‘तिमीलाई चाहाने’को म्युजिक भिडियो सार्वजनिक

इनेप्लिज २०७३ कार्तिक ८ गते १२:३७ मा प्रकाशित

rabi-subedi-2

काठमाडौं÷ प्रदेशमा रहेर पनि नेपाली गीतसंगीतको क्षेत्रमा निरन्तर सक्रिय गायक तथा माडल रवि सुवेदीको स्वरमा रहेको नयाँ पप गीत ‘तिमीलाई चाहाने’को म्युजिक भिडियो यसै साता सार्वजनिक भएको छ । राधा काफ्लेको शब्द रचना रहेको यस गीतलाई लोकप्रिय संगीतकार सुरेन्द्र श्रेष्ठको संगीत रहेको छ ।

rabi-subedi-and-anu-shah

गोदावरीको रमणिय स्थानहरुमा छायांकन गरिएको यस गीतमा रवि सुवेदीको साथमा मोडल अनु शाह र राजेन्द्र लुईटेलको अभिनय रहेको छ । रोशन श्रेष्ठको छाायंकन रहेको यस गीतको म्युजिक भिडियोलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन भने सम्पादन उज्जल श्रेष्ठको रहेको छ । सुर मेलोडि रेर्कडिङ स्टुडियोले बजारमा ल्याएको हो । गायक तथा मोडल रवि सुवेदी अमेरिकामा बसेर पनि गायन तथा अभिनयमा सक्रिय छन् ।

rabi-subedi5

 rabi-subedi

 

प्रतिक्रिया