प्रवासमा प्रवासीको चियापान

इनेप्लिज २०७३ कार्तिक ८ गते ५:३६ मा प्रकाशित

img_7529

२३ अक्टोवर,न्यूयोर्क ।
नेपालमा हरेक दशैंतिहारको विचमा मुख्य राजनीतिका पार्टीहरुले चियापान कार्यक्रम गर्ने गर्छन । जहाँ ठुलै राजनीतिक मेला नै लाग्ने गर्छ र सबै पार्टीका नेता एकै ठाउँ जम्मा हुने भएकाले पत्रकार र मिडियालाई पनि ठुलै मसला मिल्छ अनि नेताहरुले पनि हसी मजाक र राजनीतिक टिका टिप्पणीहरु गर्ने गर्छन । र यस्तो कार्यक्रमहरु नेकपा एमालेले तुलनात्मक रुपमा ब्यबस्थित रुपमा गर्ने गरेको छ ।

सोही संस्कृतिलाई पछ्याउदै अमेरिकास्थित एमाले शुभेच्छुक बाहुल्य प्रवासी नेपाली मञ्चले पनि आज चियापान कार्यक्रम गरेको छ । प्रवासमा रहेका नेपालीहरुविच नेपालीहरुको विभिन्न चाडपर्व दसैं, तिहार, छठ तथा नेपाल सम्बतको सुअवसरमा शुभ–कामना आदान प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रवासी नेपाली मञ्चका राधाकृष्ण देउजाले बताउनुभयो ।

img_7533

क्वीनस् स्थित मालिंगो रेष्टुरेण्टमा भएको कार्यक्रममा नेकपा एमालेको पोलिटब्युरो सदस्य अरmण नेपाल लगायत न्यूयोर्कमा रहेका विभिन्न संघस्ांस्थाका प्रमुख तथा प्रतिनिधि, नेपाली नियोगका प्रमुख, पत्रकार लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो । यस्ता कार्यक्रमले प्रवासमा रहेका नेपालीहरुविच शुभकामना आदान प्रदानका साथसाथै आपसी भाईचारामा वृद्धि हुने भएकाले हरेक वर्ष यस्तो कार्यक्रमलाई निरन्तरता दिइने मञ्चका अध्यक्ष संजय थापाले वताउनुभयो ।

img_7534 img_7537

प्रतिक्रिया