उ बिरानो भएको छ आजकल – प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ कार्तिक ७ गते १९:५० मा प्रकाशित
prakash-shrestha
हो आजकल उ बोल्दैन मसँग

उ बिरानो भएको छ
उ कमाउने भएको छ अनि रमाउने भएको छ
हिजो खाली खुट्टा आएको दुईचार पैसा कमायो
खाईनखाई जोरजाम गर्यो
थोरै ईमान्दारितालाई दाग बत्ती दियो
मनग्गे घुमाउरो बाटोबाट कमायो
घर किन्यो, व्यवसाय किन्यो
आफन्तलाई बोलायो घरदेशबाट
दुईचार पैसा संघसंस्थालाई सहयोग गर्यो
सबको हाईहाई भयो
समाजसेवीको पगरी सजिलै भिर्यो
मंचमा आसन र खादा पाउन थाल्यो
सबको नजरमा दामी नामी बन्यो
हिजो त्यो दिन
साथ पायो, हात पायो
नदेखेको बाटो, नजानेको कुरा
सबथोक जान्ने मौका पायो
गाँसमा, बासमा, काममा, धाममा साथ पायो
जव पैतला रिंगाउने ठाउँ पायो
साथ छोडेर टाढा भयो
सम्बन्धका डोरी टुटाएर
क्षितिजको घाम जस्तै टाढा भयो
पुस माघको घाम जस्तो सम्बन्ध भयो
आजकल त झुक्किएर मिस कल हुने फोन झै भयो
नचिनेरै फ्रेण्ड अनुरोध फेसवुकमा स्विकारे झै
सम्बन्धका रेखाहरु छोटिदै गए
हो फरक बाटाहरु थिए
फरक गन्तव्य पनि थिए होला
तर एकसाथ सँगै खेलेकोले
एक्कासी सम्बन्ध तोड्दा
भन्नु केही छैन
हैसियत भुल्नेलाई भन्नु पनि केही छैन
मात्र शुभकामना छ
तिम्रो साथ अरुले नतोडुन
महलबाट झुक्किएर
सडकमा आउन नपरोस्
चम्किएको किर्ते नाम
नक्कली भन्ने कसैलाई पत्तो नचलोस्
फलोस् फूलोस् जीवनको बगैचामा
रंगीचंगी सुवास दिने फुलहरु सधै
झुक्किएर पनि कुनै पल
मनमा संझना विगतको नसजाउनु
संझिएर बिराएको बाटोले
छाती पोल्दाको अनुभव खटि नसक्नु हुन्छ रे
नबालेर आगो जल्दा छातीमा
खपि नसक्नु पीडा हुन्छ रे
विडम्वना तिमी पथ्थरको छाती हुनेहरुको
आगोको राप अनुभव गर्ने त्वचा नै कहाँ हुन्छ र ?

प्रतिक्रिया