अब लोडसेडिङ तालिका आउँदैन्, बरु जेल जान्छु तर जनतालाई बिजुली दिन्छु: कुलमान घिसिङ

इनेप्लिज २०७३ कार्तिक ३० गते १०:५९ मा प्रकाशित

kulman_ghising-interview

काठमाडौं, २७ कात्तिक । नेपाल विद्युत प्राधिकरणमा प्रमुख कुलमान घिसिङले अब लोडसेडिङको तालिका नआउने घोषणा गरेका छन् । काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएर चर्चामा आएका घिसिङले हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा पत्रकार नारायण पौडेलसँगको कुराकानीमा भने– ‘लोडसेडिङ तालिका अब आउदैन । तालिका प्रकाशित गरेर किन आतंक सृजना गर्ने ? अब लोडसेडिङ हुनै नदिने ।’ घिसिङले उर्जा मन्त्रालयबाट नागरिकताको आधारमा मिटर–बक्स जोडि दिने निर्णय गराएको कुरा सार्वजनिक गर्दै भने– ‘घर बनाउन दिने, मिटर–बक्स नदिएर अध्याँरोमा राख्ने ? यो मिल्दैन । मिटर–बक्स दिन्छौँ, बरु त्यसबापत जेल जान परे पनि जान्छौँ ।’ हिउँदमा केही मात्रामा लोडसेडिङ हुनसक्ने भन्दै उनले भने– ‘जाडोको चिन्ता हो । पिक आवरमा उद्योग नचलाएमा लोडसेडिङ हुँदैन । जेठपछि त लोडसेडिङ हुँदैन भनेर लेखेर दिन्छु, परीक्षणमा भएकाले अहिले चाहीं मुखले मात्र भन्छु ।’ उनले लोडसेडिङसँगै विद्युत प्राधिकरणबाट दिइने सेवालाई पनि चुस्त बताउने बताए । ‘अब विद्युत महसुल बुझाउँदा लाइन बस्नुपर्दैन् । सबै कुरा सिस्टममा हुन्छ । ग्राहकलाई कसरी छिटो, छरितो सेवा दिन सकिन्छ हामी त्यसमा केन्द्रीत छौं,’ उनले भने ।

हेर्नुस् भिडियोः –

प्रतिक्रिया