शुक्रबार, फागुन १३ २०७३ | Fri, February 24, 2017
नेपालको समय: २२:५५ | Washington DC: 12:10
Enepalese

अमेरिकामा कार दुर्घटनामा मृत्यु हुने चार नेपालीको दाह संस्कार यसरि जर्जियामा सम्पन्न

img_6121

गत हप्ता शुक्रवार भएको दुखदायी कार दुर्घटनामा निधन भएका चार नेपालीहरूको आज जर्जिया राज्यको डेकाटोर सहरमा हिन्दु परम्परा अनुसार दाह संस्कार सम्पन्न भयो l

एस टर्नेर एन्ड सन्स, डेकाटोरमा आयोजित अन्त्येष्टि कार्यक्रममा निधन भएका चिरन्जीवी खनाल, श्यामा खनाल र रिचा पन्त खनालको शवमा जेष्ठ सुपुत्र समिर खनालले दाग वत्ती दिएका थिए l त्यस्तै उक्त दुर्घटनामा निधन भएकी प्रतिमा सुवेदीलाई दाजु प्रतीक सुवेदीले दाग वत्ति दिएको जानकारी भर्जिनियाका उनका नातेदार तथा समाज सेवी सुनिल मणि दाहालले जर्जिया बाट बताए l

खनाल परिवारका कान्छा छोरा सुवास खनालको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको र उनी उपचारका क्रममा अगस्ता अस्पतालमा रहेको पारिवारिक सुत्रले वतायो l

img_6123

उक्त अन्त्येष्टि कार्यक्रममा खनाल तथा सुवेदी परिवारका आफन्तहरूले निधन भएकाहरूका वारेमा स्मरणका आफ्ना भनाईहरू प्रस्तुत गरे l

अन्त्येष्टि कार्यक्रममा सहभागिता जनाई श्रद्धान्जली दिन जर्जिया, भर्जिनिया, सिकागो, क्यालीफोर्नीया ,टेक्सास लगायत अन्य राज्यहरूवाट आफन्तजन र साथीभाईहरूको उल्लेखनीय उपस्थिति थियो l

यस दुखद घडिमा निधन भएकाहरू प्रति हार्दिक समवेदना दिदै घाईते समिर खनाल र सुवास खनालको शीघ्र लाभको कामना गरियो! त्यस्तै यस विपतीमा भोक प्यास नभनी खटने जर्जिया विश्व बिद्यालय स्थित नेपाली विद्यार्थी समूह तथा सहयोग र सहानुभूति दर्शाउनु हुने सम्पूर्ण नेपाली समुदायहरूलाई धन्यवाद ज्ञापन गरियो l

यो समाचारलाई सबै भन्दा पहिला हामीलाई सूचना दिने भर्जिनिया निवासी द्वय नेपाली काग्रेस जन सम्पर्क समिति अमेरिकाका उप सभापति केशब बराल तथा सुनिल मणि दाहाल लाई धन्यबाद दिन चाहन्छौ l

img_6125 img_6128 img_6122

तस्बिर सौजन्य :सुनिल मणि दाहाल

२०७३ कार्तिक २६ गते १९:३८ मा प्रकाशित
3 Comments on “अमेरिकामा कार दुर्घटनामा मृत्यु हुने चार नेपालीको दाह संस्कार यसरि जर्जियामा सम्पन्न”
  • Bishnu wrote on 12 November, 2016, 10:34

    I am very shocked by this sad news; humans are helpless. May the departed souls rest in peace. I wish for the speedy recovery of the injured sons. May the almighty god give strength to bear the great loss of their closed family.
    I am happy to learn the support at this moment from all Nepali people particularly living in the USA .

  • Bidur Prasad Timilsina wrote on 13 November, 2016, 5:59

    Once we worked together in Babarmahal Office. He was very mild, peace and Gentleman. Reading this cruel news I get shocked. There is no any certain. If certain that is death. Remembering this I pray for god- may his soul get in eternal peace.

  • Gita Sah wrote on 14 November, 2016, 4:40

    Oh God.I am totally shocked to know this news.Do not know how to write but I met Sameer Bhai in Athen,Georgia 8 years ago.He is very nice,kind,talented and helpful person.Its so sad to know. May the departed soul get rest in peace.May God give lots of strength to Sameer Bhai and and entire family to bear this tradegy.Praying for subhash Bhai sooner recovery. Please God,Have mercy on this family.bless them for sooner recovery and lots of strength.Sameer Bhai please be strong.

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी