लोकमानलाई महाअभियोग लगाउन एमाले–माओवादीको चमत्कारिक समझदारी भयो

इनेप्लिज २०७३ कार्तिक ४ गते १३:१० मा प्रकाशित

gyanendra-shaha-hamro-raja-nepal

अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध तपाईंहरुले महाअभियोग प्रस्ताव अगाडि सार्नुभएछ, किन ?

संविधानले अख्तियार अनुसन्धान आयोगका विषयमा जुन व्यवस्था गरेको छ, त्यसका प्रमुखलाई जुन कार्यभार सुम्पेको छ । त्यो कार्यभारले माग गरेको चरित्र र संविधानले माग गरेको बमोजिमको क्रियाकलाप भएनन् भन्ने देखिएको छ । संसदले उहाँ (लोकमान सिंह) का पछिल्ला गतिविधिलाई गम्भीरतापूर्वक हेरि पनि रहेको छ । त्यही कारण संसदले आवश्यक कारबाही अगाडि बढाएको हो ।

महाअभियोगको प्रस्ताव दर्ता गर्ने विषयमा त सत्तारुढ माओवादीसँग प्रमुख प्रतिपक्षी नेकपा एमालेको पनि कुरा मिलेछ, कसरी यस्तो भयो ?

राजनीतिमा यस्ता चमत्कारहरु हुँदै गर्छन् । यो प्राकृतिक नियम हो । कहिले घाम लाग्छ, कहिले त्यही ठाउँमा पानी पर्छ ।

काँग्रेसका सांसदले किन हस्ताक्षर नगरेको ?

काँग्रेससँग पनि कुरा चलेको छ । उहाँहरुले पनि हस्ताक्षर गर्नुहुन्छ ।

कहिलेसम्म अन्तिम टुंगो लाग्छ महाअभियोगको ?

संसदमा औपचारिक रुपमा दर्ता भइसक्यो । अब संवैधानिक प्रावधान बमोजिम संसदले कारबाही अगाडि बढाउँछ ।

(दैनिक नेपाल डटकमका गणेश पाण्डेसँगको टेलिफोन कुराकानीमा आधारित)

प्रतिक्रिया