अमेरिकाको चुनाबमा यसरि नेपाली बैज्ञानिक ,उद्योगपति ,खेलाडी ,महिला अधिकारकर्मीले ट्रंप तथा हिलारीको बारेमा आफ्नो धारणा  राखे : सबैको चाहना हिलारी

इनेप्लिज २०७३ कार्तिक ७ गते २०:२६ मा प्रकाशित

fotoflexer_photo डिसी महानगर क्षेत्र बाट संचालित ईनेपलिजले आगामी नोवेम्बर ८ तारिखमा हुने निर्वाचनको बिषयमा विश्व भरका विभिन्न पेसामा भएका व्यक्तिहरु संग अमेरिकन निर्वाचन बारेमा जिज्ञासा राखेको थियो l

ईनेप्लिजले अमेरिकन निर्वाचन सम्बन्धि दुई दर्जन भन्दा ज्यादा समाचार बिबिध बिषयमा प्रकाशित गरि सकेको स्मरण गराउन चाहन्छ l बिश्व भरका नेपाली मुलका संग जिज्ञाशा समेत लिई सकेका छौ l दुई हप्ता मात्र बाकी रहेको अवस्थामा अक्टोबर १९ तारिख डोनाल्ड ट्रंपले चुनाबको नतिजालाई अस्विकार गर्ने र अक्टोबर २० तारिखमा आफुले चुनाब जिते मात्र पूर्ण स्वीकार हुने घोषणा गरे l

अमेरिकाको आधुनिक इतिहासमा उम्मेदवारले यस्ता अभिब्यक्ति दिएकोले सबैलाई आश्चर्य बनाई दिएको छ l  हिलारी लाई निर्लज्ज महिलाको संज्ञा दिए l यसै बारेमा जिज्ञाशा राख्दा नेपाली बैज्ञानिक ,उद्योगपति ,खेलाडी ,महिला अधिकारकर्मीले ट्रंप तथा हिलारीको बारेमा आफ्नो धारणा  राखे र सबैको चाहना हिलारी राष्ट्रपति भएको हेर्न चाहेको बताए l

उनीहरुका भनाई जस्ताको त्यस्तै :

अरुण सुमार्गी पराजुली  उद्योगपति, लेखक तथा समाज सेवी :

arun-sumargiसुमार्गीको भनाई जस्ताको तस्तै : यो प्रजातन्त्रको नया अभ्यास हो, अमेरिकाको राजनीतिक सोचमा नया परिवर्तनको झल्कोको छाया मात्र हो , सहज र सकारात्मक पात्र  बाहिर देखिनु र निर्वाचन मा देखियेको विषय नौलौ होइन । विगतमा पनि अमेरिकामा ठूला व्यवसायिक घरानाको नै राजनीतिमा वर्चस्व रही आएको पाइन्छ । यो अभिव्यक्ति भित्र दुइ प्रकारको कारण देखिन्छ , एक अमेरिकी हरू आफुमात्र अमेरिकन हो भन्ने भावको कारण अन्य देशको जन को भीडमा हराउने डर। अर्कों आर्थिक बजारीकरणमा नया शक्तिको प्रवेशको दावा । जीत हिलारी क्लिन्टनको सहज देखिन्छ ।

सन्जोग आचार्य ,अध्यक्ष नेपाल अमेरिका पर्यटन पत्रकार संघ :

sanjok-acharyaभनाई जस्ताको तस्तै : लोकतन्त्रमा बिश्वास गर्ने सर्वोच्च देश अमेरिकाका राष्ट्रपतिका उम्मेदबार डोनाल्ड ट्रम्पले अन्तिम बहसमा महिलाको उपहास हुने र निर्बाचनलाई नमान्ने जस्ता अभिब्यक्ति दिएर निर्वाचन परिणाममा हिलारीसंग आफ्नो दूरीलाई थप बढाएका छन् । केही प्रतिशत अमेरिकी जनताको साथ पाइरहेका ट्रम्प अमेरिकामा बिहारको राजनीति गर्न खोज्दैछन् भने उनका बिचार र अभिब्यक्ति लालुप्रसाद यादबजस्तो ख्याती कमाउनका लागि मात्र भएको देखिन्छ ।

माया थापा ,महिला समाजसेवी तथा सांग्रिला पुनर्निर्माण तथा विकास परियोजनामा कार्यरत :

maya-thapa

थापाको भनाई  जस्ताको त्यस्तै :चुनाबको नातिका अस्विकार गर्नु भनेको देशले बोकेको लामो तथा ऐतिहासिक र विश्वमा नै उदाहरनिय प्रजातन्त्रको खिल्ली उडाउनु हो l यदि हिलारी निर्लज्ज महिला हुन् भने आफ्नो बिपक्षीलाई हरेक बहसमा यसरि नंग्याउनु निर्लज्जता को प्रतिक हो भनिन l डोनाल्डले संकीर्ण विचारधारा भएको राष्ट्रमा प्रयास गरे हुन्छ l अमेरिकामा हिलारीलाई छोडी दिए हुन्छ भनिन l

बबिता बस्नेत : महिला पत्रकार तथा महिला अधिकारकर्मी  l महिला सञ्चारकर्मीहरूको संस्था सञ्चारिका समुह तथा म्यागमा संलग्न :

babita-basnetभनाई जस्ताको त्यस्तै : अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा म हिलारी क्लिन्टनको पक्षमा छु । यसको प्रमुख कारण उनका एजेण्डा र दृष्टिकोणनै हुन । उनले बिबिधतालाई दिएको महत्व मलाई राम्रो लागेको पक्ष हो । अमेरिकाको निर्वाचनले त्याहाँ मात्र नभएर पुरै बिश्वमा प्रभाव पार्ने हुँदा प्रजातान्त्रिक मूल्य मान्यता राख्ने र बिबिधता भित्रको एकतालाई महत्व दिने नेतृत्वनै सही नेतृत्व हुन्छ । हिलारी क्लिन्टन मेरो रोजाइकी नेता हुन ।

बिष्णु गुरुङ एकता ,महिला समाजसेवी ,लेखक ,कवियत्री तथा एनडब्लुजीएन कालिफोर्निया शाखाकि पूर्व अध्यक्ष :

bishnu-gurung-ekata

गुरुङ को भनाई जस्ता को त्यस्तै :  राष्ट्रप्रतिको त्याग, योगदान, कामको अनुभव, चरित्र वा नैतिकताको आधारमा नेतृत्वको क्षमतालाई मुल्यांकन गर्दा हिलारी क्लिन्टन डोनाल्ड ट्रंप भन्दा धेरै अगाडी छिन। एक्काईसौ शताब्दीमा अमेरिकाको राष्ट्रपतिको चुनाव अभियानमा आफ्नो प्रतिद्वन्दीलाई नराम्रो शब्दले गाली गरेर असभ्यता देखाउने साथै राज्यको चुनाव निर्वाचन आयोगको नियमलाई स्वीकार गर्न नसक्ने घमण्डी व्यक्तिलाई चेतनशिल अमेरिकनहरुले आफ्नो नेता कदापी बनाउने छैन l  त्यसैले अमेरिकाको लागि अब आउदो राष्ट्रपतिमा हिलारी क्लिन्टनको विजय निश्चित छ यहिँ मेरो धारण हो।

पुर्व कराते खेलाडी तथा अन्तराष्ट्रिय कराते प्रशिक्षक तथा समाज सेवी शान्त थोकर :

shanta-thokar

भनाई जस्ताको तस्तै : हिलारीलाई निर्लज्ज महिला भन्ने अभिव्यक्तिले सम्पूर्ण महिलाको अपमान भएको बताए l यसो भन्दा उनले आफ्नो आमालाई पनि बिर्से या आदर गर्दैन भन्ने बुझिन्छ थोकरले भने l र उनले अगाडी भने चुनाबको नतिजालाई अस्विकार गर्ने भन्नु प्रजातन्त्रको बिरुद्ध तथा अमेरिकाको कानुन को उपहास गरेको देखिन्छ भन्दै हिलारी क्लिन्टनलाई आफु मतदान गर्ने बताए l

साधना घिमिरे ,महिला अधिकार कर्मी तथा सयुक्त राष्ट्र संघ विकास परियोजना नेपाल कि पूर्व टोलि नेतृत्व (टिम लिडर )

sadhana

घिमिरेको भनाई जस्ताको त्यस्तै : हिलारी क्लिन्टन बिजयि हुनु पर्दछ। उन्को राजनैतीक, तार्किक, व्यबहारिक, तथा समग्र पारीवेशले नै उन्लाई अमेरिकाको राष्ट्रपती बन्ने आधार खडा गरेको छ। अमेरिकी नागरिकहरुलाई रकमी भन्दा कलमी ब्यक्ती सत्तामा हुँदा राष्ट्र सुसासित हुन्छ भनी प्रमाणित गर्ने अवसर पनि हो।

डोनाल्ड ट्रम्पका लागि अमेरिकाको अवनती ब्यापार घाटा सरह मात्र हुन्छ, जुन ब्यापारीका लागि सामान्य हो। विश्वमा सम्पन्न हुँदैमा असल सासक हुने उदाहरणहरु छैनन। सरकार चलाउदा धेरै तर्फ बिचार गर्नु पर्ने हुन्छ। त्यो ब्यापारीको वसको कुरै होइन। रिपब्लिकन पार्टीले अत्यन्त धनी तर अत्यन्त कम्जोर प्रतिद्वन्दी दिएर हिलरीको जीत लेखिदिएका छन। र धनले शासन किन्न सकिने हो भने इन्लाई किन, बरु बिल् ग्रेड लाई दिए भाईगो नि। ट्रम्प भन्दा डबल धनी, र विद्वान पनि। तर शासनका लागि अनुभव चाहिन्छ जुन यस् चुनावमा हिलरी सँग मात्र छ।

भर्जिनिया लाउडन काउन्टी डेमोक्रेटिक दल डलस जिल्लाका सभापति नेपाली मुलका लेखा परीक्षक हरि शर्मा :

hari-sharma

डोनाल्डले एकै छिन् अगाडी म जस्तो महिलालाई आदर कसैले गर्दैन भन्ने तर एकै छिन् पछि छेपारोले रंग फेरे जस्तै हिलारीलाई निर्लज्ज महिला भन्ने l बोलीको ठेगाना नभएको उम्मेदवार भएको बताए l अमेरिका जस्तो देशमा जिते पछि मात्र आफुले स्वीकार गर्ने भनेर जगत हसाएको बताए l

यसको साथै रसिया बाट अमेरिकामा भएका गतिबिधि लाई विकि लिक्सले चोरेर केवल डेमोक्रेटिक नेताको मात्र खिल्ली उडाउने कुराको कसरि विश्वास गर्ने भन्दै हिलारी क्लिन्टन को जित हुने छ भन्ने कुरामा आफु बिस्वस्त भएको बताए l

नेपाली अनुसन्धानकर्ता तथा वैज्ञानिक सुशीला महर्जन :

sushila-maharjan

उनि अनुसन्धानको क्रममा विदेश गइ रहने भएता पनि संयोगबस उनि अमेरिकामा आएको समयमा उनि संग सवाल राख्दा अनुसन्धान र अध्ययनमा ज्यादा समय दिनु पर्ने भएकोले राजनीति बाट बाहिर छु भनिन l तर पनि आफु पनि एक महिला हु भन्दै अमेरिकाको ईतिहासमा कहिले महिला नभएको र उनि योग्य भएकीले हिलारी नै राष्ट्रपति भै दिए उत्तम हुने बताइन l

बन्दिता दाहाल शर्मा अधिवक्ता :

bandita-dahal

डोनाल्ड ट्रंपले महिला प्रतिको अभिव्यक्ति प्रति दुख लागेको बताइन l आफु महिला लाई अत्यन्तै आदर गर्ने भन्ने फेरी उनि नै अधिकासं महिला सम्बन्धि विवादमा मुसिएकोले यस्ता छबि भएका व्यक्ति यो स्तर सम्म कसरी पुगे भन्ने नै आफुलाई कौतुलता लागेको बताइन l त्यति मात्र हैन अमेरिका जस्तो देशमा निर्वाचनको परिणाम आफुले जिते मात्र स्वीकार गर्ने मानसिकता लिएका उम्मेदवारलाई समर्थन गर्ने प्रति पनि आश्चर्य लागेको बताइन l

आफु महिला भएर मात्र हिलारी क्लिन्टनलाई मतदान दिने मात्र हैन कि उनि एक सक्षम ,योग्य ,अनुभवी र देश हाक्ने उनि संग क्षमता रहेकोले आफु हिलारी क्लिन्टन यो राष्ट्रको प्रथम महिला राष्ट्रपति भएको हेर्न चाहेको बताइन l

प्रतिक्रिया