गायक प्रेम सेन सानिको माया जालमा परेर यसरि पछि लागे(भिडियो हेर्नुहोस)

इनेप्लिज २०७३ कार्तिक ८ गते ६:२८ मा प्रकाशित

14813698_790754187694188_1979344617_n

काठमाडौँ : गायक प्रेम सेन एक प्रतिभाशाली गायकको रुपमा सांगीतिक फाटमा उदाएका छन l २०४६ सालमा तेर्हथुम जिल्लाको ओखरे गाबिसको वडा न चारमा जन्मिएका प्रतिभाशाली गायक प्रेम सेनले २०६७ सालमा रेडियो नेपाल बाट आफ्नो आवाज परिक्षणमा सफल्ता हासिल गरेपछि आफ्नो ब्यबसायिक गायन पेशालाई अगाडी बढाउदै आएका छन l कलिलो उमेर बाटनै संगीतमा रुचि राख्दै आएका गायक प्रेमले सात बर्षको उमेर बाटनै गुरु चन्दन कुमार श्रेष्ठ संग गित संगीतको कक्षा लिएर सिक्न थालेका थिए l दर्जनौ गितहरुमा आफ्नो सुमधुर आवाज भरि सकेका गायक प्रेम सेनको पछिल्लो नया एल्बम प्रेम कथाको शिर्ष गित “छौ सानी सानी मायाको खानि”को म्युजिक भिडियो भने अहिले युट्युब मार्फत भाइरल बन्दै गईरहेको छ भने विभिन्न टेलिभिजनहरुमा पनि दर्शक हरुको रोजाइमा पर्दै गएको छ l

14826407_790753557694251_1719421376_n

नायिका तथा मोडल आंचल शर्मालाई लिएर बनाएको उक्त म्युजिक भिडियोमा उनलाई बिनोद न्यौपानेले साथ दिएका छन l संगीतकार साजन शाहको संगीत रहेको उक्त गितमा लेखु सहयात्रीको शब्द रहेको छ भने म्युजिक भिडियोको निर्देशन शिशिर खातीले गरेका छन l सजिलै संगीत प्रेमी हरुको मन मुटुमा बस्न सक्ने खालको सुमधुर आवाजले भरिएको छौ सानी सानी मायाको खानि भन्ने पप गितको म्युजिक भिडियो पनि त्यतिकै राम्रो बनेको छ l

प्रतिक्रिया