बाजुराको स्याउले बजार पाएन

इनेप्लिज २०७३ कार्तिक ११ गते ८:३५ मा प्रकाशित

apleभीमदत्तनगर, ११ कात्तिक । पाँच वर्षअघि सरकारले दीर्घकालीन कृषि आयोजना सहयोग कार्यक्रममार्फत बाजुराका स्याउ खेती गर्ने किसानलाई बिरुवा वितरण ग¥यो । त्यहाँका छवटा गाविसमा स्याउ खेती फष्टायो । तर उत्पादन भएको स्याउ किसानले बिक्री गर्न भने पाएनन् ।

जिल्ला कृषि विकास कार्यालय बाजुराका अनुसार कुल २०० हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुन्छ । जुकोेट र पाण्डुसेन गाविसमा सबैभन्दा बढी स्याउ उत्पादन हुने गरेको कार्यालयका बागवानी विकास अधिकृत सविता जोशी बताउनुहुन्छ । “उत्पादन प्रशस्त भए पनि किसानले बजारमा पु¥याउन सकेका छैनन्,” उहाँले भन्नुभयो ।

जिल्लामा यातायातको पहुँच नहुँदा किसानले स्याउ बजारसम्म ढुवानी गर्न सकिरहेका छैनन् । कोल्टी बजारसम्म स्याउ ढुवानी गर्न एक दिन पैदल हिँड्नुपर्ने स्थिति छ । गत वर्ष बाजुरामा ४९० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस वर्ष उत्पादन बढ्ने सम्भावना रहेको जोशीको भनाइ छ ।

दुई सय हेक्टरमा स्याउ खेती गरिए पनि ९८ हेक्टरमा मात्र स्याउ उत्पादन भएको छ । बिक्री गर्न समस्या भएपछि किसानलाई चाना बनाउन अनुदान उपलब्ध गराएको अधिकृत जोशीले बताउनुभयो । कार्यालयले गत वर्ष चाना बनाउने मेसिन ५० किसानलाई ७५ प्रतिशत अनुदानमा वितरण गरेको थियो । यस वर्ष पनि कार्यालयले ५० किसानलाई सो मेसिन अनुदानमा दिने तयारी गरेको छ ।

जिल्लाका जुकोट, पाण्डुसेन, वाई, जगन्नाथ, गोत्री, साप्टा गाविसमा स्याउ उत्पादन हुन्छ । गाउँमा किसानले प्रतिदाना स्याउ रु पाँच मा बिक्री गर्र्दैआएका छन् भने सदरमुकाम मार्तडी र कोल्टी बजारमा प्रतिदाना रु १५ देखि रु २० मा बिक्री हुने गरेको बताइएको छ ।

प्रतिक्रिया