी युवा पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा पनि उनले सम्मान हात पारि सकेका छन l आधुनिक, पप गित संगीत मात्र नभएर चलचित्र पार्श्व गायनमा पनि उत्तिकै सक्रिय हुदै गएका चर्चित गायक बिस्वले
पिरती आफै हुँदो रैछ, अमर मिलन, मायाको साइनो, अनमोल, चकलेट, बाग्मती जुनी, जङ्ग बहादुरको कोट जस्ता अन्य धेरै चलचित्र हरुमा आफ्नो मन्त्रमुग्द स्वरले दर्शक श्रोताको मन जित्न सफल भएका छन l
आजकल उनको चर्चा नेपालमा मात्र नभएर बिदेशमा समेत त्यतिकै हुदै गईरहेको छ उनको मिठो स्वरको अनि कार्यक्रममा उपस्थित भिडलाई मनोरंजन दिने क्षमताको कारणले गर्दानै उनको माग बिदेशमा समेत बढ्दै गईरहेको छ l आफ्नो प्रस्तुति लिएर फिनल्याण्ड जापान दुबई अष्ट्रेलिया गइसकेका उनि चाडै नै अन्य देश हरुमा समेत जानकारी गराउछन ।

भर्खरै मात्र यो दशैंमा “मीठो सारै मीठो” नामक गीत लिएर बजारमा आएका छन गायक बिस्व नेपालि l यस गीतका रचनाकार एकनारायण भण्डारी संगीतमा आशिष, अविरल (आशिष अविरल) हुन् भने गायक विश्व नेपाली हुन् । यस गीतलाई अष्ट्रेलियामा बस्ने चर्चित डान्स ग्रुप द नेक्स्टले निर्माण गरेका छन् । प्रदीप लामा र अभियान थापाको निर्देशनमा बनेको यो भिडियो सामाजिक साइटहरुतिर निकै भाइरल बनिरहेको छ । वास्तवमा नेपाली गीत संगीतलाई पनि यति राम्रो वेस्टर्न शैलीमा ढाल्न सकिन्छ भन्ने बलियो उदाहरण बनेको छ यो म्युजिक भिडियो । यस गीतमा प्रदीप लामा, अमित बज्राचार्य, प्रभा दवाडी, निशा बस्नेत, सुरक्षा थापा, मेलिका कार्की, छिरिङ्ग, आङ्मा, रितेश श्रेष्ठ र प्रवेश गौचनले आफ्नो बेजोड नृत्य प्रस्तुत गरेका छन् । उक्त गीतलाई हाम्रो इन्सिच्युट अफ बिजनेस टेक्नोलोजीले प्रायोजन गरेको छ ।

म्युजिक भिडियो हेर्नुहोस :

 

 

प्रतिक्रिया