देशलाई संवैधानिक संकटबाट बचाउने हो भने सरकार फेरौं र केन्द्रिय संसदको चुनाव गरौं : केपी शर्मा ओली

इनेप्लिज २०७३ असोज २७ गते १८:४४ मा प्रकाशित

with-kp-oli-555x335

यतिवेला प्रमुख दलहरु काँग्रेस, एमाले र माओवादी केन्द्रवीच संविधान संशोधनको विषयमा पर्याप्त सम्वाद हुन सकिरहेको छैन् । कतिसम्म भने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीवीच अहिले भेटवार्ता समेत हुन सकेको छैन । यही अवस्थामा अब संविधान कार्यान्यवयनले कसरी गति लिन्छ भन्ने विषयमा केन्द्रित रहेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीसँग नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसजनता जान्न चाहाँन्छन का लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :

मुलुकलाई निकास दिनको लागि र संविधान कार्यान्वयनको लागि तपाईसँग आधार के छ ?

अहिलेपनि हामी संक्रमणकालिन अवस्थामा छौं । यो संक्रमणकालिन अवस्थाको अन्त्य तथा टुग्याँउनको लागि सबै राजनीतिक दलहरुको संयुक्त प्रयास आवश्यक छ । त्यो संयुक्त प्रयास आज पनि आवश्यक छ । तर जहाँबाट त्यो संयुक्त प्रयास विभिन्न साना स्वार्थका कारणले, वैयक्तिक स्वार्थका कारणले वा दलीय स्वार्थका कारणले टुट्यो, त्यही विन्दुबाट फेरि त्यो टुटेको श्रृङ्खलालाई जोड्नुपर्छ ।

यो टुटेको श्रृङ्खला जोड्न के गर्नुपर्ला त ?

हाम्रो ध्यान भनेको संविधान कार्यान्वयन गराउने र अघि बढ्ने हो । जब नेपाली काँग्रेसले प्रमुख दलहरु मिल्नै हुँदैन भन्ने निती, हुन त यो नक्कली नीति हो । तर पनि तय त गर्यो । त्यसले एउटा गलत दिशातिर राजनीतिलाई लग्यो । पहिलो कुरा त, त्यो नीति स्वभाविक रुपमा र सहज रुपमा आएको थिएन् । त्यो अन्यत्रबाट, अरु ढंगले, र अरुको उद्देश्यसँग सम्बन्धित र आफ्नो वैयक्तिक स्वार्थहरुसँग सम्बन्धित भएर त्यो आएको थियो । त्यसले राजनीतिलाई राजनीलिाई गलत दिशामा धकेल्यो । वीचमा धेरै व्यवधानहरु पैदा भैरहे । संविधान जारी भैरहेको अवस्थामा नेपाली काँग्रेसले लिनै नहुनेगरि गलत नीति लियो । नेपाली काँग्रेसभित्र लोकतन्त्रका निम्ति त्याग, तपस्या, बलिदानी गरेका निष्ठा राख्ने साथीहरु, त्यस्ता मान्छेहरु पछाडि परे । र, अरुको हालीमुहाली र बोलवाला चल्ने खालको स्थिति बन्दै गयो । अहिले नेपाली काँग्रेस खासग नेताहरु तथा आम कार्यकर्ताहरु देशले जे चाहन्छ त्यस्तो निर्णय गर्ने अवस्थामा छैन र छैनन् ।

संविधान कार्यान्वयनको लागि काँग्रेसको भूमिकाप्रति यहाँको गुनासो हो ?

म गुनासो किन गरिरहन्छु र काँग्रेससँग ? अहिले संख्यात्मक रुपमा नेपाली काँग्रेस संसदमा पहिलो पार्टीको हैसियतमा छ । तर प्रमुख पार्टीको हैसियत त आजको दिनमा आकारको हैसियतमात्रै रह्यो । नीतिको, विचारको, जिम्मेवारीको, त्यसमा नेपाली काँग्रेसको त्यस्तो हैसियत रहेन् । समस्या त्यो हो ।

पछिल्लो समय यहाँपनि काँग्रेस र माओवादी केन्द्रसँग सम्वादमै हुनुहुन्न अरे ? संविधान कार्यान्वयन गर्ने जिम्मेवारीबाट तपाई किन पन्छिन खोज्नुभएको ?

संविधान कार्यान्वयनको लागि पहल गरेन भन्ने होईन कि मैले त उपर्युक्त पहल गरेको छु । अरुले संविधान कार्यान्वयनलाई विथोलिरहेको अवस्थामा मैले त्यसलाई फेरि ट्याकमा ल्याउन कोशिस गरिरहेको छु । नेपाली काँग्रेसका स्वार्थ र अरु केही कुराहरुले गलत नीति, माओवादी केन्द्रको विल्कुलै सत्ता स्वार्थ (त्यसबाट मात्रै निर्देशित हुने नीति) प्रतिकुल असर पारेको छ । यतिवेला मैले अघि भने, अब यदि राजनीतिलाई ठिक ढंगले लैजाने हो भने धागो जहाँनिर टुटेको थियो, अथवा भन्ने हो भने नेपाली राजनीति एकदम सही बाटोमा अघि बढ्दा टुटेको बाटोलाई फेरि जोड्नुपर्छ ।

उसो भए अब राष्ट्रिय सहमतिको सरकारको लागि पहल गर्नुपर्छ भन्ने तपाईको भनाई हो ?

राम्रो कुरा राष्ट्रिय सहमतिको हुनुपर्छ । जब अरुको नीति नै त्यस्ता छन् भने…..मेरो नीतिको कुरा हो त्यो, मेरो पार्टीको नीतिको कुरा हो त्यो । तर राष्ट्रिय सहमति एउटा यस्तो खालको विषय कि राजनीतिमा यो झुक्याउने खालको विषयको रुपमा उल्लेख हुने तर गर्न नगर्ने । प्रधानमन्त्रीले सरकार परिवर्तनको सन्दर्भमा, उहाँले भन्नुभयो,‘राष्ट्रिय सहमतिको लागि’ भनेर, उहाँ सहमति भत्काएर देशलाई द्धन्द्धतर्फ धकेल्दै हुनुहुन्थ्यो । देशलाई द्धन्द्धतर्फ धकेल्दा उहाँलाई के हुन्थ्यो भने केही महिना उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसपछि अरु चालहरु उहाँका मनमा हुन सक्लान्, त्यो पनि बेग्लै कुरा हो । तर केही महिनाको प्रधानमन्त्रीको लागि उहाँले देशले लिएको बाटो, जतिवेला तराईको समस्या टुँग्गिएको थियो । भारतसँग पनि कुनै समस्या थिएन् ।

तर प्रचण्डले तपाईको नेतृत्वमा सरकार रहँदा भारतसँग समस्या रहेको आरोप लगाएका थिए नि ?

यी कुराहरु त तपाईहरुले उहाँ(प्रचण्डजी)लाई सोध्नु नै राम्रो हुन्छ । के विग्रियो थियो र कहाँनिर बिग्रिएको थियो भनेर । उहाँले दुत पठाएर के सपार्नुभयो र आफू भारत गएर के सपार्नुभयो ? हुन त २५ बुँदे सपारेको हो कि ? घुँडा टेकाई चाहीँ सपराई हो कि ? आदेशको तामेल गर्छु भनेको चाहीँ सपारेको हो कि ? त्यो उहाँलाई सोध्नुपर्यो ।

तपाईको पालामा भारतसँग सम्बन्ध त चिसिएकै हो नि ?

त्यो चिसो मात्रै होईन, चिसो भन्दा अलिक बढि नै अवस्थामा थियो । नाकाबन्दी भनेको चिसोभन्दा अलिक माथिकै कुरा हो । तर त्यसबाट त फर्केर, नाकाबन्दी हटेर, म भारतमा गएँ, मतलव आदानप्रदान भए, ईपीजी ग्रुप बन्यो, तीनीहरुकावीचमा कुराकानी भैरहेको थिए, कहीँ कतै केही समस्या थियो र ?

तपाई र भारतीय प्रधानमन्त्रीसँग समझदारी बनेको थिएन नि ?

समझदारी भनेको के हो ? कहाँ निर ? कस्तो देखियो असमझदारी ?

तपाई भारत जाँदा कुनै पनि सन्धि सम्झौता भएनन नि ?

कसले भन्यो ? म भारत जाँदा त्यत्रो सन्धि सम्झौताहरु भएका छन् । विशखापट्ना नाकादेखि सबै सम्झौता भएको छ ।

तर पनि संयुक्त विज्ञप्ती त आउन सकेन नि ?

विरालो बाँध्ने चलन छ नि । पहिला पहिला के हुन्थ्यो भने, प्रधानमन्त्री, राष्ट्रपतिहरु भ्रमणमा जान्थे नि अहिलेजस्तो सञ्चारमाध्यमको अगाडि खुल्ला हुँदैनथ्यो । कहाँ भेट भयो, कसरी भेट भयो ? के कुरा भए ? भन्ने कुरा थाहा हुँदैनथ्यो । संयुक्त विज्ञप्ती भनेको हामीले यस्तो यस्तो गर्यौं है भन्नको लागि निकाल्ने चिज हो नि । त्यो गराउनको लागि लिईन्थ्यो । म जाने समय कस्तो हो भने, म गएँ देखि नै काठमाडौंको एयरपोर्टबाट दिल्ली उड्दा र दिल्ली पुग्दादेखि लिएर म फर्केर यहाँ आउँदासम्म सबै कुराहरु त पारदर्शी छ । मिडिया साथमै थियो । लाईभ दिईरहेका थिए । अब सबै कुरा दुनियाँकै प्रेसका अगाडि हस्ताक्षर भएका छन् सम्झौताहरुमा हस्ताक्षर भएका छन् । हामी दुवैले प्रेसलाई सम्बोधन गरिएका छन् ।

तर प्रचण्डले त सार्वजनिक रुपमै तपाईले भारतसँगको सम्बन्ध सुधार गर्न सक्नुभएन भनेर सार्वजनिक रुपमै आरोप लगाउनुभएको हो नि ?

त्यो त लोभले पापले यस्तो कुराहरु गर्नुपर्दोरहेछ भन्ने कुरा त उहाँ(हा…हा..हा) प्रमाण नै हुनुहुन्छ । त्यसैले उहाँल के भन्नुभयो भन्ने कुरामा म जान चाहाँदिन् ।

उसो भए तपाईको सरकारको पालामा जे अवस्था थियो, अहिले पनि नेपाल–भारत सम्बन्ध त्यही अवस्थामा छ ?

त्यतिवेला सम्बन्ध सुस्थिरत थियो । अहिले सम्बन्ध फेरि खचपचियो । जस्तो नेपालले आफ्नो स्वाभिमान राख्नुपर्दथ्यो, त्यस्तो राख्न सकेन् । नेपालले जुन मर्यादित व्यवहार गर्नुपर्दथ्यो त्यो हुन सकेन् । विना कुनै विषय, विना कुनै एजेण्डा, विना कुनै योजना, विना ईस्यु, कुनै खास स्थिति नै नभईकन प्रधानमन्त्रीले विशेष दुत पठाउनुभयो । केही कुराको समस्या छैन । के का लागि विशेष दुत ? के मा समझादारी थिएन ? के हो र के थियो भनेर स्पष्ट पार्नुपर्यो ? यो बारेमा सञ्चारमाध्यमले पनि सोध्नुपर्यो । कुनैपनि धार्मिक कामहरु गर्दा ओम श्रीगणेशायः नमः भन्नुपर्छ । छिटो छिटो श्रीगणेशायः नमः भन्नु र एक महिनाभित्र भारत भ्रमणमा जानु के का लागि पर्यो ? के नयाँ गर्नुपर्यो त ? के थप गर्नुभयो त ? देखासिकीका लागि राजकीय भ्रमण होला, त्यसै गरियो होला बाहिरको लागि ?त्यही ठाउँमा हिँड्ने ? त्यही ठाउँमा जाने गरियो होला, तर कुराको सार्थकता त त्यस्तै त भएन । म गएको वेला सम्बन्ध सुधार भएको थियो । नयाँ सम्झौता भए । विग्रिएका असमझदारीहरु हटेको थियो । मैले भारतीय नेताहरुसँग बडा स्पष्ट रुपमा राखेको थिएँ कि नेपालले सबैसँग स्वतन्त्र ढंगले सम्बन्ध राख्छ तर भारतसँगको हाम्रो मित्रतामा कुनै ढंगले सम्बन्धलाई यता उता पार्नेगरि होईन भनेको थिएँ ।

तपाईले राष्ट्रियताको कुरा र स्वाधिनताको कुरा गर्दा भारतसँग सम्बन्ध विग्रिएका हो र ?

के छ ? प्रधानमन्त्री के भन्नुहुन्छ ? हामीले राष्ट्रियताको कुरा गर्दा, स्वाधिनताको कुरा गर्दा भारत रिसाउँछ भन्नुहुन्छ ? स्वतन्त्रताको कुरा गर्नुहुँदैन भन्नुहुन्छ ? अहिलेको प्रधानमन्त्रीले त्यसो गर्दा विग्रियो भन्नुहुन्छ र ? तर भारतले त त्यसो केही भनेकोजस्तो त म मान्दिन् । उहाँको भनाई के छ त? उहाँले सम्बन्ध सन्तुलित भएन, सन्तुलित सम्बन्ध बनाउँछु भनेको कस्तो सन्तुलित हो ? उहाँले भन्नुभयो आवेगमा पराष्ट्र सम्बन्ध भन्नुभयो । पराष्ट्र सम्बन्धको कुरामा कहीँ कतै (आक्रोश बाहेक) वा निरर्थक विरोध बाहेक आवेगको सम्बन्ध देख्नुभयो ? म प्रधानमन्त्री भएको बेलामा दुई महिनाभन्दा बढि तराई बन्द भएको हुँदो हो, नाकाबन्दी भएको तीन हप्ता भएको थियो । त्यो त विस्तारै खुलाईयो । फेरि यथावत सम्बन्ध भयो । म भ्रमणमा गएँ ।

उसो भए तपाई र प्रधानमन्त्री प्रचण्डवीच चाहीँ किन कुरा नभएको नि ?

किन नहुनु नि ?

पछिल्लो समय तपाईले उहाँलाई भेट्नुभएको छ त ?

मैले उहाँलाई भेट्न जाने, बालुवाटारको बैठकमा किन जाने ? जान पर्ने ठाउँमा जान्छु । अर्थपुर्ण ठाउँमा जान्छु ।

तर प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको बैठकमा नजानुको कारण के हो ?

प्रधानमन्त्रीले जति बोलाउनुहुन्छ त्यतिवेला….आवश्यक छ कि छैन ? खास गम्भि कुरा केही नहुने, अनि मैले चाहीँ वार्ता गरिरहेको छु । सबै कुरा मिलाउन खोजेको छु भन्ने पार्ने, भ्रम छर्ने, त्यसको लागि म किन बैठकमा जाने ? त्यस्तो कुरामा म फेरि पनि जाँदिन् । अर्थपूर्ण बैठकमा जानुपर्यो, समस्याको समाधान गर्ने बैठकमा जाने हो नि । सार्वजनिक खपतको लागि गरिने राजनीतिमा मलाई विश्वास पनि छैन र गर्दा पनि गर्दिनँ ।

मुलुकलाई निकास दिनेबारेमा तपाई र प्रधानमन्त्रीवीच अनौपचारिक वार्ता भएको हो त ?

उहाँले फोन गर्नुभयो भने फोन उठाउँछु । उहाँले कुरा गर्न खोज्नुभयो भने कुरा गर्छु ।

तर बैठकमा चाहीँ जानुहुन्न ?

होईन, मैले त्यस्तो भनेको होईन । बैठक के का लागि ? कस्तो….भन्ने कुरा त म पनि बुझ्छु । के का लागि बोलाएको हो ? के देखाउनको लागि बोलाएको हो ?

संविधान संशोधनको लागि बैठक बोलाउनुभएको हो नि ?

उहाँले मलाई सम्झौता गर्ने वेलामा सोध्नुभएको थियो र ? यसबारेमा नेकपा एमालेसँग कसैले केही सोधेको पनि छैन, कुरा पनि भएको छैन् । त्यसपछि पनि उहाँले संविधान संशोधनको कुरा केही भन्नुभएको छैन् ।

उसो भए आजको मितिमा संविधान संशोधनको पक्षमा एमाले छैन भन्दा हुन्छ ?

छ वा छैन भन्ने कुरै भएन नि । कसैले हामीसँग कुरा गरेको छैन् । संविधान संशोधनको लागि सरकारबाट आधिकारिक प्रस्ताव आएको छैन् ।

संशोधनको लागि प्रस्ताव आयो भने एमालेले के गर्छ ?

छलफल गर्छ । राम्रो कुरालाई मान्छ । नराम्रो कुरालाई मान्दैन् ।

सिमांकनको कुरामा यहाँको के धारणा छ ? झापादेखि कञ्चनपुरसम्म मधेशमा दुई प्रदेशको प्रस्ताव आयो भने तपाईहरु के गर्नुहुन्छ ?

यस्तो देशद्रोही कुरा म सँग गर्दै नगर्दा राम्रो हुन्छ ।

नागरिकताको कुरामा विवाद छ ?

त्यो पनि कुरा नगर्दा राम्रो हुन्छ ।

भाषाको कुरा पनि छ ? हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउनुपर्छ भनेर भनिएको छ ?

कसले भन्यो ? यो कुरा मैले सुनेको छैन् । नेपालमा हिन्दी भाषा राष्ट्रिय हुँदैन ।

राष्ट्रिय सभामा जनसंख्याको आधारमा समान प्रतिनिधित्व हुनुपर्छ भनेर मधेशी मोर्चाले भनेको छ ?

कसले के भनेको छ भन्ने कुरामा पत्रिका हेरेर म त्यससम्बन्धमा कमेन्ट गर्दिनँ ।

मधेशी मोर्चासँग त यहाँले पनि वार्ताहरु गर्नुभएको थियो नि ?

म प्रधानमन्त्री हुँदा मैले बोलाएका वार्ता तथा छलफलमा उहाँहरु आउनुभएन । उहाँहलाई कुरा गर्न मन छैन । समस्याको समाधान गर्न मन छैन । त्यसकारण उहाँहरु बोलाउँदा आउनुभएन । धेरै पटक वार्ता गरियो । कुराहरु भए । तर उहाँहरुले टुग्याउँन चाहनुभएन । समाधान खोज्न चाहनुभएन । देशलाई अप्ठ्यारोमा पार्ने कुरा र निहुँमात्रै खोज्ने कुराहरू गर्न चाहनुभयो । त्यही कारण म प्रधानमन्त्री हुँदा मेरो विरुद्धमा भोट हाल्न आउनुभयो । मैले उहाँहरुको मधेश आन्दोलनमा मान्छे मार्ने कामलाई साम्य गरें । प्रधानमन्त्रीबाट हटाउन भोट हाल्न आउनुभयो । अर्थात् माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा कहिले दुतावासमा त कहिले होटेलमा भोज खाए । त्यो पनि अनशन छोडेर । मैले त मान्छे मार्ने अवस्थालाई साम्य पारेको थिएँ नि । कमसेकम मान्छे मारिने अवस्था त थिएन । मरेका परिवारलाई दश लाख दिएकै हो । हुन त यसलाई हल्ला गरियो ।

अहिले मधेश आन्दोलन लगायत कैलाली घट्नामा संलग्नलाई लगाईएको मुद्दा फिर्ता गर्ने कुरा आएको छ नि, यसमा तपाईको जनमत के हो ?

मुद्दा भनेको एमालेले फिर्ता गर्ने वा नगर्ने भन्ने कुरा होईन । मुद्दा भनेको कस्तो मुद्दा हो, त्यो फिर्ता लिन मिल्ने वा नमिल्ने ? राजनीतिक प्रकृतिको ? नाराजुलुस हो कि ? के हो ? एउटा सुतिरहेको बच्चा मारिएको छ, एउटा षड्यन्त्रपूर्ण ढंगबाट सुरक्षाकर्मीलाई मारिएको छ । जघन्य अपराधका घट्ना छन् । एम्बुलेन्सबाट विरामी, घाईतेहरुलाई थुतेर मारिएको छ । एम्बुलेन्स जलाईएको छ । त्यसो भएर, ती कुराहरु दण्डहिनता हुन सक्दैन् ।

यहाँले अघि टुटेको धागो गाँस्ने भन्नुभयो ? त्यो भनेको के हो ?

पहिले संविधान बन्दा वा खासगरी बनाउनुभन्दा पहिला दुई पटक एग्रिमेन्टहरु भए । एउटा संविधान जारी गर्दासम्म काँग्रेसले सरकारको नेतृत्व गरोस र त्यसपछि एमालेले सरकारको नेतृत्व गर्ने भनियो । संविधान बनाउनको लागि हामील अगाडि बढेर आँफैले काँग्रेसलाई समर्थन गरेका हौं । काँग्रेसले पनि त्यो प्रतिबद्धता जनायो । त्यसपछि काँग्रेस, एमाले, माओवादी र फोरम लोकतान्त्रिकले १६ बुँदे सम्झौता गर्दा, त्यही कुरा भयो कि हामी संविधान जारी गर्दासम्म काँग्रेसले र त्यसपछि एमालेले सरकारको नेतृत्व गर्ने अनि एमालेकै सरकारले चुनाव समेत गराउने सहमति भएको हो । संविधान जारी हुने वितिकै काँग्रेसले भाका फेर्यो । र, गलत बाटो समात्यो । त्यही विन्दुबाट एकताको सूत्र जोड्नुपर्छ ।

यो वीचमा यसबारेमा केही कुराहरु भएको छ त ?

मैले यही कुरा भनेको छु । सदैव । मेरो नेतृत्वमा सरकार बनेपछि पनि भनें । तपाईहरुले गरेको प्रतिबद्धता, कवुल, सहमति, सम्झौता अनुसार म मन्त्रिपरिषद पूर्नगठित गर्न तयार छु । तपाईहरु पनि आउनुपर्छ भनेर तर उहाँहरुको संविधान कार्यान्वयनप्रतिको गम्भिरता देखिएन । एमालेको नेतृत्वमा हुन सक्ने बरु माओवादीको नेतृत्वमा हुन सक्ने भनेर एमालेलाई सकेसम्म एक्ल्याउने काम भयो, एमाले त्यस्तो अवस्थामा एक्लिन मञ्जुर छ । एमाल प्रतिपक्षमा बस्न मञ्जुर छ । एमाले राजनीतिक गरेर आएको पार्टी हो । यो अनेक प्रकारका बाढीहरुमा पौडिएर वारपार गरेर आएको पार्टी हो । त्यसकारण यसले कुनै त्यान्द्रो समाउनुपर्ने केही आवश्यकत्ता छैन् । एमाले आँफै…….

प्रचण्ड नेतृत्वको सरकारले चुनाव गरायो भने तपाईहरु भाग लिनुहुन्छ ?

अँ । भाग लिन्छौं नि ।

अहिलेको अवस्थामा स्थानीय निकायको चुनाव हुन सम्भव छ त ?

गराउनुपर्छ भन्ने हाम्रो माग हो । हामी भन्दै आएको छौं ।

यो सरकाले चुनाव गराउन सक्नेमा तपाई कत्तिको विश्वस्त हुनुहुन्छ ?

म त मुश्किल देख्छु । उहाँहरुको उद्देश्य अलिकति फरक हो कि भन्ने देखिन्छ ।

उसो भए चुनाव गराउन सकेन भने यो सरकारको विकल्प खोज्ने हो ?

चुनाव गराउन सकेन भने यो सरकारको औचित्य स्वतः समाप्त हुन्छ । आगामी ०७४ माघ ७ गतेभन्दा अगाडि संवैधानिक संकट र राजनीतिक संकट सिर्जना गर्यो भने यो सरकारको औचित्य सकिन्छ भनेको हो ।

तर तपाईकै पार्टीका बरिष्ठ नेता माधव नेपालले त देशलाई संवैधानिक संकटबाट बचाउनको लागि छिटो भन्दा छिटो केन्द्रिय संसदको चुनाव गराउँ भनेर प्रस्ताव अघि सार्नुभएको छ, यो बारेमा के भन्नुहुन्छ ?

हो, त्यो भनेको हाम्रो पार्टीको दृष्टिकोण हो । हामीले यो सरकारलाई समर्थन गर्ने भन्ने कुरा होईन् । यो हाम्रो समर्थनबाट बनेको सरकार होईन। यो त बरु अरुको आवश्यकत्ता र अरुको योजनामा बनेको, हाम्रा विरुद्धमा र हाम्रो अहमतिको बावजुत गलत बाटोबाट बनेको सरकार हो । त्यसकारण यस सरकारलाई समर्थन, वा यस सरकारमा सहभागिता ? भन्ने प्रश्न उठ्न सक्दैन । प्रचण्डजीको त समय त अलिक थोरै होला । उहाँहरको गठबन्धनले संवैधाकि संकट निम्त्यायो भने र यदि प्रतिनिधि सभाको चुनाव पनि गराउन सकेन भने त्यो देशको लागि दुर्भाग्य हुनेछ । र उहाँहरुका सबै छलछाम कुराहरु ती सबै पर्दाफास हुन्छन् । नेपाली जनताले फेरि अर्को कदम चाल्नुपर्छ ।

तर संवैधानिक संकट त एमालेको कारणले निम्तिँदैछ भन्ने आरोप छ नि ?

एमालेको राष्ट्रपति छैन, होईन । उम्मेद्धवार बनाउँदा एमालेले बनाउने भन्ने कुरा थियो । र, नेपाली काँग्रेस कृज्ञन पार्टी हो । हामीले राष्ट्रपतिको निर्वाचनमा पन िभोट दियौं । हामीले अर्को पल्ट पनि त्यसै गर्यौं । राष्ट्रपति दुई वर्षको लागि छानिएका थिए, तर हामील ७ वर्षमा सम्मपनि मानिपनि दियौं । तर पनि फेरि सहमति अनुसार हामीले उहाँहरुलाई प्रधानमन्त्री पनि मान्यौं । तर नेपाली काँग्रेस दिन भनेपछि उही ईनारमा खसेकोले मर्न लाग्दा पनि हात दिन नजाने जस्तै, समाउ भनेपछि गरेजस्तै भयो ।

चुनावभन्दा अघि संविधान संशोधनको आवश्यकत्ता छ कि छैन ?

संविधान कार्यान्वयन र चुनावको प्रसँगमा संवैधानिक जटिलताहरु केही छन भने त्यसलाई हटाउने सन्दर्भमा आवश्यक हुन सक्छ । कसैलाई खुशी पार्नको निम्ति र कसैलाई बक्साउनको लागि हुँदैन् । संविधानको सर्वस्विकार्यता भन्ने अनि एमाले बाहेक दुई तिहाई पुर्याएर पेलेर जान्छौं भन्ने, अनि एमालेबाहेकको सर्वस्विकार्यताको कुरा गर्ने अनि चार जना नेताले भनेपछि सर्वस्विकार्य नहुने अनि ९२ प्रतिशतले पारित गर्दा सर्वस्विकार्य नहुने अनि एमालेजस्तो पार्टीले यो कुराको अस्विकार गर्दा सर्वस्विकार्य हुने भन्ने कुरा…हुन त आँखामा पट्टी बाँधेरै कुदेपछि कसको के लाग्छ र ?

तपाईलाई मधेश विरोधी नेताको रुपमा हेर्न थालिएको छ नि ?
दुई चार जना नेताले ……भन्दैमा ।

प्रतिक्रिया