एन आर एन अष्ट्रीयाद्वारा तेक्वान्दो खेलाडी बिनय कार्की सम्मानित

इनेप्लिज २०७३ कार्तिक ८ गते ६:१३ मा प्रकाशित

nrn-austria-news

स्विजरल्याण्ड । गैर आवासीय नेपाली सँघ अष्ट्रीयाले तेक्वान्दो खेलाडी बिनय कार्कीलाई सम्मान गरेको छ । गत आईतबार संघका अध्यक्ष धर्मराज खतिवडाको सभापतित्वमा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

गतहप्ता एनआरएन अष्ट्रीयाको तर्फबाट तेक्वान्दो खेल्न अमेरिका पुगेर सफलता हाँसिल गरेका खेलाडी कार्कीको सम्मान कार्यक्रममा अष्ट्रीयामा रहेका विभिन्न संघ संस्थाहरुको उपस्थिति रहेको थियो । सँघका प्रबक्ता शिब सापकोटाले संचालन गरेको उक्त कार्यक्रममा उत्कृस्ट प्रदर्शन गरेकोमा धन्यवाद दिदै सहयोग स्वरुप ५०० यूरो र सम्मानपत्र प्रदान गरेको छ ।

उक्त कार्यक्रममा गैर आवासीय नेपाली सँघका अध्यक्ष धर्मराज खतिवडाले कार्की अष्ट्रीया बस्ने नेपालीहरुको मात्र नभई सारा नेपाली र नेपालको नाम राखेको भन्दै थप हौसला प्रदान गर्नको लागी सम्मान गरिएको जानकारी दिनुभयो

प्रतिक्रिया